सिन्धुली खबर

दियालो क्लवको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कार्की चयन

माघ २३ सिन्धुली । दियालो युवा क्लव कनपा ११ जरायोटारको छैटौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन बुधवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । क्लवका अध्यक्ष मेघराज कार्की (रमेश) को अध्यक्षता तथा ग्रैरसरकारी संस्था महासंघ सिन्धुली शाखाका अध्यक्ष वेदराज दाहालको प्रमुख आतिथ्यतामा क्लवको छैटौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशन सम्पन्न भएको हो । 

२०६३ सालमा कारितासको सहयोगमा पहराका सुनाखरी बाल क्लवबाट स्थापना भई स्थानिय केहि युवाको पहल तथा जागरुकतामा २०६८ सालबाट दियालो युवा क्लवको नामबाट सक्रिय रुपमा सामाजिक क्षेत्रमा काम गर्दै आएको युवा क्लवले हाल प्लान ईन्टरनेशनलको आर्थिक सहयोगमा विधालय भवन निर्माण तथा सामाजिक क्षेत्रमा विबिध काम गर्दै आईरहेको छ । आ.व २०७३/०७४ मा प्लान ईन्टरनेशनलको कुल ३२ लाख ३७ हजार ४ सय ३० रुपैया आर्थिक सहयोगमा क्लवले कमलामाई नगरपालिका ११ मा भुकम्प प्रतिरोधात्मक एक विधालय भवन निर्माण, क्लवको कार्यालय स्थापना, लैंगिक हिंसा तथा बाल अधिकार संग सम्वन्धित विभिन्न तालिम तथा गोष्ठी, विधालयमा छात्रबृत्ती वितरण, उज्जल जिवनको छनौट कार्यक्रम, सरसफाई क्षेत्र लगाएतमा काम गरेको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ । 

बुधवार आयोजित क्लवको छैटौ साधारण सभाले आर्थिक प्रतिवेदन, बार्षिक वजेट तथा कार्यक्रम, विधान संसोधन र नया कार्यसमिति प्रस्ताव विषय माथी छलफल गरि निर्णय गरेको छ । संस्थाका सचिवद्धारा प्रस्तुत गरिएको बार्षिक वजेट र कार्यक्रमहरु सभावाट छलफल गरि बार्षिक कार्ययोजनामा प्रस्तुत गरेको कार्यक्रम र १ करोड बरावरको बार्षिक कार्ययोजना सभावाट पारित गरिएको छ । साधारण सभाले संसोधन गर्नुपर्ने केही बुदागत प्रस्तावलाई सर्वसम्मत रुपमा पारित गरेको छ । दियालो युवा क्लवको नामबाट संचालन भईरहेकोे संस्थालाई अवका दिनमा बिभान अनुरुप अनुच्छेद –१ (१) बमोजिम दियालो नेपाल नामबाट संस्थागत क्रियाकलाप गर्ने निर्णयमा उल्लेख छ । 

साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखाका सभापती राजन कार्कीले युवा क्लवबाट दियालो नेपालमा संस्था प्रवेश गर्दैगर्दा सामाजिक क्षेत्रमा क्रियाशिल भई समुदायको हकहितका लागी, बालबालिका, युवा, बृद्ध, अपाङ्ग, असक्क्त, महिला सवैको प्रतिनिधित्व गर्दै समाजका लागी काम गर्न सुझाव दिए । त्यस्तै उद्घाटन सत्रका प्रमुख अथिति बेदराज दाहालले जिल्ला प्रशासनमा दर्ता भएका करिव ८ सय ग्रैरसहरकारी संस्था मध्य अत्यन्त न्युन संख्या केहि संस्थाले काम गरिरेहेको अवस्थामा दियाले युवा क्लवले गरेको मेहनत र कामले झोला र गोजीमा मात्र सिमित वनेका अन्य संस्थालाई उदाहरणीय पाठ भएको वताए । 

नयाँ कार्यसमिती चयन 
दियालो युवा क्लवको छैटौ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनले पुनः मेघराज कार्की रमेशको अध्यक्षतामा ९ कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको नवनिर्वाचित उपाध्यक्षमा शान्ति कार्की, सचिवमा मिना मगर, कोषाध्यक्षमा मनिषा विक, सह–सचिवमा इन्दिरा घिसिङ्ग सर्वसम्मत चयन भएका छन भने सदस्यमा दिलमाया गोले, नकुल कार्की, आष्मा मगर चयन गरिएको छ । 

पुनः क्लबको अध्यक्षमा सर्वसम्मत रुपमा चयन भएपछी संस्थाका अध्यक्ष कार्कीले बाकी दिनमा संस्थाले पारदर्शी रुपमा गतिविधी गर्ने उल्लेख गर्दै संस्था पुर्ण सामाजिक क्षेत्रमा क्रियाशिल रहने प्रतिवद्धता ब्यक्त गरे ।  
 

प्रतिकृया दिनुहोस