सिन्धुली खबर

अस्पताल बिकास समिति सिन्धुलीमा, तिन समाजसेवी मनोनित

माघ २२, सिन्धुली । सिन्धुली अस्पताल बिकास समितिको मंगलबार बसेको बैठकले एक जनजाती महिला सहित तिन जना समिती सदस्य मनोनित गरेको छ । अस्पताल व्यवस्थापन कार्यबिधी २०७३ को बुदा नं. ३(२)ख बमोजिम अस्पताल विकास समितीको पदाधिकारी सदस्यको रुपमा मनोनित गरिएको हो । समितीको सदस्यमा कमलामाई नगरपालिका –४ का शतिषचन्द्र ढकाल, गोलञ्जोर गाउपालिका –३ का ओम प्रकाश श्रेष्ठ, र महिला सदस्यमा भद्रकालीकी शुशिला थिङ्गलाई मनोनित गरिएको छ ।

बिकास समितिमा नेपाल सरकारबाट नियुक्त एक अध्यक्ष सहित उधोग बाणिज्य संघको अध्यक्ष, नगर प्रमुख, नगरपालिकाको कार्यकारी अधिकृत, जिल्ला जनस्वास्थ प्रमुख, जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख सदस्य र जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सदस्य सचिव हुने प्रावधान रहेको छ । त्यस्तै आमन्त्रित सदस्यमा नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष र जिल्ला समन्वय समितिको पदाधिकारी रहने विधानमा उल्लेख गरिएको छ । 

अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष सुवास कार्कीको अध्यक्षतामा सहायक प्रमुख जिल्ला अधिकारी हुतराज निरौला, जिल्ला समन्वय समिति सिन्धुलीका प्रतिनिधी सागर कुमार ढकाल, उधोग बाणिज्य संघ सिन्धुलीका अध्यक्ष बिनेश कुमार श्रेष्ठ, जिल्ला जनस्वास्थ कार्यालय सिन्धुलीका प्रमुख गौरव कुमार ढकाल, मेडिकल सुपरिटेण्डेन्ट डा. सुमित्रा गौतम जिल्ला रेडक्रस सिन्धुलीका अध्यक्ष अशाक श्रेष्ठको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । 

मनोनित तिन सदस्यलाई स्वागत गर्दै अस्पताल विकास समिति सिन्धुलीका अध्यक्ष सुवास कार्कीले मध्य तथा पुर्वी पहाडको विचमा पर्ने सिन्धुली अस्पतालले सेवाग्राहीको मनोभावना अनुरुप वरिष्ठ विषेशज्ञ डाक्टरहरुवाट सेवा दिईरहेको वताए । नेपाल सरकारबाट आफु मनोनित भए पश्चात ५० शैयाबाट स्तरउन्नती भई जिल्ला अस्पताल सिन्धुलीले १०० शैयाको स्विकृत पाएको कुरा सिन्धुलीबासीलार्ई सुनाउन पाउदा आफुलाई गर्वको महसुस भएको वताए । 

अध्यक्ष कार्कीले भने– ‘जिल्ला अस्पताल सिन्धुलीले दिने सेवा सुबिधालाई अझ स्तरिय वनाउदै भोलीका दिनमा जिल्ला अस्पताललाई एउटा नमुना मेडिकल कलेजको रुपमा स्थापित गर्ने मेरा लक्ष रहेको छ ।’ यसको लागी मनोनित गरिएका सदस्य आमन्त्रित सदस्य अस्पतालमा कार्यरत स्वास्थकर्मी र जिल्लाबासी सवैको सहयोगको आवश्यक्ता रहेको उनले उल्लेख गरे ।   
 

प्रतिकृया दिनुहोस