सिन्धुली खबर

नेपाली काङ्ग्रेसको घ्याङ्लेख गाउपालिका स्तरीय कार्यालय उद्घाटन

सिन्धुली, क्षेत्र नम्बर -२ अन्तरगत नेपाली काङ्ग्रेसको घ्याङ्लेख गाउपालिका स्तरीय पार्टी कार्यालयको उद्घाटन शनिबार एक औपचारिक कार्यक्रमका बिच सम्पन्न भएको छ । नेपाली काङ्ग्रेस घ्याङ्लेख गाउपालिकाका संयोजक लालबहादुर बज्युको अध्यक्षतामा पुर्ब सभाषद मोहन प्रसाद बरालले कार्यलयको औपचारिक रुपमा उद्घाटन गरेका हुन ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका पुर्ब सभाषद बरालले काङ्ग्रेस स्थापनाकालदेखि नै नेपालको प्रजातन्त्रका लागि सङ्घर्षरत एक मात्रै पार्टी रहेको बताए ।” बरालले बहुमत सहितको सरकारको नेतृत्व गरिरहेको वली सरकारले संविधानका मौलिक अधिकार र प्रजातान्त्रिक प्रावधानलाई अवमूल्यन गर्ने कोशिस भइरहेको उल्लेख गर्दै प्रजातन्त्रमाथि हुने कुनै पनि हस्तक्षेप काङ्ग्रेसलाई सह्य नहुने बताए ।

समाजमा ब्याप्त बलात्कार, हिंसा, अपराध, भ्रष्टाचार, महँगी सरकारको नियन्त्रणबाहिर जान लाग्दा समेत नेतृत्वले आफ्नो शैली परिवर्तन गर्नुको सट्टा मोजमस्ती र बिलासितामा लिप्त हुनुले देश दुर्घटनाको दिशामा अगाडि बढेको बरालले बताए । 

राम्रो काम गर्न सरकारलाई कुनै शक्तिले रोक्न सक्दैन,’ उनले भने, तर, एउटा बालिका बलात्कार भएर हत्या भएको चार महिना पुगिसक्दा पनि सरकारले हत्यारा पत्ता लगाउन नसक्नु, दैनिक उपभोग्य सामाग्रीमा दिनप्रतिदिन तेब्बर भाउ आकाशिनु, करको आतंक, प्रचारशैलिमा विद्युतका पोलहरुमा नया युगको आरम्भ भन्दै करोडौं राज्यको सम्पती दुरुपयोग जस्ता कु-कार्यले दुई तिहाइ प्राप्त कम्युनिस्ट सरकारको हैसियत छर्लङ्ग भएको पुर्ब-सभाषद बरालले बताए ।

त्यस्तै, कार्यक्रममा बोल्दै महासमिती सदस्य उपेन्द्रकुमार पोखरेलले काङ्ग्रेसकै नेतृत्वमा मुलुकको द्वन्द्व समाधान हुनुका साथै शान्ति प्रक्रिया सफल भएको अवगत गराउदै काङ्ग्रेसको नेतृत्वमा संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतात्मक संविधान जारी भएको बताए ।

काङ्ग्रेसका धरोहर दौलतशिह बम्जन, वकिल स्याङ्तान र सिताराम थापाको बलिदानले सिंचित घ्याङ्लेखको भुमी प्रजातन्त्र रक्षाको लागि कोशेढुङ्गा साबित भएको पोखरेलले बताए । प्रजातन्त्र र मानवाधिकारका लागि दशकौँ लामो सङ्घर्षपछि काङ्ग्रेसको नेतृत्वमा नेपालले सङ्घीय लोकतान्त्रिक गणतन्त्र सहितको संविधान पाएको उल्लेख गर्दै उनले नयाँ संविधान कार्यान्वयनका लागि काङ्ग्रेसकै नेतृत्वको सरकारले तीन तहका निर्वाचन सफल रुपमा सम्पन्न भएको धारणा व्यक्त गरे । 

राम्रो नराम्रो निर्बाचनको जस्तोसुकै परिणाम भएपनी काङ्ग्रेसले सहजरुपमा त्यस्लाइ स्वीकार गरेको उल्लेख गर्दै पोखरेलले घ्याङ्लेख गाउपालिकाको नेतृत्व पाएको काङ्ग्रेसले उत्पादनमुखी सृजनशिल क्षेत्रमा काम गरेर घ्याङ्लेख गाउपालिकालाइ समृद्धिको दिशामा अग्रसर  बनाउने बताए । 

नेपाली काङ्ग्रेस जिल्ला सचिब कृष्ण दाहालले सरकारले निर्वाचनमा वाचा गरे अनुसार जनतालाई सेवा प्रवाह गर्न नसकेको टिप्पणी गर्दै उनले जतिनै तिहाइ भएपनी सरकारको नियत जनताले छोटो समयमै थाहा पाएको उल्लेख गरे । उनले यो कम्युनिस्ट सरकार माफिया, तस्कर र सडेगलेको प्रशासन संयन्त्रबाट मुक्त हुन नसकेको स्पष्ट पारे । पहिलो समस्या सडेगलेको सरकारी संयन्त्रमै छ, उनले भने -नेतृत्वले यो माफिया र तस्करबाट मुक्त भएर आफ्नै उद्देश्य र लक्ष्य अनुरूप कार्यशैली परिवर्तन गर्नु जरुरी छ ।’ 

कार्यालय उद्घाटनसत्रमा बोल्दै नेपाली काङ्ग्रेस  प्रदेशसभा सदस्यका प्रत्यासि क्षेत्र बहादुर बम्जनले सबैभन्दा पहिला आफ्नो घर बलियो भए मात्रै सङ्गठन बलियो हुने बताए । आफ्नो एउटै परिवारमा खुट्टा तानातान हुने, झै- झगडा हुने भएरै छिमेकिले हास्न पाएका बताए । 

बम्जनले चुनाबको बेला मात्रै घरदैलोमा देखापर्ने कम्युनिस्टका उमेदवारलाई इङ्कित गर्दै भने तपाइको दुखसुख एक आपसमा साट्ने र साथ दिने भनेको त हामीले नै हो । नेपाली काङ्ग्रेसनै हो जसले हरेक सुख दुखमा साथ दिदै आइरहेको छ । कुनै समस्या पर्दा निर्धक्कका साथ भन्न घ्याङ्लेख गाउपालिकाबासिलाई बम्जनले आग्रह समेत गरे । 

आफ्नो जिबनको कालखण्डमा यत्तिको कमजोर सरकारको नेतृत्व अहिलेसम्म नदेखेको उल्लेख गर्दै प्रतिनिधीसभा सदस्यका प्रत्यासी नरेन्द्रजङ्ग थापाले निर्मला बलात्कारपछि हत्याकाण्डमा सम्लग्नको खोजिकार्य के भइरहेको छ रु भनेर गृहमन्त्रालयमा लिखित जवाफसम्म पनि माग गर्न अहिलेसम्म नसक्दा उनको सामर्थ्य र यो सरकारको असलियत उदाङ्गिएको बताए । 

पार्टीका आफ्नै नेताले संसद्मै प्रधानमन्त्री र सरकारविरुद्ध तथानाम बोल्छन । यो के भनेको रु भनेर सोध्न सम्म पनि सकेका छैनन । हत्या हिंसा लुटपाट आतंक यत्रतत्र हुदासमेत यसको नियन्त्रणका लागि कुनै कदम सरकारी तबरबाट भएको पाइदैन । त्यसकारण, यो सरकारलाई शक्तिशाली भन्नु, दुईतिहाइको भन्नु, केपी ओलीलाई शक्तिशाली प्रधानमन्त्री भन्नु भ्रामक कुरा हो थापाले -भने । उनीजस्तो कमजोर प्रधानमन्त्री मैले अहिले सम्म देखेको छैन, उनले भने । 

घ्याङ्लेख गाउपालिकामा काङ्ग्रेसको अबस्था बारे प्रस्ट्याउदै घ्याङ्लेख गाउपालिकाका प्रमुख तथा क्षेत्रीय सभापती जगत बहादुर भोलनले गाउको समृद्धिको लागि बिकासको पुर्बाधार निर्माणको चरणमा अहिले  गाउपालिका कृयाशिल रहेको बताए । विभिन्न जातजाती र समुदायको बसोबास रहेको घ्याङ्लेख गाउपालिका सदमुकामबाट टाढा हुनुका साथै बिकासको गतिमा समेत पछाडी परेको गाउपालिका भनेर लिइन्छ । तर, पछाडी पारिएका यहिका नागरिकको मतले प्रतिनिधी सभाको सदस्य जितेर गएका माननियले निर्बाचनको बेला विभिन्न सपना बाडेको र अहिले योजना बाडफाडमा बेवस्ता गरिएको भोलनले आरोप लगाए । 

आफ्नो निर्बाचन क्षेत्र अन्तर्गतका कम्युनिस्टले बिजयी हासिल गरेका गाउपालिकामा संसदकोषको सवा करोडभन्दा बढि बजेट बिनियोजन गरिएको तर काङ्ग्रेसले जितेको गाउपालिकामा ३५ लाख बिनियोजन गरेको सुन्दा आफुलाइ दुख लागेको प्रमुख भोलनले बताए । 

महत्वाकांक्षी बजेटले समुदायको हितमा काम नहुने बताउदै भोलनले यदि यो गाउपालिकामा पनि संसदकोषको बजेट बिनियोजित छ र यहाका नागरिक पनि अन्य सरह हुन जस्तो लाग्छ भने बिकासका लागि सबै नागरिक समुदायलाइ समान ठान्नुहुन र त्यसैअनुरुप बजेट कार्यान्वयन गर्नगराउन हुन संसद हरिबोल गजुरेललाइ भोलनले आग्रह गरे । 

नेपाली काङ्ग्रेसको गाउपालिका स्तरीय जिल्लाकै पहिलो पार्टि कार्यालयको रुपमा स्थापना गरिएको उक्त कार्यालय उद्घाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टिबाट पार्टीपरित्याग गरि घ्याङ्लेख गाउपालिका स्थित विभिन्न वडाका ९३ जना नेपाली काङ्ग्रेसमा प्रबेश गरेका छन । 

दुई पार्टी मिलेर बनेको समीकरणमा अबसरहरु नाता तथा कमिशनमा केन्द्रित भएको हुदा कम्युनिस्ट छाडेर नेपाली काङ्ग्रेसको खुल्ला छहारिमा सुस्ताउन आएको नबप्रबेशिले बताए । पार्टिमा प्रबेश गर्नेलाइ कार्यक्रमका प्रमुख अतिथी मोहन प्रशाद बराल तथा अन्य अतिथिले माला तथा अबिर लगाएर स्वागत गरे । 

कार्यालय उद्घाटन समारोहमा महासमिती सदस्य प्रेमचन्द्र दाहाल, शुशिला थिङ, दोर्जे सिङ्तान, उप-सभापती खड्ग बहादुर वाइबा, पुर्ब उप-सभापती दिपक मिश्र, महाधिवेशन प्रतिनिधि सरोज मैनाली, प्रशिक्षण प्रतिष्ठान संयोजक सरद प्रसाद आचार्य, गोलन्जोर गाउपालिका प्रमुख पुष्प बहादुर कार्की, घ्याङ्लेख गाउपालिकाकि उप-प्रमुख गङ्गा कुमारि सुनुवार लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत तरुण दलका उपाध्यक्ष उत्तर कुमार वाइबाले गरेका हुन भने कार्यक्रम संचालन क्षेत्रीय सचिब बोध बिक्रम थापाले गरेका हुन । 

प्रतिकृया दिनुहोस