सिन्धुली खबर

सिन्धुलीमा १५ हजार भुकम्प पिडितको घर निर्माणको चरणमा

फागुन १८ सिन्धुली । सिन्धुलीमा भूकम्पका कारण क्षति भएका झण्डै १५ हजार घर निर्माणको चरण रहेका छन् । हालसम्म भूकम्पले भत्किएका १४ हजार ९ सय १७ घरको पुनःनिर्माण सुरु भएको जिल्ला समन्वय समिती पुनःनिर्माण प्राधिकरणको सचिवालय सिन्धुलीले जनाएको छ । जिल्लाको पुनःनिर्माणको अवस्था सन्तोष जनकरुपमा अघी बडिरहेको पुनःनिर्माण प्राधिकरणको सचिवालय प्रमुख बासुप्रसाद हुमागाईले बताए ।

भूकम्प प्रभावितहरुले अहिले धमाधम घर निर्माणको कामलाई प्राथमिकतासाथ पुनःनिर्माणमा सहभागी भएको उनको भनाई छ । यस्तै जिल्लाका १३ हजार ४ सय ७६ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान समेत लिइसकेको उनले बताए । त्यस्तै जिल्लाका २ हजार ४ सय २९ जना लाभग्राहीले तेस्रो किस्ता वापतको अनुदान रकम लिइसकेका छन् भने ३ हजार २ सय २२ घर निर्माण सम्पन्न भएको प्राधिकरणले जनाएको छ । भूकम्पका कारण जिल्लाको ३४ हजार ९८८ भूकम्प पीडित लाभग्राहि सूचीमा परेका थिए । जसमा ३२ हजार ९ लाभग्राहीले पहिलो किस्ता लिएका छन् ।

प्रतिकृया दिनुहोस