सिन्धुली खबर

मुलुकिसंहिता लागू भएपछि, जिल्लामा सम्बन्ध बिच्छेद गर्नेको संख्या बढ्यो

सुजता लामा-

सिन्धुली, ११ मंसिर/ सिन्धुलीमा सम्बन्ध विच्छेदको मुद्धामा वृद्धि भएको छ । जिल्ला अदालत सिन्धुलीमा ३ महिनाको अवधिमा २५ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ताको छ । भदौ १ गतेबाट मुलुकी संहिता लागु भएदेखि कात्तिक सम्म ३ महिनाको अवधिमा जिल्ला अदालत सिन्धुलीमा २५ वटा मुद्धा दर्ता भएको अदालतले जनाएको छ । मुलुकी संहिता लागु भएसंगै सम्बन्ध विच्द्धेदको मुद्धा दर्ता गर्नेमा वृद्धि भएको जिल्ला आदालत सिन्धुलीका तहशिल शाखा प्रमुख हरि कुमार श्रेष्ठले बताए । तिन महिनाको अवधिमा १७ जना महिला र ८ जना पुरुषले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता रहेको तहशिल शाखा प्रमुख र श्रेष्ठले बताए ।

मुलुकी संहिता लागु भएपछि सम्बन्ध विच्द्धेद गराउने पुरुषको संख्या पनि वृद्धि भएको उनको भनाई छ । गत वर्ष जम्मा १ जना पुरुषले मात्रै सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेको भए पनि मुलुकी संहिता लागु भएको ३ महिनामै ८ जना पुरुषले सम्बन्ध विच्द्धेदको लागि मुद्धा दर्ता गराएका छन् ।

उनका अनुसार भदौ महिनामा ९ जनाले सम्बन्ध विच्छेदको मुद्धा दर्ता गरेका छन् । जसमा ५ जना महिलाले र ४ जना पुरुषले सम्बन्ध विच्छेदको मुद्धा दिएका छन् । त्यस्तै असोज महिनामा सम्बन्ध विच्छेदका लागि ८ वटा मुद्धा दर्ता भएको छ । जसमा ७ जना महिलाले र १ जना पुरुषले मुद्धा दर्ता गरएका छन् । कात्तिक महिनामा पनि ८ जनाले मुद्धा दर्ता गरेका छन् । जसमा ५ जना महिला र ३ जना पुरुष रहेको तहशिल शाखा प्रमुख श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस