सिन्धुली खबर

जिल्लाको सौभाग्य बनिन डा. शुमित्रा गौतम

पुस्कर सहयात्री -
फाल्गुण १५, सिन्धुली । नेपाल सरकार अन्तर्गतको स्वास्थ्य सेवामा २०६३ सालबाट प्रवेश गरेकी डा. शुमित्रा गौतमले सिन्धुली जिल्ला अस्पतालमा रही स्वास्थ सेवा दिईरहदा प्राय सेवाग्राहीको मुखमा डा. शुमित्रा गौतमको नाम पहिलो वाक्य वन्ने गरेको सुनिन्छ । लामो लाईन अनि घण्टौको पर्खाईको बावजुत पनि डा. गौतमबाट नै उपचार गराउने मनसायमा देखिन्छन् जिल्ला अस्पतालमा भर्ना हुने प्राय विरामिहरु ।

जिल्लाको एकमात्र सरकारी अस्पतालको रुपमा स्थापित सिन्धुली अस्पतालमा सानो भन्दा सानो उपचारका लागी काठमाडौ तथा धुलिखेल रिफर गर्ने प्रचलन बर्षगिन्तिको हिसावले धेरै पुरानो भने छैन । केहि वर्ष तथा महिना अगाडि सम्म यो प्रचलनले निरञ्तरता पाएपनी हाल जिल्ला अस्पताल सिन्धुलीले दिने सेवा अन्य जिल्लाको भन्दा समस्टिगत रुपमा अब्बल देखिन्छ । यसको श्रेय डा. शुमित्रा गौतम, डा. शुधाांन्सु झा लगाएत जिल्ला अस्पतालको सक्रिय टिम नै हुन । अहिले जिल्ला अस्पताल सिन्धुलीमा महिला तथा स्त्रि रोगसंग सम्वन्धित, हड्डी तथा नशारोग संग सम्वन्धित लगाएतको समस्याका लागी विरामिले काठमाडौ धाउनु पर्दैन ।  

हाल जिल्ला अस्पताल सिन्धुलीबाट औषतमा दैनिक २५० विरामीले उपचार गराउने गरेको अस्पताल बिकास समिति सिन्धुलीका अध्यक्ष सुवास कार्कीले वताए । ‘उनि भन्छन– अस्पतालमा भर्ना भएका विरामी र विरामीका आप्mन्तलाई हामिले घर फर्काउदा निराश बनाएर पठाएका छैनौ ।’ दिनानुदिन बिरामीको चाप बढ्दै गईरहेको जिल्ला अस्पतालमा दिनमै डेढ सय बिरामीले डा. सुमित्रा गौतमबाट मात्रै सेवा लिएको अस्पतालमा तथ्याङ्क छ ।  

अस्पताल अनि सेवाग्राहीका लागि अहोरात्र समर्पित बनेकी डा. सुमित्रा गौतम सम्भव भएसम्मको प्रयास आफुबाट हुने बताउछिन । ‘उनि भन्छिन्— चाहिने जति सहयोगी र उपकरण नभए पनि मैले जोखिम मोलेर अपरेसन गरिरहेकी छु, बिरामीको अवस्था हेरेर मैले मेरो जीवन र करिअर दाउमा राखेकी छु, यसैमा म खुसी र सन्तुष्ट छु ।’ सिन्धुली अस्पतालमा भर्ना हुदा ६२ नम्बरमा रहेको अस्पतालको गुणस्तर अहिले उनको मेहनतको सेवासंगै गुणस्तरको संख्या बढेर ८९ पुगेको छ । यसलाई उनले आप्mनो सफलता मानेकी छिन् । हाल जिल्ला अस्पताल सिन्धुलीमा २४ सै घन्टा इमर्जेन्सी सेवा, ल्याब र एक्स–रे सेवा छ । 

नेपालगञ्ज मेडिकल कलेजबाट एमबिबिएस गरेकी उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) बाट स्त्री तथा प्रसूति रोगमा एमडी गरेकी डा. गौतम उनको ब्याचकी गोल्ड मेडलिस्ट हुन् । हाल सिन्धुली जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्टको रुपमा कार्यरत डा. सुमित्रा गौतम काठमाडौंका ठूला अस्पतालले ‘नसकिने’ भनेर फर्काएका विरामीलाई आफुले जिल्ला अस्पतालबाट उपचार गरेर पठाएको अनुभव सुनाउछिन् । 

औसतमा मासिक सय जना जति महिला प्रसूतिको समास्या लिएर जिल्ला अस्पताल सिन्धुलीमा भर्ना हुने गरेको डा. गौतमले वताईन । केही दिन अगाडी देखी निरञ्तर रुपमा १७ जना महिलाको पाठेघरको अपरेसन गरि अहोरात्र खटिएकी डा. सुमित्रा गौतम मंगलबार एक भब्य समारोहका बिच यस वर्षको उत्कृष्ट डाक्टरका रुपमा स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भईन् । उनको यो सम्मान संगै उनिबाट सेवा लिने सेवाग्राही तथा समग्र सिन्धुली जिल्लाबासी हर्षित हुनुका साथै उनले स्वास्थ क्षेत्रमा गरेको उल्लेख्य मेहनतको उच्च प्रशंसा देखिएको छ । वर्षको उत्कृष्ट डाक्टरका रुपमा स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित भएकोमा डा. सुमित्रा गौतमलाई हार्दिक वधाई छ । 
 

प्रतिकृया दिनुहोस