मनोरञ्जन

सिन्धुलीका गाएक थापाको नारि प्रधान घर भो

पुस्कर सहयात्री, सिन्धुली । नेपाली गित संगितमा दर्शक तथा स्रोताको भरपुर माया पाएर रमाउन अनी आफ्नो सांगितिक यात्रालाई निरञ्तरता दिईरहन उतिकै गारो छ । कति कलाकार प्रदेशिन वाध्य छन प्रमुख कारण आर्थिक स्रोत नै हो । त्यसो त राजधानि भन्दा टाढा ग्रामिण भेगमा जन्मेर राजधानिमा गित गाएर मात्रै आफ्नो जिवन गुजार्न उत्तिकै समस्या देखिन्छ ।

सिन्धुली जिल्ला एस्तो जिल्ला हो जहा सवै विधाका कलाकारलाई जन्म दिएको छ । सिन्धुली जिल्लामा जन्मेर गित संगितलाइ नै मुख्य आधार वनाएर राजधानि छिरी संगितकै क्षेत्रमा धेरै लामो संघर्ष गरेका कलाकारहरु राजधानिका हरेक टोल जस्तोमा भेटिन्छन । आफ्नो सांगितिक यात्रालाई बर्षौ देखि निरञ्तरता दिइ पछिल्लो समयमा निकै चर्चा कमाउन सफल गाएक हुन माधव थापा । उनै गायक थापाको आवाज तथा शव्द संकलन र संगितमा नेपाली नारिहरुको महान चाड हरितालिका तिजको अवसरमा तिजको कोशेर्ली नारी प्रधान घर भो’ वजारमा आएको छ ।

अहिले कति तिज गितहरुमा छाडापन आउने गरे पनी कतियप तिज गित बास्तविक नारीहरुको वेदना पोखिने खालको गितहरु वजारमा धमाधम सार्वजानिक हुने गरेका छन । यस गितले पुरुष प्रधान समाज र नारि प्रधान घरको वारेमा यथार्थता वोकेको छ ।  माधव थापाको लय शब्द तथा आवाज रहेको यस गीतमा आवाजमा गायिका अंशु मगरले थापालाई साथ दिएकी छिन ।
 
साँकुरा मल्टी मिडिया हाउसले बजार व्यवस्थापन गरेको यस गीतको म्युजिक भिडियोलाई चर्चित निर्देशक प्रकाश भट्टले निर्देशन गरेका छन भने करन चैसिरले छायांकन गरेका छन । यस गीतमा अर्जुन गिरी र सुस्मिता कार्कीले अभिनय गरेका छन् । समाजको यथार्थतालाई मुख्य विषयवस्तु वनाई गित वजारमा आएको हुदा यस गितलाई सवैले रुचाउने शव्द संकलक माधव थापाले वताए ।

 

प्रतिकृया दिनुहोस