विचार/अन्तरवार्ता

ग्रीन सिन्धुली, क्लिन सिन्धुली मेरो प्रमुख एजेण्डा हो —बैदार

''निजी क्षेत्रको सवैभन्दा ठुलो संस्था सिन्धुली उद्योग बाणिज्य संघको निर्बाचनको  मिति यही आउदो जेष्ठ ४ गते तय भएसंगै चुनावी चहलपहल दिनानुदिन तिब्र हुदै गएको छ । उमेद्वारहरु आ—आप्mनो चुनाबी एजेण्डा सहित उद्योगी व्यवसायिका घरघरमा मत माग्न क्रियाशिल देखिन्छन् । प्रगतिशिल र प्रजातान्त्रिक धारबाट उमेद्वारी घोषणा गरेका दुई प्यानल विच तिब्र प्रतिस्पर्धा हुने देखिए पनि प्राय व्यवसायिले प्रजातान्त्रिक धार बलियो देखिएको अड्कलबाजी गर्ने गरेका छन् । यसको प्रमुख कारण हो पुर्व अध्यक्षहरुको समर्थन । प्रजातान्त्रिक धारबाट चुनाबी मैदानमा होमिएको अमरेशचन्द्र बैदार नेतृत्वको प्यानललाई सिन्धुली उद्योग बाणिज्य संघका पुर्व अध्यक्षहरुको साथ र समर्थन छ । आप्mनो प्यानल सहित चुनावी मैदानमा रहेका बैदारसंग पत्रकार पुस्कर सहयात्रीले गर्नुभएको कुराकानिमा आधारित केहि सम्पादित अंश..... ।''

सिन्धुली उद्योग बाणिज्य संघको अध्यक्षमा यहाँको उम्मेदवारी किन ?
म सिन्धुली उद्योग बाणिज्य संघमा प्रवेश गर्दा ‘कृषि, पर्यटन उद्योग र व्यवसाय, आर्थिक समृद्धि हामी सबैको आसय’ भन्ने मुल नाराका साथ प्रवेश गरेको हुँ । देश अहिले प्रादेशिक संचनामा गईसकेको छ र अहिले सबैको एजेण्डा आर्थिक समृद्धि हो । विगतमा उद्योग बाणिज्य संघको भुमिका आर्थिक समृद्धिमा महत्वपर्ण रहको थियो । परिवर्तित नयाँ संरचनामा यसको भूमिका थप बढ्ने छ भन्ने मेरो विश्वास छ । मैले आप्mना विगतका कार्यकालमा पाएको भुमिका सफलतापूर्वक निर्वाह गर्दै संघलाई अघि बढाएँ । त्यही अनुभवका आधारमा मैले आप्mनो उम्मेदवारी अध्यक्ष पदमा दिएको हु । म उपाध्यक्ष पदमा रहदा अनेकन दैबिक विपत्ती नाकावन्दी, भुकम्प लगायतका विषयमा सिंगो देशसंगै सिन्धुली उद्योग बाणिज्य संघ पनि अल्झियो र सोचेजति काम गर्न सकेनौ होला । यति हुदाहुदै पनि पुर्ननिर्माणको क्षेत्रमा र आपत्तका वेला आईपरेका समास्याको समाधानका लागी सिन्धुली उद्योग बाणिज्य संघले महत्वपुर्ण भुमिका खेलेको छ । अब सिन्धुली उद्योग बाणिज्य संघले ग्रिन सिन्धुली, क्लिन सिन्धुलीको अवधारणामा केन्द्रित रहेर कृषि, पर्यटन, औद्योगिक क्षेत्रमा रहेको सम्भवनालाई पूर्णता दिनुपर्छ भन्ने मूख्य उद्देश्यका साथ अध्यक्षमा मेरो उम्मेदवारीको घोषणा भएको हो ।

केही व्यवसायिक संस्थाहरुसंगको सम्बन्ध उद्योग बाणिज्य संघसंग सुमधुर छैन भन्ने व्यवसायिक बृत्तमा चर्चा छ, कसरी समन्वय गर्नुहुन्छ ?
अन्तराष्ट्रिय रुपमा पनि उद्योग बाणिज्य संघहरुलाई ठूलो महत्वका साथ हेर्ने गरिन्छ र देशमै पनि यो दृष्टिकोण अलि भिन्न छ । निजि क्षेत्रमा काम गर्ने विभिन्न यातायात व्यवसायी संघ, निर्माण व्यवसायी संघ लगायतका थुप्रै संस्थाहरु छन् । म अध्यक्षको रुपमा आईसकेपछि व्यवसायिक, सामाजिक संघसंस्था र सरोकारवाला निकायहरुसंग समन्वयमा जोड दिने छु । उद्योग बाणिज्य संघलाई जिल्लाको सबैभन्दा महत्वपूर्ण व्यवसायी संस्था र साझा संस्थाको रुपमा अघि बढाउनुपर्छ । सबै सक्षम खालका मानिसहरुलाई प्रवेश गराएर नेतृत्वलाई अघि बढाउन समर्थन र सहयोग आवश्यक छ भन्ने मेरो भनाई छ । समक्षहरुको नेतृत्वको टिमले अहिले देखिएका समन्वय अभावका समस्या समाधान गर्नेछ ।

संघले धरान— चतरा— हेटौडा राजमार्ग निर्माणको सवालमा व्यवसायिलाई परेका समस्या समाधानका लागी ठोस ढंगले आवाज उठाउन सकेन भन्ने गुनासो छ नि ?
सबै व्यवसायीका समस्या समाधानका निम्ती लाग्नु हाम्रो मूख्य दायित्व हो । मैले मेरो प्रतिवद्धता पत्रमा पनि २० औ नम्वरमा उल्लेख गरेको छु । धरान चतरा हेटौडा राजमार्ग निर्माणबाट विस्थापित हुन गई रहेको मुख्य व्यवसायिक स्थानहरुलाई संरक्षण गर्न संबन्धित निकाय संग छलफल गरि बैकल्पिक निकास निकाल्न पहल गर्नेछु । यो संगै जिल्ला भरि रहेका सम्पुर्ण उद्योगी व्यवसायिहरु संग समन्वय गरी जिल्लालाई पर्यटन, कृषी, शिक्षा, रोजगार लगाएतको क्षेत्रमा दत्तचित्त भई लाग्ने छु । तर मैले माथि भने जस्तै यो कार्यकालमा भुकम्प, नाकावन्दी, राजनैतिक चुनावी गतिविधि, अन्तरिक तथा बाह्य समस्या लगायतका कारणले हामीले सोचे जति काम गर्न सकेनौं होला । तर हामीले व्यवसायीहरुमाथि पर्ने समस्या समाधानका लागि स्थानीय तहमा धेरै काम गरेका छौं । स्थानीयस्तरमा आन्तरिक राजस्व, घरेलु तथा साना उद्योग कार्यालय, नगरपालिका, प्रहरी, प्रशासन लगायतका सम्बन्धित निकायहरुसंगको सुमधुर सम्बन्ध स्थापित गर्दै व्यवसायीमाथि पर्ने समस्या समाधानमा पहल गर्नुपर्छ भन्ने मेरो भनाई हो र उपाध्यक्ष रहँदा यही ढंगले काम गरें । म अहिलेको कार्यकालमा भएका कमजोरीबाट पाठ सिक्दै नयाँ ढंगले व्यवसायिक हितमा लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । मैले विगतमा व्यवसायीहरुको हितमा काम गरेकाले मेरो नेतृत्वमा टिम घोषणा भएपछि समर्थन आउने क्रम पनि छ र व्यवसायीहरु खुशी भएको अवस्था छ ।

अमरेशचन्द्र बैदारको नरम स्वभाव छ, त्यती राजनितिक बृत्तमा पनि नभिजेको भनिन्छ नेतृत्वमानै रहेर चाँहि व्यवसायिक हितमा काम गर्न नसक्ने हो कि भन्ने आशंका पनि व्यवसायी माझ रहेछ । के भन्नु हुन्छ ?
मैले अघि जोडिसकें अबको एजेण्डा आर्थिक समृद्धिसंग जोडिएको छ । यो नीजि क्षेत्रको व्यवसायिक संस्था भएपनि यो साझा संस्था हो । यहाँ व्यवसायमा जोडिएका सक्षम सदस्यहरुलाई संघमा ल्याउनुपर्छ भन्ने सोच सबै दलको छ जस्तो लाग्छ । संस्थाभित्र राजनीतिकरण गर्ने भन्दा पनि व्यवसायिक हितमा काम गर्ने हो, यसमा जिल्लामा रहेका दलहरुको साथ र सहयोग लिने हो । मैले यहाँका सानादेखि ठुला क्षेत्रमा परेका समस्यालाई व्यक्तिगत र संस्थागत पहल गरेर समाधान गरेको कुरा व्यवसायीमाझ छर्लङ्ग छ । व्यवसायीहरुलाई परेको समस्या समाधानका लागी धेरै पटक उद्योग बाणिज्य संघको नेतृत्वमा आन्दोलन र विरोध भएको छ । त्यो सवै व्यवासायिमाझ छंर्लङ्ग छ । सबैभन्दा भुमिका महत्वपूर्ण नेतृत्वको हुन्छ । बजारमा चलेका चर्चा परिचर्चा चुनावी हुन् र म सिन्धुलीको आर्थिक क्षेत्रका जुनसुकै मुद्धामा देखिएको समस्या समाधानका लागि काम गर्न सक्षम छु । मैले उपाध्यक्षको हैसियतले सकेको काम गरेको छु, मैले नेतृत्व लिईरहँदा यस जिल्लाको आर्थिक समृद्धिसंग जोडिएका विषयमा सबैलाई सहकार्यका लागि समन्वय गर्नेछु । मेरो भुमिकालाई बलियो बनाउन व्यवसायीहरुले पनि अठोट गरिसक्नु भएको मैले महसुस गरेको छु ।

व्यवसायीहरुले अमरेश बैदारकै नेतृत्वलाई छान्नुपर्ने कारण चै के छ त ?
मूख्य कुरा त व्यवसायीहरुको हितका लागि काम गर्ने टिमले नै हो । मेरो नेतृत्वको टिमले सिन्धुलीको व्यवसायिक क्षेत्रको समस्या समाधानमा ठोस ढंगले काम गर्न सक्छ भन्ने मेरो दावि छ । लामो कार्यकाल अनुभव हासिल गरेकाहरुको टिमको नेतृत्व मैले गरेकाले पनि व्यवसायीहरुले मेरो नेतृत्वको टिमलाई सिन्धुली उद्योग बाणिज्य संघमा लैजानुपर्छ भन्ने हो । सानादेखि ठूला बहुराष्ट्रिय कम्पनीहरुको साझा संस्था सिन्धुली उद्योग बाणिज्य संघ नै हो भन्ने वातावरण बनाउनेछु । सम्पूर्ण उद्योगी व्यवसायीहरुको हकहितका लागि लाग्ने मेरो अठोट छ । घरबहाललाई बैज्ञानिक ढंगले बृद्धि हुने व्यवस्था मिलाउनुपर्ने छ । सिन्धुलीमा प्रचुर सम्भवना रहेको पर्यटन, कृषि, उर्जा, स्वास्थ, फलफुलमा अन्तराष्ट्रिय क्षेत्र सम्म परिचित जुनारको वजारिकरण जस्ता क्षेत्रमा कार्ययोजना बनाई अगाढी वड्नुपर्ने छ ।  व्यवसायीले दैनिक आप्mनो कारोबार संचालन गर्दा आईपर्ने कर सम्बन्धी समस्या समाधानका लागि तालिम, अभिमुखीकरण, गोष्ठीजस्ता सिप बृद्धिका क्षेत्रमा काम गर्नु जरुरी छ । महिला उद्यमीहरुलाई प्रोत्साहनका लागि काम गर्नु आवश्यक छ । संघमा आवद्ध बस्तुगत हकहित र कार्य संचालनका लागी सचिवालय निर्माण गर्नुपर्ने छ । यी लगायतका धेरै काम सिन्धुली उद्योग बाणिज्य संघले गर्नुपर्ने हुन्छ । यी कामहरु सम्पन्न गर्नका लागि मैले आफ्नो प्रतिवद्धता व्यक्त गरेको छु । विगतमा मैले व्यवसायीहरुको हितमा गरेको काम र सिन्धुली उद्योग बाणिज्य संघलाई आगामी दिनमा थप उचाईमा पु¥याउन व्यवसायीहरुले मेरो टिमलाई चयन गर्नु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।

अन्त्यमा मैले सोध्न छुटाएको र तपाईलाई भन्न मन लागेको केही छ की ?
त्यस्तो खासै केही छैन । मुलुकले करीव सात दशक राजनितिक आन्दोलनमा वितायो, आर्थिक समृद्धि भने हुन सकेन । अव मुलुकको बिकासका लागी कृषि ,पर्यटन र जलविधुतको विकास गर्नुपर्नेमा जोड दिनुपर्छ । राजनितिक परिवर्तनसंगै मुलुकमा देखिएको ब्यापार घाटाको अन्त्यका लागि स्वदेशि उत्पादनमा जो्ड दिनुपर्छ । यसको सफलताका लागी सहयोगी हातहरुको आवस्यक छ । सवैसंगको सहकार्य आवस्य छ । उद्योग बाणिज्य संघमा धेरै समयदेखी अत्यन्त लगनशिल भएर काम गरेको टिम म संग छ । जो संग आम जिल्लाभरिका उद्योगी व्यवसायिको पिर, मर्का, चोट, खुसिको अनुभव छ । आप्mनो व्यवसायिक क्षेत्रमा सफल केही युवा साथिहरुपनि यो टिममा हुनुहुन्छ । सवै वर्गको संयोजनले बनेको मेरो नेतृत्वको टिमलाई आप्mनो अमुल्य मत दिई सिन्धुलीलाई आर्थिक समृद्धि र बिकासको बाटोमा डोहो¥याउन सवै एकजुट हौ भन्न चाहान्छु । 

प्रतिकृया दिनुहोस