सिन्धुली खबर

काम,कर्तव्य र अधिकार सम्बन्धि २ दिने तालिम सम्पन्न

राधिका बुढाथोकी -
चैत्र १७ सिन्धुली । सहकार्यात्मक नेतृत्व परियोजना अन्र्तगत सिड्स नेपाल सिन्धुलीले न्यायिक समितीको काम, कर्तव्य र अधिकार सम्बन्धि २ दिने तालिम सिन्धुलीमाढीमा सम्पन्न गरेकोे छ । न्यायिक समितीको काम, कर्तव्य र अधिकार बारे जानकारी गराउदै न्यायिक क्षमता अभिबृद्धि गराउने उद्देश्यले गभरनेन्स फेसिलिटीको आर्थिक सहयोग तथा सर्च फर् कमनग्राउड नेपालको साझेदारीमा सिड्स नेपाल सिन्धुलीले आयोजना गरेको दुई दिने तालिम शनिवार सम्पन्न भएको हो ।

सिड्स नेपाल सिन्धुलीका अध्यक्ष दिपक कुमार घिमिरेको अध्यक्षतामा सम्पन्न भएको तालिममा, तालिमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख शंकरराज तिवारी वर्माद्धारा तालिमका सहभागिहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।  तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समिती सिन्धुलीका प्रमुख शंकरराज तिवारी वर्माले न्यायिक समितीको काम, कर्तव्य र अधिकार सम्बन्धि तालिम हरेक स्थानिय तह, नगरपालिका र गाउँपालिकामा संचालन गर्नु आवश्यक रहेको बताएका छन् । सिन्धुलीको कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकामा संचालित परियोजनाले सिन्धुलीका अन्य गाउँपालिकाहरुलाई पनि समेट्नु पर्ने उनले बताए । 

कमलामाई नगरपालिका सिन्धुलीकी उपप्रमुख मञ्जु देवकोटाले तालिमबाट न्यायिक समितीको काम, कर्तव्य र अधिकारको बारेमा अन्यौल्ता हटेको बताईन । यस्तै दुधौली नगरपालिका, तिनपाटन गाउँपालिकाका उपप्रमुख  तथा तालिमका सहभागिहरुले यो तालिमले काम गर्न धेरै सहयोग पुग्ने बताएका छन् । न्यायिक समितीको काम, कर्तव्य र अधिकार सम्बन्धि अन्योल्ता भएका कारण समितीमा आएका मुद्धाहरु मिलाउन समस्या भइरहेको अवस्थामा तालिमले महत्वपुर्ण सहयोग गरेको सहभागिहरुले बताएका छन् ।

अधिवक्ता राममणी गौतम र रामकुमार यादवद्धारा सहजिकरण गरिएको तालिममा सर्च फर कमन ग्राउड नेपालका प्रोजेक्ट मेनेजर सन्ध्या सिटौला, सर्च फर कमन ग्राउड नेपालकी सिन्धुली जिल्ला संयोजक विमला कडायत, कार्यक्रम प्रमुख उज्वल ढकाल, कार्यक्रमका सहभागिहरु कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकाका उपप्रमुखहरु क्रमश मञ्जु देवकोटा, बालकुमारी अधिकारी दनुवार र पदममाया तामाङ्ग, कमलामाई नगरपालिका, दुधौली नगरपालिका र तिनपाटन गाउँपालिकाका न्यायिक समितीका सदस्यहरु, कार्यपालिकाका सदस्यहरु, मेलमिलापकर्ताहरु, सरकारी कर्मचारीहरु र सामाजिक परिचालकहरु लगाएतको सहभागिता रहेको थियो ।
 

प्रतिकृया दिनुहोस