सिन्धुली खबर

डिपिसीमै थन्कियो पुननिर्माण

पुस्कर थापा,
सिन्धुली-  करिब सोह्र महिना अघी भुकम्प प्रतिरोधी घर बनाउनका लागी जग हालेका कमलामाई नगरपालिका–४ हिरापानिका पुण्यप्रसाद गौतमलाई दशै अगाडी घर बनाई सकिन्छ कि सकिदैन भन्ने चिन्ताले यतिवेला पिरोल्न थालेको छ ।

घर निर्माणको जिम्मा लिएका सोहि वडाका मिस्त्री बैदेशिक रोजगारका लागी कतार गएपछी उनको घरको निर्माणकार्यले निरञ्तरता पाउन नसकेको हो । गौतम भन्छन्– अन्य मिस्त्री पाउन सकेकोे छैन दशै अगाडि घर नसकिने भो ।’

घरमा प्लस्टर, छानो र रंगरोगन गर्न बाकी रहेको जनाउदै गौतम भन्छन् –अरु मिस्त्री पाउन सकेको छैन । छानो मात्रै हाल्न पाए जसोतसो बस्दै गर्नु हुन्थ्यो ।’

गौतम मात्रै होइन, गोलञ्जोर गाँउपालिका वडा नम्बर –५ की अर्पना रम्तेललाई पनि घर कहिले बनाईसक्ने भन्ने चिन्ताले पिरोलेको छ । भूकम्प प्रतिरोधी घर बनाउन दक्ष डकर्मीको अभावमा पालो पर्खिएर बस्दा अहिलेसम्म घर बनाउन नसकिएको रम्तेल बताउछिन ।

पहिलो किस्ता वापतको अनुदान लिएर डिपीसिसम्मको काम सकिएको २ महिना हुदाँसम्म डकर्मीको अभावका कारण काम अगाढी बढाउन नसकिएको उनको भनाई छ । उनि भन्छिन –विभिन्न संघ संस्थाले तालिम दिएर दक्ष वनेका डकर्मी सिप सिकेर विदेश जाने काममा क्रियाशिल रहेकाले यो समस्या उत्पन्न भएको हो । ’

यता, सिन्धुलीमा मात्रै भूकम्प पछि झण्डै तिन हजार महिला पुरुष डकर्मी उत्पादन भएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला समन्वय समितिको सचिवालय सिन्धुलीको तथ्याङ्गमा उल्लेख छ । भूकम्प पछि विभिन्न संघ संस्थाले सञ्चालन गरेको ९ दिने र ५० दिने डकर्मी तालिमबाट जिल्लाका २ हजार पुरुष र ९ सय ५० महिला डकर्मी उत्पादन भएका छन् ।

तर, शिप सिकेर बिदेश जादा कमाई राम्रो हुने र नठगिने हुदा तालिम लिएका केहि डकर्मी बैदेशिक रोजगारका लागी विभिन्न देश गएका छन् । यसले गर्दा तालिमप्राप्त दक्ष जनशक्तीको अभावले सोचेजस्तो पुर्ननिर्माणको काम अगाडी बढ्न सकेको छैन ।
गोलन्जोर गाँउपालिका वडा नम्बर ३ का पदमबहादुर राना मगर पनि अहिलेसम्म अस्थायी टहरामै बसिरहेका छन् । उनको पनि डिपीसी तहसम्मको काम सकिएको १ महिना भयो ।

तर, ठेकेदारले तपाईको पालो यो पछि भन्दाभन्दै वर्षा पनि सकिन लागेको उनले गुनासो गरे । उनले भने, ‘गाँउमा अरु डकर्मी भइदिएको भए पालो कुरेर बस्नु पर्ने थिएन ।’

घाम, पानी, हावाहुरीका कारण कष्टकर दैनिकी विताइरहेका प्रभावितहरुले दशै अगावै घर निर्माण गरिसक्ने लक्ष्य राखेपनी डकर्मीको अभावले समयमै घर निर्माणकार्य सम्पन्न गर्न नसकिएको वताउछन् ।

सिन्धुलीको सवै स्थानीय तहमा पुर्ननिर्माणको काम भईरहेपनी घर निर्माण सम्पन्न गरि स्थायी रुपमा भुकम्प प्रतिरोधी घरमा बसोवास गर्नेको संख्या जिल्लामा न्युन देखिन्छ । घर निर्माण कार्य सम्पन्न गरि स्थाई रुपमा भुकम्प प्रतिरोधी घरमा बस्न शुरु गरेका भुकम्प प्रभावितको संख्या घर सम्पन्न गरि छानो हालिसकेका कुल मध्य ६६.६६ प्रतिशत मात्रै छ ।

घर निर्माण सम्पन्न गरेका बाकी भुकम्प प्रभावितका कसैको दुईवटा घर भएको र पहिला देखी बसोबास गर्दै आईरहेकै घरमा बसोबास गरिरहेका छन् भने कोही सरिसकेका छैनन् ।

युवा जनशक्ति तथा तालिम लिएका डकर्मी रोजगारी तथा अध्ययनका लागि विदेश तथा शहर केन्द्रित हुँदा गाँउमा काम गर्ने जनशक्तिको अभावका कारण सोचेजति पुनःनिर्माणको काम हुन नसकेको हो –गोलन्जोर गाउपालिकाका अध्यक्ष पुष्प बहादुर कार्कीले भने ।’
 
जिल्लामा भूकम्प पश्चात विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयले सिकर्मी, डकर्मीको तालिम दिएका थिए । तर ती तालीम लिएका सिकर्मी, डकर्मी के गरिरहेका छन् भन्ने कुनै निकायले चाँसो नदिँदा भूकम्प पीडितहरु अस्थाई टहरामै बस्न बाध्य छन् ।

उत्त तालिम लिएका मध्य केही वैदेशिक रोजगारका लागी खाडी मुलुक गएका गोलन्जोर गाउपालिकाकी उपाध्यक्ष गंगा श्रेष्ठले वताईन । ‘उनले –भनिन शिप तथा तालिम लिएका सिकर्मी डकर्मीलाई सिप सिकेर विदेश जाँउ भन्ने नेपाल सरकारको अभियानका लागी मात्रै काम लाग्यो ।’

तर, भूकम्प प्रभावितहरुले नीजि आवास पूनःनिर्माणलाई प्राथमिकताका साथ अघी बढाइरहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार प्रमुख श्यामसुन्दर मिश्रले बताए ।

उनले भने, ‘जिल्लाको पुनःनिर्माण सन्तोषजनक रहेपनि सोचे जति काम हुन सकेको छैन ।’ जिल्लाका ग्रामीण बस्तीहरुमा अझै पनि पुनःनिर्माणले गति लिन नसेकेको उनको भनाई छ ।

‘उनका अनुसार –दक्ष डकर्मीको अभाव हुदा, गाउगाउमा वर्षाका कारण सडक अवरुद्ध हुदा, आर्थिक अवस्था कमजोर हुदा निर्माण कार्यले गति लिन नसकेको हो ।’ उनले भने तालिम लिएका सिकर्मी र डकर्मी अहिले काँहा के गरिरहेका छन् भन्ने जानकारी कतैपनी छैन । सोधखोज गरेर तालिमप्राप्त डकर्मी पुन स्थापना गर्नुपर्छ र पुर्ननिर्माणको कामलाई गति दिनुपर्छ –मिश्रले भने ।’

जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधारको कार्यालले जिल्लाको भूकम्पले भत्किएका ८ हजार ७३९ घरको निर्माण कार्य सम्पन्न भएको जनाएको छ ।

त्यस्तै भूकम्पका कारण क्षति भएका २४ हजारभन्दा बढी घर यतिबेला निर्माणको चरणमा छन् । हालसम्म जिल्लामा भूकम्पले भत्किएका २४ हजार ३ सय घरको पुनःनिर्माण सुरु भएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा अहिले बन्दै गरेका अधिकांश घरको डीपिसी तह मात्रै सकिएका छन् । २३ हजार ५०७ भूकम्प पीडितले भने दोस्रो किस्ता लिई घरको छानो हालिसकेका छन् ।

जिल्लाका २३ हजार ४०७ लाभग्राहीले दोस्रो किस्ता बापतको अनुदान समेत लिइसकेका छन् भने दोस्रो किस्ता लिइ काम सम्पन्न गरिसकेका प्रभावित मध्ये ८ हजार ८८० जनाले तेस्रो किस्ता वापतको अनुदानका लागि निवदेन दिएका छन् ।

भूकम्पका कारण जिल्लाको ३६ हजार ९३५ भूकम्प पीडित लाभग्राहि सूचीमा छन् । जसमा ३३ हजार ९९ लाभग्राहीले अनुदान सम्भौता गरि पहिलो किस्ता लिएका छन् ।
तिन वर्ष बितिसक्दा समेत पुननिर्माण कार्य सम्पन्न नहुँदा भुकम्प प्रभावित निराश देखिन्छन । आफ्नो समस्यालाई नेताहरूले ‘भाषणको विषय’ मात्रै बनाएको उनीहरूको आरोप छ । ‘यतिका वर्षसम्म पुननिर्माणकार्य सन्तोषजनक नहुँदा दुःख लागेको छ,’ मरिण गाउपालिका निवासी कुलदिप तामाङ्ग भन्छन, ‘हाम्रो सरकार अझै आएन ।’

सिन्धुलीका भुकम्पपीडितहरूमा पुर्ननिर्माणको काम दशै अगीनै सम्पन्न होला भन्ने कुनै आशा–भरोसा छैन । भुकम्पपीडित ललितबहादुर श्रेष्ठले आफूहरूका लागि ‘गाउँ–गाउँमा सिंहदरबार’ नआएको बताए । ‘केन्द्रले बेवास्ता गरे पनि घर नजिकका स्थानीय र प्रदेश सरकारले कम्तीमा आफ्नो समस्यामा चासो दिनुपथ्र्यो,’ उनले भने ।

स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनताका उम्मेदवारहरूको प्रमुख एजेन्डा थियो– भुकम्पपिडितलाई राहत तथा पुनस्स्थापना । निर्वाचनपछि सबैभन्दा नजिकको स्थानीय सरकारले एक वर्ष पार गरिसक्यो । अन्य दुई सरकारले समेत आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम ल्याइसके । तर, पुन निर्माणको कार्य भने डिपिसी तहमै थन्किएको छ । सिन्धुलीका भुकम्पपीडितको २४ हजार घरको डिपिसीमात्र भएको छ । तर देशका तीनै तहमा सरकार रमिते जस्तै देखिन्छन् ।

 

प्रतिकृया दिनुहोस