सिन्धुली खबर

स्थापना दिवसमा पत्रकार महासंघ सिन्धुलीद्धारा दिप प्रज्वलन

१६ चैत, सिन्धुली । पत्रकारहरूको साझा संस्था नेपाल पत्रकार महासंघ स्थापनाको ६३ औं वर्षमा प्रवेश गरेको छ । स्थापना दिवसको अवसरमा पत्रकार महासंघ शाखा सिन्धुलीले शुक्रवार दिप प्रज्वलन गरेको छ ।

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य द्धारिका काप्mलेको प्रमुख आतिथ्यतामा शाखाले सिन्धुलीको लोकतान्त्रिक चौकमा दिप प्रज्वलन गरेको हो । दिप प्रज्वलन सभालाई सम्वोधन गर्दै केन्द्रिय सदस्य काप्mलेले आम नेपाली सञ्चारकर्मी तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधरहरूप्रति शुभकामना व्यक्त गर्दै ‘नेपालमा लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारिताको संस्थागत विकास र श्रमजीवी पत्रकारको हकहितका लागि अग्रजहरूले सुरू गरेको गौरवपूर्ण इतिहासप्रति महासंघले गर्वको महसुस गरेको उल्लेख गरे । उनले जस्तोसुकै प्रतिकूल अवस्थामा पनि अग्रजहरूले देखाएको मार्गबाट रत्तिभर विचलित नभई महासंघको उद्देश्य हासिल गर्न तर्फ लागिरहन सम्पुर्ण पत्रकारलाई आग्रह समेत गरे । 

दिप प्रज्वलन सभालाई समापन गर्दै नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका सभापती होम कुमार कार्की (राजन)ले सञ्चार क्षेत्रले राज्यका सबै निकायका काम कारबाहीको निगरानी गर्नुका साथै सत्य–तथ्य सूचना प्रवाह र जनताका आवाजहरूलाई सार्वजनिक गर्न अझ बढी संवेदनशील बन्नु पर्नेमा जोड दिए । दिप प्रज्वलन सभामा पत्रकार महासंघ शाखा सिन्धुलीका पुर्व अध्यक्ष श्यामहरी अधिकारी, मिन कुमार दाहाल लगाएत जिल्ला स्थित विभिन्न संचार गृहमा आवद्ध पत्रकार तथा संचारकर्मी सरोकार निकायका प्रतिनिधिको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस