सिन्धुली खबर

परिवर्तनको संवाहक बन्दै, सिन्धुली युवा व्यबसायी क्लब

पुस्कर सहयात्री-
सिन्धुली १, असार– कमलामाई नगरपालिका वडा नं. ४ साङ्गबालेमा डेरा गरि बस्दै आएकी पवित्रा मगरको स्थाई घर रामेछाम जिल्लामा पर्छ । पवित्रा मगरको परिवार सदस्य संख्या ४ जनाको छ । अत्यन्त न्युन वर्गको पारिवारिक स्थित रहेको पवित्राको घरमा विहान खाए बेलुका के खाउ भन्ने चिन्ताले दैनिक पिरोल्ने गरेको छ । उनि अहिले बरुणदेबी माध्यामिक विधालय दर्लामी खट्टारमा कक्षा १ मा अध्यनरत छिन् ।

पबित्राको दैनिकी त्यही धुलो र फोहोरै फोहोरको परिबेसबाट गुज्रिरहेको छ । उसै त सानो उमेर अनि केटाकेटी स्वभावले उनलाई पड्न भन्दा चुङ्गी र गट्टा खेल्न बढी मन लाग्छ । तर सानो उमेर र कक्षा १ मा पड्दै गरेकी भएपनी पबित्रा अन्य विधार्थीको तुलनामा अनुशासित र मेहनती भएको विधालयका प्रध्यानाध्यापक रामकाजी श्रेष्ठ बताउछन् ।

विहान बेलुकाको छाक टार्न समेत धौ धौ पर्ने पवित्रा मगरको परिवारलाइ आप्mनो सन्तानलाई राम्रो खान र लाउन दिन इच्छा भएर पनि परिवारको आर्थिक अवस्थाले दिदैन । पबित्रालाई मिठो खान र राम्रो लगाउन दशै नै आउनुपर्ने बाध्यता छ । शुक्रबार रागे र पाटे स्कुल पोषकमा स्कुलको प्राङ्गणमा देखिएकी पवित्राको मुहारमा नया कपडा हातमा परेपछी भने उनको मुहारमा खुशिको बर्षा देखियो । नया कपडालाई ओल्टाई पल्टाई गरि हेर्दै पवित्राले आफु संगै पड्ने साथिले पाएको कपडा समेत हेरेर दंग देखिईन ।

पवित्रा मात्रै हैन पबित्रा जस्तै निम्न आर्थिक अवस्था भएका बरुणदेबी माध्यामिक विधालय दर्लामी, खट्टारमा अध्यनरत २० जना विधार्थीलाई शुक्रबार सिन्धुली युवा व्यबसायी क्लवले स्कुलपोषाक वितरण ग¥यो । जहाँ पवित्रा जस्तै २० जना विधार्थीको मुहारमा खुशी थपियो । क्लवका अध्यक्ष संजिब सुन्दासको संयोजकत्वमा विधालयको कक्षा १ देखी ८ सम्म अध्यनरत निम्न आर्थिक अवस्था भएका विधार्थीलाई स्कुल पोषाक वितरण गरिएको क्लवका सदस्य रोशन लामाले वताए ।

वितरण कार्यक्रममा बोल्दै स्कुलका प्रधानाध्यापक रामकाजी श्रेष्ठले यस्ता साना साना सहयोगले पनि आर्थिक अवस्था कमजोर भएका बालबालिकाको मनोवल उच्च हुने बताए । सहयोगको लागी धन्यवाद व्यक्त गर्दै प्रधानाध्यापक श्रेष्ठले सहयोगी संस्था युवा व्यवसायी क्लवलाई आगामी दिनमा पनि यसैगरि सामाजिक क्षेत्रमा क्रियाशिल रहन आग्रह गरे ।

क्लवका अध्यक्ष संजिब सुन्दासले सिन्धुलीका जुझारु युवा व्यबसायीको पहल कदमीले संचालित यस क्लबको प्रमुख उदेश्य प्राकृतिक विपत्त, आर्थिक अवस्था कमजोर भएर शिक्षा बाट वन्चित भएका तथा स्वास्थ अवस्था कमजोर भएका नागरिकलाई सहयोग गर्ने रहेको बताए । विनासकारी महाभुकम्प, आगलागी, सडक दुर्घटना लगाएतको क्षेत्रमा क्रियाशिल भएर काम गरिरहेको यस सिन्धुली युुवा व्यबसायी क्लवले आगामी दिनमा पनि यसै क्षेत्रमा काम गर्ने लक्ष राखेको छ ।

 

प्रतिकृया दिनुहोस