सिन्धुली खबर

युवा जागरण अभियानको अन्तक्रिया सिन्धुलीमाढीमा सम्पन्न

पुस्कर सहयात्री -
चैत्र १०, सिन्धुली । नेपाली कांग्रेसका युवा नेता एवं वरिष्ठ नेता रामचन्द्र पौडेलका पुत्र चिन्तन पौडेलको संयोजकत्वमा देशैभरिका युवाहरुको समुहद्धारा एक अभियानको रुपमा शुरु भएको युवा जागरण अभियानले शनिवार सिन्धुलीमाढीमा एक अन्र्तक्रिया सम्पन्न गरेको छ । नेपाली कांग्रेस ३ नं. प्रदेश समानुपातिक सांसद बिजुला बर्माको प्रमुख आतिथ्य तथा युवा जागरण अभियानका अभिएन्ता चिन्तन पौडेलको विशिष्ट आतिथ्य र नेपाली कांग्रेस जिल्ला उपसभापती खड्ग वाईवाको सभापतित्वमा अन्र्तक्रिया सम्पन्न भएको हो । 

काँग्रेसभित्रको विकृति र गलत प्रवृत्तिलाई हटाउँदै पार्टीलाई सक्रिय बनाउने उद्देश्यले गएको पौषबाट सुरु गरिएको यस अभियानमा मुलुकभरका लोकतन्त्रवादी युवाहरुलाई आवद्ध गर्ने लक्ष्य राखिएको र हजारौ युवा यस अभियानको सहयात्री रुपमा क्रियाशिल रहेका अभिएन्ता चिन्तन पौडेलले वताए । प्रदेश नं. ३, २ र १ विशेषगरी तराईका जिल्लाहरुमा अभियान सञ्चालन गर्न चैत ९ गते बाट आफुहरु हरेक जिल्लामा हिडेको पौडेलले बताए । 

उनले अभियानको वारेमा अझ प्रश्ट पार्दै राष्ट्रिय जनसहभागिता जनताको सामुहिक मनोभावनालाइ लक्षित गर्ने वाक्य भएको वताए । सामुहिक रुपवाट समयमा आईपर्ने ब्यापक समस्याहरुरुको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता भएकोले राष्ट्रलाई एकजुट वनाउन यो अभियान थालिएको प्रश्ट पारे । सामाजिक विकासबाट नै देशको आर्थिक विकास संभव छ र त्यो दिगो हुन्छ भन्ने सोच सवै नागरिकलाई बुझाउन जरुरी रहेको अहिलेको अवस्था र यसको समुचित प्रयोगका लागी मुलुकभर जागरण अभियान सञ्चालन गरिएको उनले बताए । 

यस्तै अन्तक्रिया कार्यक्रमकी प्रमुख अथिती नेपाली कांग्रेस ३ नं. प्रदेश समानुपातिक सांसद बिजुला बर्माले नेपाली काँग्रेसले राजनैतिक साथै आर्थिक समानताका आधारमा उभिएको प्रजातन्त्रलाई आफ्नो आदर्श मान्ने वताइन् । समसामयिक परिवेशको गम्भिर मूल्याङ्कन गरि समाजको आर्थिक विकासमा टेवा पु¥याउने उदेश्यले गरिने यस्ता अभियानले नेपाली जनतालाई उर्जा प्रदान गर्ने उनले उल्लेख गरिन् । 

अन्तक्रिया कार्यक्रममा स्वागत गर्दै नेपाली कांग्रेस सहासमिति सदस्य उपेन्द्रकुमार पोखरेलले अहिले सम्मको नेपालको ईतिहासमा’ राष्ट्रियताको संरक्षण र संवर्धन गर्दै प्रजातान्त्रिक समाजवाद’ स्थापना गर्ने सिङ्गो आन्दोलनको एकमात्र नाम ’नेपाली कांग्रेस’ भएको उल्लेख गरे ।

वर्तमान सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, समाजवादको आदर्श एवं सिद्धान्त अनुरूप संघीय गणतन्त्रात्मक राज्य, बहुलवादमा आधारित बहुदलीय व्यवस्था तथा संसदीय शासन प्रणालीको माध्यमबाट नेपालमा न्यायपूर्ण गतिशील र शान्तिपूर्ण समाजको निर्माण गरी सामाजिक, राजनैतिक तथा आर्थिक विकाश गर्ने उद्देश्य बोकेको नेपाली जनताको अगाद श्रद्धा र सम्मान पाएको नेपालको सबैभन्दा पुरानो लोकतान्त्रिक पार्टी कांग्रेसले समाजको आर्थिक विकासको खाका सवै नेपालीको सहभागितामा तय गर्ने उल्लेख गरे । यसै अभियानले देशभरका युवा बृद्ध महिला बालबालिका सवैको मनोभावनालाई सम्वोधन गर्ने वताए । कार्याक्रम नेपाली कांग्रेस जिल्ला सचिव कृष्ण कुमार दाहालले संचालन गरेका थिए । 
 

प्रतिकृया दिनुहोस