सिन्धुली खबर

सिन्धुली आईडलको सफलता पछि सिजन–२ हुने

माघ २२, सिन्धुली । सिन्धुली आईडल सिजन–१ को सफलता पछि सिन्धु ईभेन्टसले सिन्धुली आईडल सिजन–२ गर्ने भएको छ । गएको फाल्गुण ११ गते बाट सिन्धुली आईडल सिजन–१ को प्रचार प्रसार गरि सफलता पुर्वक सम्पन्न भएको सिन्धुली आईडलले यो वर्षको पनि फाल्गुण ११ वाटै आईडल –२ को प्रचार प्रसार गरि आबेदन खुल्ला गरेको हो । 

विगत लामो समयदेखी कलाकारीता क्षेत्रको विकासमा काम गर्दै आएको सिन्धु ईभेन्टस्ले सिजन २ गर्न लागेको प्रिन्सराजले जनबोली अनलाईन संग वताए । ०७३ मा भएको सिन्धुली आईडलको सफलता अनि कलाप्रेमी सिन्धुलीबासीको हौसलाले नयां सिजन गर्न लागिएको प्रवन्धक प्रिन्सराजले वताए । ‘लामो समयदेखी यहि क्षेत्रलाई कर्म मान्दै कलाकारीता गर्दै आईयो, प्रबन्धक प्रिन्सराजले भने, सिन्धुली जिल्ला कलाकारिताको हिसावले अग्रस्थानमा छ र उत्तिकै सम्भावना पनि छ त्यसको लागी सवैलाई अवसरको खाचो हुनेगर्दछ, त्यहि अवसरका लागी  अहिले सिन्धुली आईडल सिजन २ सो गर्न थालेको छौ ।’ सिन्धुली जिल्ला भरिमा लुकेर रहेका प्रतिभालाई उजागर गर्नका लागी सिजन –२ गर्न लागीएको उनले वताए ।

सिन्धुली आइडल सिजन सिजन–२ को फारम वुझाउने मिती २०७४ चैत्र १ गते बाट २०७५ जेष्ठ ५ गते वेलुका ६ वजेसम्मका लागी निर्धारण गरिएको आयोजकले जनाएको छ । आयोजकका अनुसार उत्कृष्ट १५ जनालाई ट्रफी प्रदान गरिनुका साथै गाएन तथा नृत्य दुवै विधाका बिजेतालाई जनही १ लाख नगद र सिन्धुली आईडल सिजन २ को ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । सिन्धुली आईडल सिजन २ गाएन र नृत्य दुवै विधामा संचालन हुनेछ । यो सिजनलाई सिन्धुलीको ईतिहासमा फरक र भब्य बनाउनका लागी राष्ट्रिय स्तरका कलाकार ल्याईने निर्देशक प्रिन्सराजले वताए ।
 

प्रतिकृया दिनुहोस