सिन्धुली खबर

एकदिने सामुदायिक संवाद कार्यक्रम सम्पन्न

राधिका बुढाथोकी/ सिन्धुली 
—सहकार्यात्मक नेतृत्व परियोजनाका लक्षित वर्गहरुलाई समेटी संचालन गरिएको एक दिने अन्र्तक्रिया तथा सामुदायिक संवाद कार्यक्रम बुधवार सिन्धुलीमाढीमा सम्पन्न भएको छ । निर्वाचित जनप्रतिनिधि तथा सरोकारवालाहरु र महिला तथा युवाहरुविचकोे सम्बन्धलाई राम्रो बनाउने, गरीब एवं सिमान्तकृत समुदायको न्यायमा पहुँच अभिबृद्धि गर्ने साथै “महिला माथि हुने कुनै पनि प्रकारका विभेद, हिंसाजन्य दुव्र्यवहार तथा विभेदकारी सामाजिक कार्य विरुद्ध ऐक्यवद्धता” गराउने उद्देश्यले संवाद कार्यक्रम संचालन गरिएको हो । 

गभरनेन्स फ्यासिलिटी तथा सर्च फर कमन ग्राउण्डसँगको साझेदारीमा सिड्स नेपाल सिन्धलीद्धारा संचालित सहकार्यात्मक नेतृत्व परियोजना अन्र्तगत रहेर आयोजना गरिएको समुदाय संवाद कार्यक्रममा कमलामाई नगरपालीकाका नगर प्रमुख खड्ग बहादुर खत्री, उपप्रमुख मञ्जु देवकोटा, महिला विकास कार्यालय सिन्धुलीकी निमित्त अधिकृत कमला खरेल, कमलामाई नगरपालीकाका वडा प्रतिनिधि, अधिकारकर्मी, पत्रकार तथा संचारकर्मी, स्थानिय राजनितिक दल, विभिन्न सँघ सङगठनका प्रतिनिधि, युवा तथा महिला समुह, संजालका प्रतिनिधिहरु लगाएको सक्रिय सहभागितामा रहेकोे थियो ।

उक्त सामुदायिक संवाद कार्यक्रममा नगर प्रमुख खड्ग बहादुर खत्रीले महिला आर्थिक रुपमा शसक्त हुन आवश्यक रहेको बताए । महिलाहरुमा विभेद तथा हिँसाजन्य दुव्र्यवहार स्वमं महिलाहरुबाटै पनि हुने गरेकाले सर्वप्रथम महिला आफँै परिवर्तन हुनु पर्ने र महिलाहरु उद्यमशिल क्षेत्रमा लागेर आर्थिक रुपमा सक्षम भएमात्र महिला हिँसा तथा दुव्र्यवहार न्युनिकरण हुन सक्ने उनको भनाई थियो । महिला माथि हुने कुनै पनि प्रकारका विभेद, हिंसाजन्य दुव्र्यवहार तथा विभेदकारी सामाजिक कार्य विरुद्ध ऐक्यवद्धता जनाउदै प्रमुख खत्रिले अव आउने परिषद्मा महिलाका शिर्षकमा केही रकम छुट्टाएर काम गर्ने उल्लेख गरे । 

अन्र्तक्रिया तथा सामुदायिक संवाद कार्यक्रम मार्फत कार्यक्रममा उपस्थित सरोकारवालहरुले महिला माथि हुने कुनै पनि प्रकारका विभेद, हिंसाजन्य दुव्र्यवहार तथा विभेदकारी सामाजिक कार्य विरुद्ध ऐक्यवद्धता जनाएका छन् ।  महिला पुरुष विचको विभेद, छोराछोरी विचको विभेद, छोरी भएका कारण आमाको गर्भ अवस्थामै मर्नु पर्ने बाध्यता, समान कामको समान ज्याला लगाएतमा नियमनकारी निकायले बिषेश ध्यान दिनुपर्ने सरोकारवालाको गुनासो रहेको छ । कार्यक्रममा उपप्रमुख मञ्जु देवकोटाले महिला विभेद अन्त्यका लागी आफुले महिलाको सल्लाह अनुसारको काम गर्ने प्रतिवद्धता ब्यक्त गरिन् । उनले महिलाहरु सक्षम हुँदाहुदै पनि उपमा सिमित राखिन्छ र पुरुषलाई नेतृत्व गर्ने प्रमुखका रुपमा स्विकार गरिन्छ भन्ने गुनासो गदै प्रमुख नेतृत्वमा महिला हुनु आवश्यक रहेको बताइन । 

कार्यक्रममा अन्र्तपार्टि महिला संजालकी पुर्व अध्यक्ष शान्ता पाख्रिनले विज्ञानले महिला र पुरुषबीच कुनै पनि खालको भौतिक–मानसिक फरक नभएको पुष्टि गरिसक्दा र महिलाले पटकपटक विभिन्न क्षेत्रमा उदाहरणीय बनेर आफूलाई पुष्टि गरिसक्दा पनि महिला माथिको निरन्तर विभेद अझै पनि उस्तै रहेको बताईन् । उनले महिलालाई शिप र स्वरोजगार आवश्यक रहेको र पुरुष बराबरी नारी पनि हुन् भन्ने सन्देश घरघरमा पु¥याउन पहलकदमी अगाडी वढाउनुपर्ने वताईन । अन्र्तक्रिया तथा संवाद कार्यक्रममा भएको छलफलले सकारात्मक प्रभाव पर्ने सरोकार निकायको विश्वास छ । कार्यक्रममा महिलालाई हरेक क्षेत्रबाट शसक्त बनाउनका लागी सबैको सहकार्यात्मक नेतृत्व हुनु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । 
 

प्रतिकृया दिनुहोस