अर्थ/वाणिज्य

एनसेलको विषेश अफर, एक रुपैयाँमा सिम

१९ चैत, काठमाडौं । एनसेलले २०७३ सालको माध्यामिक शिक्षा परीक्षा एसईई मा सहभागी भएका परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विषेश अफर ल्याएको छ ।

यस योजना अन्तर्गत परीक्षार्थीले मात्र १ रुपैयाँमा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिनसम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो योजना आइतबार चैत्र २० देखि लागू हुने छ । एसईई परीक्षाका परीक्षार्थीले आफ्नो परीक्षा प्रवेश पत्र र आफ्नो आमा वा बाबुको नागरिकताको फोटोकपी बुझाई नजिकैको एनसेल सेन्टरबाट सिम लिन सक्नेछन् ।

यो योजना अन्र्तगत परीक्षार्थीले सिम खरीद गरी ५० वा सो भन्दा बढीको रिचार्ज गरेपछि विना कुनै अतिरिक्त शुल्क माइफाइभ समूहको ५ वटा नम्बरमा ३० दिनसम्म अनलिमिटेड कल सेवाको लाभ लिन सक्नेछन् । माइफाइभ समूहमा ग्राहकले अधिकतम ५ वटा एनसेल नम्बर समाबेश गर्न सक्छन् । ग्राहकले एस्ट्रिक्स ५५४४ हृयास डायल गरी प्राप्त निर्देशन अनुसार आफूले कुरा गर्न चाहेको एनसेल नम्बरलाई माइफाइभमा समूहमा राख्न सक्नेछन् । माइफाइभ सेवाको समूहमा ५ वटा नम्बर राखेपछि त्यसमा रहेका कुनै नम्बर हटाई अर्को नम्बर समावेश गर्नुपर्ने भएमा प्रत्येक परिवर्तनको कर बाहेक ५ रुपैयाँ शुल्क लाग्नेछ ।

”एसईई २०७३ को परीक्षार्थीहरुका लागि यो विषेश अफर ल्याउन पाउँदा हामी निकै हषिर्त छौ । हामीलाई आशा छ यो अफरले परीक्षार्थीहरुको सञ्चार सेवाको आवश्यकतालाई संवोधन गर्ने छ, एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । यो योजना सुरु भएको दिन देखि ९० दिन सम्मको लागि मान्य रहनेछ ।

 

प्रतिकृया दिनुहोस