खेलकुद

आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता भिमानमा शुरु

पुस्कर सहयात्री/ सिन्धुली

-१४ फाल्गुण
निर्वाचन क्षेत्र नं २ स्तरिय आठौ राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शनिवार वाट कमलामाई नगरपालिकाको वडा नं १२ भिमानमा शुरु भएको छ । स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ जिल्ला खेलकुद विकास समिति सिन्धुलीको आयोजनामा उक्त प्रतियोगिता शुरु भएको हो ।

निर्वाचन क्षेत्र नं २ का कुल निजि तथा सामुदायिक स्कुल हरु मध्य १६ स्कुलले सो प्रतियोगितामा भाग लिएका छन् । आइतवार सम्म सञ्चालन हुने प्रतियोगितामा छात्र÷छात्रा दुवैले भलिवल, कवडि र एथलेटिक्स अन्तर्गतका १३ खेलमा प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो चरणमा भलिवल अन्तर्गत सुर्योदय मा. वि. रातमाटाले आधुनिक ई वो. स्कुल संग र धामि डुमरिया स्कुलले स्विस सिन्धुली संग प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । त्यस्तै छात्र तर्फ मावि पानिटाङ्किले स्विस सिन्धुली संग, कमलामाई करकरेले सुर्योदय मावि संग, धामिडुमरियाले पञ्चकन्या कुडुले संग, आधुनिक ई वो.स्कुल संग कमला एकेडेमि भिमानले प्रतिस्पर्धा गर्नेछ ।  सोहि अन्तर्गत अन्य कवडि र एथलेटिक्सका खेलहरु सञ्चालन हुनेछन् । प्रतियोगि र विजेतालाई प्रमाणपत्र प्रदान गरिने खेलकुद विकास समिति क्षेत्र नं २ का संयोजक ईन्द्र थापाले जानकारी दिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेस क्षेत्र नं २ का माननिय सभाषद मोहन प्रशाद वरालले वेलावेलामा हुने यस्ता खेलले खेलाडिको स्वास्थमा तन्दुरुस्ती वढाउने कुरा उल्लेख गरे । खेल क्षेत्र इतिहास देखनै समावेशी भएकाले यसमा सवै जाति, वर्ण, लिङ्ग समुदायको प्रतिनिधित्व भएको वताउदै यस्ता खेलले  खेलाडि अनि खेल जगतकै सम्मान हुने समेत सभाषद वरालले वताए ।

प्रतियोगितामा मावि पानिट्याङ्कि, आधुनिक ई वो. पानिट्याङ्कि, पञ्चकन्या मावि कुडुले, स्विस सिन्धुली ठुलीटार, भगवति उमावि माढिवजार, गौमति नमुना उमावि माढिवजार, प्रगतिशिल मावि धामिडुमरिया, जनजाग्रिती मावि भिमान, जनता मावि चन्दनपुर, कमला मावि करकरे, कमला एकेडेमी भिमान, राष्ट्रिय मावि कालापानि, सुयोदय मावि रातमाटा, मावि गडौली र जनज्योती उमावि फोस्रेटार सहभागि रहेको आयोजकले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस