सिन्धुली खबर

ट्रेड युनियन कांग्रेस सिन्धुलीको अध्यक्षमा, अधिकारी चयन

चैत्र २७ सिन्धुली । 
—नेपाल ट्रेड युनियन कांग्रेस सिन्धुलीको आठाँै जिल्ला अधिवेशनले श्यामहरि अधिकारीको अध्यक्षतामा २० सदसिय नयाँ कार्यसमिती चयन गरेको छ । मंगलवार आयोजक समितिका संयोजक नवराज कार्कीको संयोजकत्व तथा नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल प्रशाद बरालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिबेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको हो ।  

श्रमको सम्मान गरौ, श्रम शक्ति नै राष्ट्र शक्ति हो भन्ने नाराका साथ सम्पन्न आठौँ जिल्ला अधिवेशनले खुल्ला उपाध्यक्षमा नवराज कार्की, महिला उपाध्यक्षमा मनमाया तामाङ्ग, सेवाक्षेत्र उपाध्यक्षमा पुष्कर पोखरेल, उत्पादन क्षेत्र उपाध्यक्षमा सरस्वती लामा, अनौपचारिक उपाध्यक्षमा लिलाधर पहाडीलाई चयन गरेको छ । त्यस्तै सचिवमा जनार्दन कोईराला, सह—सचिवमा प्रेमशंकर शाह र हरी खत्री, कोषाध्यक्षमा दिपेन्द्रध्वज बस्नेत, सह– कोषाध्यक्षमा सम्झना अधिकारी सहित सदस्यहरुमा वुद्धिनाथ आचार्य, सोम बहादुर धामी, रमेश कार्की, संकर पौडेल, नागेन्द्र ठाकुर, राधिका बुढाथोकी र ईन्दिरा अधिकारी, विजया कोईराला र चेत कुमारी कार्कीलाई चयन गरिएको अधिवेशनको निर्णयक समितिका संयोजक प्रेमचन्द्र दाहालले जानकारी दिए । 

साथै जिल्ला अधिवेशनले संघिय महाधिवेशन प्रतिनिधिमा वलराम वराल र रमेश प्रशाद गौतमलाई चयन गरेको छ भने प्रदेश प्रतिनिधिमा कर्ण ब. कार्की, सागर प्रशाद वराल, चक्र बहादुर श्रेष्ठ, बिशाल पहाडी र सन्तोष प्रशाद दाहाललाई सर्वसम्मत चयन गरिएको नेपाल शिक्षक संघका उपाध्यक्ष सुमन प्रसाद कोईरालाले जानकारी दिए । 

आठौ जिल्ला अधिवेशन सभ्य र सौहार्दपुर्वक रुपमा सम्पन्न भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस सिन्धुलीका सभापती उज्वल प्रशाद वरालले निर्वाचित सवै प्रतिनिधीलाई वधाई व्यक्त गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरे । निर्वाचित अध्यक्ष साथै अन्य पदाधिकारीलाई सम्मान व्यक्त गर्दै सभापती वरालले सामाजिक सुरक्षा, संबिधानमा सुनिश्चित गर्नु पर्ने श्रमिकका हक, राज्यका नीति निर्माण तहमा प्रत्येक श्रमिकको प्रतिनिधित्व लगायत श्रम ऐन र कानूनमा यथा शिघ्र परिबर्तन गर्नु पर्ने बिषयमा छलफल हुनुपर्ने उल्लेख गरे ।

अध्यक्षमा निर्वाचित भए पश्चात श्यामहरी अधिकारीले मनोनयन गर्न बाकी दुई सदस्यलाई तत्काल मनोनित गरि श्रमिकको हक अधिकारका लागी र उनिहरुले पाउने न्यायका निम्ति सदैव ट्रेड युनियन कांग्रेस क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गरे । 


 

प्रतिकृया दिनुहोस