सिन्धुली खबर

२५ औँ स्व.सम्झना दाहाल स्मृतीसभा सम्पन्न, ३ विधार्थी सम्मानित

माघ २२, सिन्धुली । २५ औं स्व.सम्झना दाहाल स्मृती सभा मंगलवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिध्यार्थी युनियन जिल्ला कमिटी सिन्धुलिद्वारा आयोजित २५ औं स्व. सम्झना दाहाल स्मृती सभामा उनले गरेको योगदानको बारेमा चर्चा गर्दै दिवसको उपलक्ष्यमा सिन्धुली जिल्लामा ०७३÷०७४ को सामुदायिक बिध्यालयको क्भ्भ् परिक्षामा सहभागी जिल्ला उत्कृष्ट तिन छात्रालाइ सम्मान गरियको छ । 

अनेरास्ववियु जिल्ला अध्यक्ष गोकर्ण भुजेलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य केशब देबकोटाको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको स्मृतीसभामा तत्कालीन सरकारले गरेको टनकपुर सन्धिको बिरुद्धमा आन्दोलनमा होमिएकी कक्षा ९ मा पढ्दै गरेकी अनेरास्ववियु संगठनमा आबद्ध विद्यार्थी सम्झना दाहाललाई गोलि हानी सिन्धुलिको धुराबजारमा निर्ममतापुर्वक हत्या गरिएको भन्दै उनलाई शहिद घोषणा गर्न सभामा जनप्रनिधि समक्ष माग गरिएको छ । विद्यार्थी स्व. सम्झना दाहालको स्मृति दिवसमा उनि प्रती उच्च सम्मान गर्दै, उनले देखाएको सङ्घर्षको बाटोमा लाग्ने प्रेरणा साथै शक्ति र सत्ताको आडमा गरिएका हरेक गलत कृयालापको विरुद्ध विद्यार्थी आन्दोलनले थप उचाइ लिने साहस सबैमा मिलोस भनि सभाका प्रमुख अथिती केशव देवकोटाले उनलाई सहिद घोषणा गर्न बाम सरकारसंग माग गरे । 

स्मृतिसभा कार्यक्रममा प्रदेश सांसद राजन दाहाल, बिनोद खड्का र सहिद परिवार(पिता) शेशराज दाहाल, (माता)इन्दिरा दाहाल विधार्थी लगाएतको उपस्थिती रहेको थियो । अनेरास्ववियुले स्व. सम्झना दाहालको सम्झनामा सिन्धुली जिल्लामा शहिद स्मृति पार्क निर्माण गर्ने र शहिद घोषणा गर्न पहल गर्ने प्रस्ताव स्मृतीसभामा राखेको छ । यस कार्यका लागी सहिद परिवारको तर्फबाट पार्क निर्माणको लागी रु. दश लाख सहयोग गर्ने प्रतिबद्धता सहिद परिवारका पिता शेषराज दाहालले गरेका छन् । 
 

प्रतिकृया दिनुहोस