सिन्धुली खबर

एकै परिवारका एकको मृत्यु, नौ घाइते

माघ १३, सिन्धुली — काठमाडौंबाट जनकपुरतर्फ आउदै गरेको एक हायस शनिवार कमलामाइ नगरपालिकाको ८ करकरेमा दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् ।

काठमाडौंबाट जनकपुर तर्फ आउदै गरेको बा ३ ख ९५३० नं को गाडी आफन्तको मृत्यु भएपछि रिजर्भ गरी सो ठाउतर्फ जाँदै गरेको हायस दुर्घटना हुँदा भारत मधुवनीकी ५ वर्षीय बालिका नाजिरी खातुनको मृत्यु भएको हो ।

एकै परिवारका अन्य ९ घाईतेको बर्दिवास र जनकपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस