मनोरञ्जन

मिस टिन सिन्धुलीकी विजेता आयुष्मा मोडलिङ्गमा प्रवेश

कार्तिक १८, सिन्धुली । प्रतिभा, कला तथा संगितको क्षेत्रमा अगाडी रहेको सिन्धुली जिल्लामा धेरै कलाकारको नाम राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा सहज रुपमा उच्चारण हुने गरेको पाईन्छ । सिन्धुली जिल्लामै जन्मेर आफ्नो प्रतिभा तथा कलाकारीता वाट राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तर सम्म आफ्नो नाम चिनाउन सफल उदाहरणिय नाम धेरै छन् ।

कयौ कलाकार आज पनि कलाकारितामा आफ्नो नाम स्थापित गर्न विभिन्न क्षेत्रमा क्रियाशिल देखिन्छन । सोहि अनुरुप आजभोली सिन्धुलीको हरेक कुना कन्दरा गाउ सहर चियापसल अझ युवा पिढीले सहजै रुपमा उच्चारण गर्ने अर्को एउटा नाम हो आयुष्मा थापा । सिन्धुली जिल्लाको भौगोलिक क्षेत्रलाई मुख्य आधार वनाई केहि दिन अगाडी मात्रै सम्पन्न मिस टिन सिन्धुलीकी बिजेता वनेकी आयुष्मा थापा अहिले आफ्नो सुन्दरताले मात्रै पनि चर्चामा छिन् । सिन्धुली जिल्लामै पहिलो पटक सञ्चालन भएको मिस टिन सिन्धुली प्रतियोगीताको विजेता वनेकी थापाले प्रसंशापत्र मात्रै नभएर यामाहाको स्कुटी समेत पुरस्कारको रुपमा पाईन ।

फुर्सदको समयमा नाच्ने, गाउने , सपिङ्ग गर्ने र घुम्न रुचाउने आयुष्मा हाल विधार्थी जिवन व्यतित गर्दै छिन् । आफुले यहा सम्म आइपुग्न ठुलो मेहनत गरेको बताउने आयुष्माले खुसी हुदै भनिन “घर परिवार तथा साथीभाइको राम्रो साथ र सहयोग पाएकी छु जसको परिणाम आफु अहिले यो ठाउँमा आइपुगेको छु । यो प्रतियोगीताले आयुष्मा मात्रै हैन जिल्लाका धेरै सौदर्यप्रेमीहरुको मनलाई उत्साहित गरेको छ । मिस टिन सिन्धुलीकी विजेता आयुष्मा थापाले अव विस्तारै मोडलिङ्गमा स्थापित हुने जनाएकी छिन् । उनको पहिलो म्युजिक भिडियो कहि दिनमा वजारमा आउने वताईएको छ । गाएक नविन क्षेत्रीको आवाज तथा सुमन आईडुको निर्देशनमा तयार हुदै गरेको सम्बन्धमा मिलन भयो शिर्ष गित केही समय पश्चात वजारमा आउने गितका निर्देशक आईडुले वताए ।

यस गितमा मिस टिन सिन्धुलीकी विजेता आयुस्मा थापा र कुशल डान्सर रितेश मगरको अभिनय सगै अतिथी भूमिकामा ¥यापर प्रिन्सराज पौडेल र पुजा मोक्तानको पनि अभिनय रहेको छ । सिन्धुलीकै रमाईला दृश्य सहितको परिदृश्य हुने गरि छायाङ्कन गरिएको निर्माण युनिटले जनाईएको छ । मिस टिन सिन्धुलीकी विजेता आयुष्मा थापाको अभिनयमा तयार हुदै गरेको यस म्युजिक भिडियोले कत्तिको उनको मोडलिङ्ग यात्रालाई सहज वनाईदिन्छ त्यो भने हेर्न बाकि नै छ । उनको अवको मोडलिङ्ग यात्रा सुखद र उपलव्धिमुलक वनोस जनवोली अजलाईनको तर्फबाट शुभकामना छ ।

 

प्रतिकृया दिनुहोस