सिन्धुली खबर

वडाको अधिकार गाँउपालिकाले खोसेको, वडाअध्यक्ष मोक्तानको गुनासो

चैत्र २८, सिन्धुली । सुनकोशी गाउपालिका वडा नं. १ का वडाअध्यक्ष विमलमान सिंह मोक्तानले वडाको अधिकारलाई गाउपालिकाको प्रमुख र उप–प्रमुखले हस्तक्षेप गरेको आरोप लगाएका छन् । स्थानिय तह सन्चालन सम्वन्धी आदेश २०७४ मा उल्लेख गरिएको स्थानिय तहमा वडाको काम, कर्तव्य र अधिकारलाई गाउपालिकाले हस्तक्षेप गरि वडाबाट हुने काम गाउपालिकाको प्रमुख र उपप्रमुख वाट मनोमानी ढंगबाट भएको र आफुलाई त्यसवारे केही थाहा नभएको उनले गुनासो गरे । 

स्थानिय तह सन्चालन सम्वन्धी आदेश —२०७४ को अनुसुची—४ वमोजिम वडा समितिको काम, कर्तब्य र अधिकारको प्रचलित कानूनको दफा (१) मा उल्लेख गरिए अनुसार वडा भित्रका योजना, निति निर्माण, कार्यान्वयन र अनुगमन वडाको माततहतमा संचालन हुने उल्लेख छ । वडा अध्यक्ष मोक्तानले कानुनमा उल्लेख गरिएको उक्त प्रावधानलाई गाउपालिकाले हस्तक्षेप गरेको गुनासो गरे । 

उनले वडाको गाडाखोला खानिगाउ मोटरवाटो उपभोक्ता समिति विना जानकारी गाउपालिकाको रोहवरमा गठन भएको वताए । उपभोक्ता समिति गठन वडाको उपस्थितिमा वन्ने कानुनी प्रावधान भएपनि वडालाई थाहै नदिई समिति गठन, कर्मचारि भर्ना, नागरिक्ता सिफारिस गाउपालिकाको उपप्रमुख दिर्वसिंह मोक्तानले गर्ने गरेको उनले गुनासो गरेका छन् । 

गएको चैत्र २ गते वडाको काम, कर्तब्य र अधिकार खोसिएको प्रति गुनासो व्यक्त गर्दै गाउपालिकालाई वडावाट ध्यानआकर्षण पत्र पठाईएको उल्लेख गर्दै मोक्तानले भने—  ‘गाडाखोला खानिगाउ सडक विस्तार गर्ने क्रममा उपभोक्ता समिति गठन गर्न जादा वडा अध्यक्षको काम छैन सवै काम गाउपालिका वाट हुन्छ भनि आफुलाई फिर्ता पठाईएको वताए ।’ त्यस्तै, उनले बाटो अनुगमन गर्न जादा समिति संग आवस्यक कागजात माग गर्दा समितिले नदिएको गुनासो गरे । सुनकोशी गाउपालिका वडा नं. १ निवासी माया मोक्तानको नागरिक्ता सिफारिस वडा अध्यक्षलाई थाहै नदिई गाउपालिका उप—प्रमुखले गरेको वताए । 

वडाको अधिकार गाउपालिकाले नखोसेको उल्लेख गर्दै सुनकोसी गाउपालिकाका उपप्रमुख दिर्वसिंह मोक्तानले वडाबाट हुने काम नियतबस बडाअध्यक्षको रोहवरमा हुन नसकेको कारण नागरिक्ता सिफारिस, उपभोक्ता समिति गठन, कर्मचारि नियुक्त गाउपालिकाबाट भएको स्विकार गरे । तर, वडा अध्यक्ष बिमलमान सिंह मोक्तानले —‘जनताको मत र बिस्वासले आफु निर्वाचित भएको कारण जनताको सेवाका लागी वडाले कुनै नियत नराखेको वताए ।’ स्थानिय वडाका सवै नागरिकलाई हेर्ने दृष्टिकोण समान रहेको उल्लेख गर्दै अध्यक्ष मोक्तानले वडाले प्रदान गर्ने सेवा, वडाको काम कर्तव्य र अधिकारलाई गाउपालिकाले हस्तक्षेप गर्न नहुने बताए । 
 

प्रतिकृया दिनुहोस