सिन्धुली खबर

स्थानियद्धारा घिमिरेलाई टुरिष्ट उमेद्वारको आरोप

मंसिर १२, सिन्धुली ।
आफु मात्रै नभएर आफ्नो छ सात पुस्ताकै स्थाई वसोवास तिनपाटनमा भएको वताउने स्याम कुमार घिमिरेको राजनितिक यात्राले ३९ वर्ष प्रवेश गरेको छ । जन्म, वचपन, पढाईलेखाई सिन्धुलीमै वितेको उल्लेख गर्दै जनवोली अनलाईन संग घिमिरेले भने मेरो शिक्षादिक्षा, राजनीतिक जीवन यात्राको थालनी सिन्धुलीको भिमानबाट गरेको हुँ । राजनीतिक जीवन यात्राको थालनी सिन्धुली वाटै भएपनि छिमेकी जिल्ला महोत्तरी आफ्नो राजनितिक आधारभुमी भएको घिमिरे निशंकोच वताउछन् ।

एउटा सत्यता यो हो की, ३९ वर्ष उनले महोत्तरीमै नेपाली कांग्रेसको पार्टी वाट राजनिति गरे । यति सम्म कि गएको स्थानिय निकायको निर्वाचन सकिदा सम्म घिमिरेको मतदाता नामावलिको नाम सिन्धुली बाट थिएन । उनि नेपाली कांग्रेसको २०१७ (संसोधन र परिमार्जन गरि मिलाईएको रुपमा) धारा २१ (ठ) बमोजिम नेपाली कांग्रेस केन्द्रिय कार्यसमितीको सदस्यमा २०७३ जेष्ठ २८ गते महोत्तरीबाट मनोनित भएका हुन् ।

३९ वर्ष महोत्तरी बाट नेपाली कांग्रेसको राजनिति गरेका घिमिरे अहिले सिन्धुली निर्वाचन क्षेत्र नं. १ को प्रदेशसभा ख वाट प्रदेशसभा सदस्यको नेपाली कांग्रेस बाट उमेद्वार हुन् । आफ्नो ३९ बर्षको राजनितिक आधारभुमी महोत्तरी वनाएका घिमिरे स्थानिय निकायको निर्वाचन पस्चात एकाएक मतदाता नामावली स्थान्तरण गरेर सिन्धुलीबाट किन उमेद्वार वने ? यसको जवाफ सरल तरिकाले स्वमं घिमिरे आफै पनि दिन सक्दैनन् ।

लामो समय जिल्लामा राजनितिक पृष्ठभुमी वनाएका नेपाली कांग्रेसका नेतालाई उछिन्दै प्रदेश सभा सदस्यको टिकट ल्याउन सफल बनेका घिमिरेले के छोटो समयमा सिन्धली बासिको मन जितेर विजयी होलान त ? जिल्लाबासिले विश्वास गरिहाल्लान त ? उनको चुनावी प्रतिबद्धता पत्रमा उल्लेख गरिएझै सवै गाउपालिकामा २५ शैयाको अस्पताल, भ्रष्टाचारमुक्त राजनिति र प्रशासन निर्माण, महाभारत क्षेत्रमा ट्रेकिङ्ग व्यवसाय निर्माण, प्राविधिक शिक्षालयको निर्माणले अबको ५ वर्षमा गति पाउला त ? कि जनताको आखामा छारो हाल्ने फुस्रा लालचहरु हुन् ? उनको उमेद्वारी संगै सहज रुपमा जनताले जान्न खोज्ने आधारहरु हुन ।

उनले यो पटक यी प्रश्नका जवाफ आफुवाटै खोज्नुपर्ने त छदै छ अर्कोतिर लामो समय अर्को जिल्लामा राननिति गरेको हिसावले जिल्लाको समुदाय स्तरमा घुलमिल हुन नसक्नु आउने निर्वाचनको प्रतिफल हो । जिल्ला स्थित केही स्थानियबासीले उनलाई टुरिष्ट उमेद्वारको रुपमा चिन्छन् । उनिहरु भन्छन् ३९ बर्ष फरक जिल्लामा रहि फरक परिवेसमा राजनिति गरेको मान्छेले अबसर पाउने वेला अर्कै जिल्ला चाहार्दा सम्बन्धित जिल्ला वाट राजनितिक आधारभुमी वनाएकाहरुले अवसर पाउदैनन् । अव पहुच हुनेले राजनिति गरे भैहाल्यो नि, निष्ठाको राजनितिको के अपेक्षा भयो र ?

 

प्रतिकृया दिनुहोस