सिन्धुली खबर

संकट चिर्दै समाजसेवामा तल्लिन तन्नेरी

पुस्कर सहयात्री, 
सिन्धुली — लामो समय बैदेशिक रोजगारिका लागी दुबईमा अनेकन दुख र संघर्ष गर्दै  आफ्नो उमेर र ऊर्जा खर्चेका सिन्धुली दुई नं. बजार निवासी बाबुराम तामाङ्गको पछिल्लो परिचय समाजसेवा बनेको छ । जिल्लालाई आईपर्ने सामान्य पिडामा पनि अविभावकत्वको भुमिकामा देखा पर्ने गरेका बाबुराम तामाङ्ग सिन्धुलीको सामाजिक क्षेत्रको सेवावृत्तमा नयाँ अनुहार हुन् ।

सामाजिक सेवाको कुरा गर्ने हो भने यसरी बुभ्mन सकिन्छ कि, मानिस सामाजिक प्राणी हो । ऊ समाजमा मिलेर बसेको हुन्छ र समाज बिना बाच्न गाह्रो हुन्छ । समाजमा बस्दा समाजलाई विकास गर्न प्रत्येक व्यक्तिको भमिका महत्त्वपूर्ण हुन्छ । समाजको हित र फाइदाको लागि गरिने काम नै सामाजिक कार्य हुन् ।

पिता धन बहादुर तामाङ्ग र माता फुल कुमारी तामाङ्गबाट एउटै छोरोको रुपमा वि.सं. २०४१ माघ २७ गते जन्मिएका बाबुराम तामाङ्गले सिन्धुलीमाडी स्थित शिद्धस्थली अग्रेजी आबासिय विधालयबाट एसएलसी सम्मको अध्यन पुरा गरे भने उच्च शिक्षा अन्तर्गत कक्षा १२ सम्मको अध्यन काठमाडौको पशुपती क्याम्पसबाट पुरा गरेका हुन । 

सानै देखी चञ्चल स्वभाव र साथिभाईका लागी जस्तोसुकै सहयोग गर्न पनि तयार देखिने गरेका तामाङ्ग अहिले ति दिन सम्झिदै भन्छन्— साथिभाईलाई पर्दा खुकुरीको धारमुनी गर्दन राख्न पनि पछी परिएन ।’

त्यो बेलाको समुदायमा जातित्वको अवस्थाले भनेजस्तो सामाजिक काम गर्न नसकेको वताउदै तामाङ्ग भन्छन् —‘मैले सामाजिक क्षेत्रमा काम गर्न चाहान्छु, समाजसेवा गर्छु भन्दा वरपरका मान्छेले खिल्ली उडाउदै भन्थे भोटेको छोरोले के समाजसेवा गर्नु ’ आजभोली त्यहि समाजले मलाई सामाजिक क्षेत्रमा काम गर्न हौसला प्रदान गरेको कुरा उनि सुनाउछन् । ’

कक्षा १२ को पढाई सकेर जागिर खाई कमाएको पैशाले सामाजिक क्षेत्रमा काम गर्छु भन्दै रंगिन सपना संगालेर काठमाण्डौ छिरेका तामाङ्गले भनेजस्तो जागिर पाएनन् । घरवाट पैशा मागेर सामाजिक क्षेत्रमा काम गर्ने उनमा हिम्मत नजागेको विगत सुनाउदै तामाङ्गले अन्तिम निर्णय विदेश जाने निश्कर्ष निकाले । सानैबाट समाजसेवाको नशामा अलमलिएका तामाङ्ग विदेश गएर पैशा कमाई फर्केपछि समाजसेवा गर्ने लक्षका साथ २०७० सालमा बैदेशिक रोजगारिका लागी दुबई गए । 

गएको केहि साताबाट तामाङ्गले सेक्युरिटीमा जागिर शुरु गरे । अथक मेहनत र परिश्रमका साथ उनले त्यस जागिरबाट मासिक ६०÷७० हजार कमाउन शुरु गरे । कमाई राम्रो भएपछी उनले केहि बर्ष त्यहि काम गर्ने निधो गरे । परिवारले पनि उनको कमाई राम्रो भए पछी केहि बर्ष त्यहि बसेर काम गर्न सल्लाह दियो । तर उनको सपना केही पैशा कमाएर आफ्नै जिल्ला फर्की समाजसेवा गर्न रहर थियो । फलस्वरुप करिव पाँच वर्षको दुवईको बसाईपछी उनि आप्नो गृहजिल्ला सिन्धुली फर्किए । 

देशको राजनितिक अस्थिरता, प्राकृतिक विपत्ती, अस्तव्यस्त विकास निर्माण जस्ता यावत समस्याले ग्रसित मुलुकमा सिन्धुली जिल्ला पनि अछुतो कहाँ थियो र । समाजिक सेवाको भावले जिल्ला भित्रिएका तामाङ्गसंगै सिन्धुली जिल्ला लगाएत मुलुकले नै महाभुकम्प, बाडी, पहिरो, आगलागी जस्ता प्राकृतिक विपत्तीको सामना गर्नु प¥यो । 

उनको समाजसेवा गर्ने लक्ष यहि परिवेश बाट शुरु भयो । उनले पहिरोबाट पुरिएको परिवार, भुकम्पबाट ग्रसित समुदायका लागी आफु अनि आफ्नो मातहतबाट ठुलो सहयोग गरे । सिन्धुलीमा सडक दुर्घटना दिनानुदिन बढ्दै गरेको अवस्थामा सडक दुर्घटनामा परि घाईते भएकाको उपचारका लागी उनि लगाएत उनको सहयात्री टिममा रहेका प्रिन्सराज, देव श्रेष्ठ लगाएतको टोलीले ठुलै सहयोग गर्ने गरेको छ । 

मठमन्दिर, गुम्वा व्यवस्थापनका लागी डटेर सहयोग गर्ने गरेका तामाङ्गले अहिले पछिल्लो समयमा सिन्धुली जिल्लाको कला र हजारौ प्रतिभाको सम्मानका लागी सिन्धुली आईडल सिजन —२ आयोजना गरि त्यसको संयोजन तथा व्यवस्थापन गरिरहेका छन् । यहि जेष्ठ १० गते बाट सिन्धुलीको विभिन्न ठाउमा सिन्धुली आईडल सिजन —२ को अडिसन भईरहेको तामाङ्गले वताए । 

सयौ प्रतिभा भएका सम्भावित प्रतिभावान प्रतियोगीबाट टप चालिसको अडिसन अहिले चलिरहेको तामाङ्गले बताए । सिन्धु ईभेन्ट्सद्धारा आयोजना भईरहेको सिन्धुली आईडल सिजन —२ सिन्धुलीको छोरो अथवा राष्ट्रिय स्तरमा चर्चित ¥यापर भनेर चिनिने प्रिन्सराजको सहकार्यमा संचालन भईरहेको छ । 

सिन्धु ईभेन्ट्सका निर्देशक बाबुराम तामाङ्गले जनाए अनुसार सिन्धुली आईडल सिजन —१ को पुर्ण सफलता पछी जिल्लामा रहेका प्रतिभावान व्यक्तिहरुलाई मध्यनजर गरि सिन्धुली आईडल सिजन —२ शुरु गरिएको हो । गाएन र नृत्य दुवै बिधामा संचालित सिन्धुली आईडल सिजन —२ को उत्कृष्टलाई गाएन र नृत्यको छुट्टाछुट्टै विधामा रु. एक÷एक लाख नगद र सम्मान पत्र प्रदान गरिने छ ।  

यसरि समाजिक सेवाको भावले अनवरत रुपमा लागिपरेका तामाङ्ग भन्छन्— समाज धैरै परिवार मिलेर बनेको हुन्छ । समाज एक ठुलो परिवार जस्तै हो त्यसैले समाजमा भएका प्रत्येक व्यक्तिमा आपसी सहयोग र भाइचाराको सम्बन्ध विकास हुनुपर्छ । समाजमा धैरै थरीका मानिसहरूको बसोबास हुन्छ, जस्तै फरक÷फरक धर्म, जाती, भाषा, रितिरिवाज, सस्कृति र सोच भएका मानिसहरू रहेका हुन्छन् । कोही धनी हुन्छन् भने कोही गरिब हुन्छन् ।’ 

अहिले आफुले गरेका काममा आफुलाई सान्त्वना मिलेको वताउदै तामाङ्गले खुशी साट्दै भने —समाजमा बसे पछि धनीले गरिबको फाइदा र हितको लागि असल काम गर्न सकेमा गरिबहरूको लागि थोरै भए पनि राहत हुन सक्छ र उनीहरूले पनि  आफू र सामाजको लागि केही गर्न सक्छ । समाजको लागि काम गर्दा स्वार्थ रहित काम गर्नुपर्छ । समाजेसवामा स्वार्थपन देखिए त्यो समाज सेवा नभई व्यापार बन्न जान्छ ।’ म यहि भावले सामाजिक क्षेत्रको सेवाका लागी आजभोली व्यस्त छु । ’
 

प्रतिकृया दिनुहोस