सिन्धुली खबर

प्रहरी भवन न्यायको हत्या गर्ने बदशाला हुनु हुदैन –महानिरिक्षक अर्याल

पुुस्कर सहयात्री —
२६ माघ, सिन्धुली । प्रहरी महानिरिक्षक प्रकाश अर्यालले न्यायमुर्तीको रुपमा संचालन हुने प्रहरी कार्यालय न्यायको हत्या गर्ने बदशाला हुनु नहुने धारणा व्यक्त गरेका छन् । सिन्धुलीको कमलामाई नगरपालिका -६ मा निर्माण गरिएको नव निर्मित जिल्ला प्रहरी कार्यालयको भवन शुक्रबार एक समारोहका विच उद्घाटन गर्दै महानिरिक्षक अर्यालले नागरिकहरुलाई सेवा प्रवाह गर्न प्रहरीको लागी भवन साधन मात्रै भएको तर साध्य नभएको भन्दै नागरिकहरुलाई उत्कृष्ट सेवा दिन प्रहरी सधै उत्कृष्ट हुनुपर्नेमा जोड दिए । 

महानिरीक्षक अर्यालले भने, “यो प्रहरी भवन सिन्धुलीबासी नागरिकहरुको सम्पति हो, यहाँ बस्ने प्रहरीले जनमुखी, पारदर्शि र कानुनी मुल्य मान्यताको आधारमा काम गर्दै नागरिकहरुलाई मुस्कान सहितको सेवा प्रदान  गर्नु पर्दछ ।” उनले न्यायका लागी खडा गरिएका यस्ता सुबिधा सम्पन्न प्रहरी संरचनाबाट सम्पादन गरिने काम कारवाही जनमुखी र सवै वर्गका नागरिकको पहुचमा केन्द्रित हुनुपर्ने वताए । राज्यको संरचना फेरिएपनि प्रहरीको काम, कर्तव्य नफेरिएको बताउँदै सधै आफ्नो अनुशासनमा रहेर नागरिक प्रति जवाफदेही बन्न सवै प्रहरीलाई अर्यालले निर्देशन समेत दिए । 

२०७० फाल्गुणबाट निर्माण कार्य सुरु भएको ३ तले भुकम्प प्रतिरोधात्मक आर.सि.सि.फ्रेम संरचानामा आधारीत नवनिर्मित प्रहरी भवन २ करोड साढे ५८ लाखको आर्थिक लागतमा निर्माण भएको प्रहरी कार्यालयले जनाएको छ । यो भवन उद्घाटन संगै २०२० सालदेखी काठे संरचनाबाट संचालन हुदै आएको काम कारबाहीलाई प्रहरी कार्यालयले आगामी दिनमा सुविधा सम्पन्न भवनबाट नागरिकका लागी गरिने सेवालाई अझ चुस्त र दुरुस्त बनाउने लक्ष राखेको छ ।

कार्यक्रममा ३ नं. प्रदेश प्रहरी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक केशरीराज घिमिरेले धन्यवाद ज्ञापन गर्दै ३ नं. प्रदेश भरिकै उत्कृष्ट प्रहरी भवन सिन्धुलीमा बनेको बताउँदै नागरिकले पनि उत्कृष्ट सेवा पाउने उत्कृष्ट खालको दिने प्रतिबद्धता व्यक्त गरे । कार्यालय भवन समुदघाटन समारोहमा ९ नं. बाहिनीका बाहिनीपति सुरेश कार्की, विभिन्न् राजनैतिक दलका प्रमुख तथा प्रतिनिधी, कार्यालय प्रमुखहरु, पत्रकार र सामाजिक अगुवाहरुको उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस