सिन्धुली खबर

चुनाबी सरगर्मिमा, सिन्धुली उद्योग वाणिज्य संघ

पुस्कर सहयात्री- 
२९ बैशाख, सिन्धुली । सिन्धुली उद्योग वाणिज्य संघको आगामी जेठ ४ गते हुने निर्वाचनका लागी बिहिबार आ—आप्mनो समुहको जमघट र पत्रकार सम्मेलन गरि दुई प्यानलले उमेदवारी दर्ता गराए । लोकतान्त्रिक धारको नेतृत्व गर्दै समृद्ध सिन्धुली, व्यवसायिक हित र संस्थागत विकासको लागी नयाँ नेतृत्व भन्ने नाराका साथ अमरेशचन्द्र बैदार नेतृत्वको १९ सदस्य सहितको प्यानल घोषणा भयो भने प्रगतिशिल धारको नेतृत्व गर्दै बद्रिबहादुर कार्कीको नेतृत्वमा संस्थागत परिवर्तन, ब्यवसायिक समृद्धी र दिगो बिकासका लागी हाम्रो अभियान भन्ने नारा सहित २० सदस्य सहितको अर्को प्यानल घोषणा भयो ।

यसअघी दुवै उपाध्यक्ष पदमा रहेका बैदार र कार्कीको छुट्टा छुट्टै प्यानल यो पटक केहि नया युवा व्यवसायीको साथमा चुनाबी प्रतिस्पर्धामा देखिएका छन् । जिल्लाको समग्र पर्यटन क्षेत्रमा आत्मनिर्भरता र व्यवसायिको हक हितका लागी पुरानो अनुभव सहितको आगामी योजनालाई कार्यान्यनको लागी वैदार नेतृत्वको प्यानल चुनावि मैदानमा देखिएको छ भने कार्की नेतृत्वको प्यानल संस्थागत परिवर्तन र दिगो विकासका लागी प्रतिस्पर्धामा देखिन्छ । 

निर्वाचनको मिति नजिकिदै गर्दा आ आप्mनो प्यानल सहितको नेतृत्व यतिवेला व्यवसायिको घरघरमा भोट माग्न जाने क्रम बड्दो देखिन्छ । बैदार नेतृत्वको प्यानल शनिवार विहानै दुधौली, हत्पते, भलुवाई र ढुङ्ग्रेवासमा भोट माग्ने क्रममा देखियो भने कार्की नेतृत्वको प्यानल ढुङ्ग्रेवास, २ नं. बजार र पानिट्याकींमा देखियो ।

तिव्र प्रतिस्पर्धा हुने देखिएको यस निर्वाचनमा दुवै नेतृत्वको प्यानल विजय हुने भन्नेमा दुवै पक्ष ढुक्क देखिन्छन् । स्वस्थ प्रतिस्पर्धा देखिएको यस निर्वाचनमा केहि पक्षले भने व्यवसायी र सर्वसाधारणको ध्यान केन्द्रित गरेको छ ।   

अस्वस्थ राजनितिको असर 
निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य संघको निर्वाचनमा व्यावसायिक मुद्दा भन्दा अस्वस्थ र अव्यावसायिक प्रतिस्पर्धा हावी भएको देखिन्छ । उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष लगाएत दुवै पक्षले सदस्य पद समेतका उम्मेदवार पनि घोषणा गरिसकेका छन् । निजी क्षेत्रको समस्या समाधान, आर्थिक वृद्धिमा योगदान, रोजगार वृद्धि, समृद्धि विस्तार लगायतका अजेन्डा दुवै पक्षले अघिसारेका छन् । एक पक्षले व्यावसायिक एकतामा जोड दिंदै आर्थिक रूपान्तरण र समृद्धिलाई प्राथमिकतामा राखेका छन् भने अर्को पक्षले न्यूनतम आर्थिक अजेन्डामा दलहरूको विश्वास जितेर अर्थतन्त्रलाई गति दिने उल्लेख गरेका छन् । 

स्वार्थ हावी
दृश्यमा संघको निर्वाचनमा दुई पक्षबीच प्रतिस्पर्धा देखिए पनि यसमा निजी स्वार्थ र अस्वस्थ प्रतिस्पर्धा बढी देखिन्छ । राजनीतिक दलहरूको ‘भोट राजनीति’ लाई आलोचना गर्ने निजी क्षेत्रको निर्वाचनमा त्यस्तै दृश्य देखिनु साच्चै अनौठो हो । संघको निर्वाचनमा ५० प्रतिशत भार जिल्लानगरको हुने भएकाले राजनीती हावी भएको केहीको भनाइ छ । एक उमेद्वारका अनुसार एसोसिएट र वस्तुगततर्फका मतदाता पनि राजनीतिक रूपमा बाँडिन थालेका छन् । 

राजनितिक छहारिको मुल छत्रछायामा देखिएको उद्योग बाणिज्य संघको यस निर्वाचनमा हेर्दा यसपालि बैदार समूहलाई कांग्रेसको र कार्की समूहलाई बाम गठवन्धनको अघोषित समर्थन देखिन्छ । दुवै पक्षले राजनीतिक आशिर्वादलाई महत्व नदिने बताए पनि उनीहरूका निम्ति त्यो आवश्यक देखिन्छ । उद्योगी व्यवसायीको निर्वाचनमा व्यावसायिक मुद्दा प्रधान हुनुपर्नेमा राजनीतिक स्वार्थ हावी हुनु गलत भएको व्यवसायिको भनाइ छ ।

समीकरण महत्वपूर्ण
लगातार एक छत्रसंग नेतृत्वमा रहदै आएको श्रेष्ठको नेतृत्वले यस पटक पनि निरन्तरता पाउने कुरामा धेरैले अड्कलबाजी गरेका छन् । यसको प्रमुख कारण हो पुर्व अध्यक्षहरुको समर्थन । वैदार नेतृत्वको प्यानललाई उद्योग वाणिज्य संघ सिन्धुलीका पुर्व अध्यक्षहरु मिन बहादुर श्रेष्ठ, सानुकाजी श्रेष्ठ, विनेस श्रेष्ठ लगाएको समर्थन छ भने कार्कीलाई विष्णु श्रेष्ठको समर्थन छ । तर बिष्णु श्रेष्ठ पनि यस पटक अध्यक्षका आकांक्षी देखिएका थिए । राजनितिक स्वार्थका कारण उमेद्वार छनौटमा समस्या भएको उमेद्वार घोषणा सभामा वताएका श्रेष्ठले खासै मन लगाएर कार्कीलाई सहयोग गर्लान भन्ने देखिदैन । 

अन्ततः
लामो द्वन्द्व र संक्रमणकालको व्यवस्थापनपछि देश आर्थिक समृद्धितिर लम्किन लागेका वेला निजी क्षेत्रको ठूलो संस्थाको नेतृत्वको जिम्मेवारी पनि ठूलो छ । तर, संघको निर्वाचनमा भइरहेको अस्वस्थ खेलले व्यक्ति र गुटगत स्वार्थलाई प्रश्रय दिएको धेरैले अड्कलबाजी गर्ने गर्दछन् । यसो हुनुमा उम्मेदवार भन्दा पनि उनीहरूको पछाडि रहेको स्वार्थ समूहको खेल जिम्मेवार रहेको देखिन्छ । संघले त्यस्तै स्वार्थका कारण गम्भीर विषयमा अडान लिन र निजी क्षेत्रको गरिमा राख्न चुकेको देखिन्छ । नक्कली भ्याट बिल प्रकरण र राजस्व चुहावटमा व्यापारीको पक्षमा बोल्नु, कार्टे्लिङ र सिन्डिकेट विरुद्ध प्रभावकारी निर्णय गर्न नसक्नु, सरकारलाई मात्रै दोष दिएर आफ्नो भूमिका अनुसार काम नगर्नु संघमाथि लाग्ने आरोप हुन् । ती आरोपलाई चिर्न सक्दा मात्र संघप्रति मुलुकको भरोसा सही सावित हुन सक्छ ।

प्रतिकृया दिनुहोस