सिन्धुली खबर

मुल्य बृद्धिको विरोधमा नेविसंघ सिन्धुलीद्धारा राकेजुलुस प्रदर्शन

पुस्कर सहयात्री -
जेठ २९, सिन्धुलीे ।  पेट्रोलियम पदार्थ तथा दैनिक उपभोग्य बस्तुमा सरकारले गरेको मुल्य बृद्धिको विरोधमा नेपाल विद्यार्थी संघ सिन्धुलीले मंगलबार सिन्धुलीमाढिमा साझ राकेजुलुस प्रदर्शन गरेको छ । सरकाले जनताको ढाड सेक्ने गरी गरेको मुल्यबृद्धिको विरोधमा देशब्यापिरुपमा आन्दोलन चर्काउदै आएको नेविसंघले मंगलबार सिन्धुलीमाढीमा विरोध ¥यालीको आयोजना गरि तत्काल मुल्य बृद्धि फिर्ता लिन माग गरेको हो ।

नेपाल विद्यार्थी संघ सिन्धुलीकोे आयोजनामा भएको विरोध ¥याली माढीबजारको स्टलवजार हुदै एक नंम्बर बजार, गैरिवजार, दुई नं. वजार परिक्रमा गरी लोकतान्त्रिक चौरमा आई कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै नेपाली कांग्रेस महासमिती सदस्य उपेन्द्र कुमार पोखरेलले बाम गठबन्धनको सरकारले सर्बसाधारणको ढाड सेक्ने गरी दैनिक उपभोग्य सामाग्रीका साथै पेट्रोलियम पदार्थमा गरेको मुल्यबृद्धि फिर्ता नलिए सम्म आन्दोलन नरोकीने चेतावनी दिए । जनतालाई विभिन्न भ्रम सृजना गरेर ठुलो पार्टी बनेको कम्युनिष्ट पार्टीले सामान्य जनजिवन व्यत्तित गर्ने नागरिकलाई मुल्य बृद्धी गरेर विहान बेलुकाको गास समेत खोसेको आरोप लगाए । 

विरोध सभामा बोल्दै नेविसंघ सिन्धुलीका सभापती उत्पल खड्काले सरकारले जनतालाई विभिन्न बाहानामा दिईरहेको दुख अब टुलुटुलु हेरेर बस्न नसकीने बताए । उनले नेपाल विद्यार्थीको आन्दोलन नभई जनताको आन्दोलन भएकोले यस बारे सरकारले बेलैमा सुनुवाई गर्नुपर्ने धारणा व्यक्त गरे । आन्दोदनका सहभागीले मुल्य बृद्धी फिर्ता गर, नालाएक सरकार राजिनामा दे, लगाएतको नारा प्रस्तुत गरेका थिए । 
 

प्रतिकृया दिनुहोस