राष्ट्रिय

कांग्रेसलाई एक नंम्वरको पार्टी बनाउछु —डा.शशांक कोइराला

पुस्कर सहयात्री -
१३ माघ, सिन्धुली । नेपाली कांगे्रसका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसलाई पुनः पहिलो तथा एक नंम्वरको ठुलो राजनितिक दलको रुपमा स्थापित गर्ने वताएका छन् । 

शनिवार सिन्धुलीको शुनकोसी गाउपालिकाको वडा नं. ३ मा स्व. बलराम आचार्यको सालिक अनावरण कार्यक्रमलाई सम्वोधन गर्दै हरेक राजनितिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसकै पहलमा हुदै आएको स्मरण गराउदै नेपाली कांग्रेसको सिदान्त, ईतिहास र पार्टीमा आस्था राख्ने कार्यकर्ताको जोस र नयाँ उर्जाले भोलीका दिनमा पनि कांग्रेस यो देशको पहिलो पार्टीको रुपमा स्थापित हुने उल्लेख गरे । 

महामन्त्री डा. कोइरालाले आफ्ना पिता विपि कोईराला तथा गिरिजाप्रसाद कोईरालाले भनेका कयौ कुराहरु आफ्नो मानसपटलमा ताजै रहेको उल्लेख गर्दै महामन्त्री कोइरालाले भने—‘गिरिजाप्रसाद कोइरालाले भन्नुहुन्थ्यो, मलाई आफ्नै छायाँसँग डर लाग्छ ।’ 

महामन्त्री कोइरालाले गिरिजाबाबुको उदाहरण दिँदै सालिक अनावरण सभामा भने ‘कांग्रेसलाई कांग्रेसले नै हराउन सक्छ, अरु कसैले हराउन सक्दैन ।’ यसको उदाहरण भर्खरै सकियको प्रदेश तथा प्रतिनिधी सभाको निर्वाचनले छर्लङ्ग वनाएको वताए । काँग्रेस अस्थिरताको राजनीति गरेर देशलाई बर्बादीतर्फ लैजाने पक्षमा नरहेको बताउँदै सवै नेपालीको सल्लाह र साथमा लोकतन्त्रको मुलमन्त्रलाई आत्मसाथ गरि अगाडी वढ्ने वताए । 

कार्यक्रममा बोल्दै कांगेस नेता तथा पूर्व सांसद मनमोहन भट्टराईले कुनै रुख ढलेपछी मात्रै त्यसको उचाई मापन हुने वताए । कांग्रेसको अवको यात्रा पुर्नयौवनाअवस्थाको रुपमा स्थापित गर्न आफ्नो घर वाट परिवार हुदै समुदाय बाट सवैसंग हात्तेमालो गरि अगाडी वढ्न सकेमात्रै भोलीका दिनमा हामिले हाम्रो पार्टी भनेर छाती फुलाउन सक्ने ठाउ रहने बताए । 

त्यस्तै नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्रि आनन्द ढुङ्गानाले देशकै मियोको रुपमा स्थापित पार्टी नेपाली कांग्रेस भएको जिकिर गर्दै उनले भने, “परिवर्तनको नेतृत्व गर्ने नेपाली कांग्रेस हो । पार्टीभित्र गुटगत राजनीतिको हाबी भएको भनिएपनि त्यसलाई प्रजातान्त्रिक पार्टीको विशेषताको रुपमा नेता कार्यकर्ताले लिनुपर्ने तर्क उनले गरे ।’ 

नेपाली कांग्रेस सिन्धुलीका पुर्व महाधिवेशन प्रतिनिधी तथा महासमिति सदस्य समेत रहेका स्व. बलराम आचार्य झागाजोेली रातमाटा गाउ पञ्चाएतका पुर्व प्रधानपञ्च, साविक झागाजोली रातमाटा गाविसका प्रथम अध्यक्ष तथा विभिन्न सामाजिक संस्थामा नेतृत्व तहमा रहि सामाजिक क्षेत्रमा क्रियाशिल रहेका आचार्यको सालिक अनावरणमा उनले सामाजिक क्षेत्रमा पु¥याएको अथक योगदानको उच्च कदर गर्दै उनले देखाएको बाटो अवको नेतृत्वले आत्मसाथ गरेर अगाढी वढ्नुपर्ने वक्ताहरुले सुझाएका थिए । 

२०३९ सालको जनमत सङ्ग्रहमा सकृय भएर बहुदलतर्फ जिताउन लाग्नु भएका स्व. आचार्यले २०४६ को बहुदलिय प्रजातन्त्रको पुनस्थापना गर्ने प्रथम ऐतिहासिक जनआन्दोलनमा जेल जिवन समेत भोगेका थिए । सामाजिक चिन्तनमा सदैव तल्लिन स्व. आचार्य २०४६ को संविधान सभाको निर्वाचनमा चुनावि प्रचारको क्रममा झागाजोली रातमाटाको कोटगाउमा माओवादिको साङ्घातिक हमला हुदा उनको २०६५ कार्तिक १५ गते निधन भएको थियो ।  
 

प्रतिकृया दिनुहोस