सिन्धुली खबर

श्रीमान् गुमाएकी खत्रीलाई, सिटिजनद्वारा पाँच लाख प्रदान

पुष्कर थापा -
१६ मङ्सिर, सिन्धुली । तपाइले जिबनबिमा गर्नुभएको छ ? कसैसङ्ग यस्तो प्रश्न गर्दा सजह रुपमा जवाफ पाइन्छ, किन गर्नु ? छैन । के हुन्छ र जिबनबिमा गरेर ? वित्थामा पैसा किन फसाउने ? च्याउ जसरी उम्रेका छन बिमा कम्पनी ठगियो भने त बरबाद नै हुन्छ । 

कत्ती इन्स्योरेन्स कम्पनीले बिमादाबी गर्दा अल्झाउने अनि कम्पनी नै हराउने गरेको जस्ता समुदायस्तरमा जनगुनासो बाक्लै रुपमा आइरहदा आइतबार सिटिजन लाइफ इन्स्योरेन्स सिन्धुलीले एक महिलालाइ मृत्यु बिमा दाबिको रकम एक कार्यक्रमका बिच प्रदान गरेको छ । 

कमलामाइ नगरपालिका -९ कि फडिन्द्र कुमारी खत्रीलाई सिटिजन लाइफ इन्स्योरेन्सका बजार ब्यबस्थापक प्रमुख कवि फुयालले बिमादाबि बापतको रु. ५ लाख एक हजारको चेक प्रदान गरेका हुन । 

सिटिजन लाइफ इन्स्योरेन्स सिन्धुलीमा उनको श्रीमान् निर्मल खड्काले ०७४ चैत २६ गते जिबनसारथि बिमा अन्तर्गत ५ लाखको जिबनबिमा गरेका थिए । खत्रीले पहिलो किस्ता बापत ४३ हजार नौ सय ३० बुझाएको र पहिलो किस्ता बुझाएको एक बर्षपनि नहुदै श्रीमान् निर्मल खत्रीको ०७५ असोज ३ गते असमायिक निधन भएको मृतककी श्रीमती फडिन्द्र कुमारी खत्रीले बताइन । 

चालीस बर्षको उमेरमा असमायिक निधन भएका निर्मल खत्रीकि श्रीमती फडिन्द्र कुमारी खत्रीले ०७५ कार्तिक ७ गते मृत्युदाबी भुक्तानिका लागि कार्यलयमा निबेदन दिइएको सिटिजन लाइफ इन्स्योरेन्स शाखा सिन्धुलिका प्रमुख दिनेश थापाले बताए । 

आफ्नो कमाइ पनि नभएको र पारिवारको आर्थिक अबस्था पनि कमजोर रहेको बताउदै मृतककी श्रीमती खत्रीले आफ्नो सन्ततिको लागि श्रीमानले गर्नुभएको यो लगानिलाइ आउने दिनमा सृजनशिल क्षेत्रमा खर्च गर्ने भन्दै भाबबिह्वल हुँदै चेक ग्रहण गरिन । 

सर्वसाधारणले जीवन बिमा गराउन उत्सुक नहुनुको पछाडि बिमा दाबी झन्झटिलो र सहज ढंगले भुक्तानी पाइँदैन भन्ने बुझाइ प्रमुख कारण रहेको खत्रीलाई चेक हस्तान्तरण गर्दै केन्द्रीय बजार ब्यबस्थापक प्रमुख कबि फुयालले बताए । उनले भने-जिबनबिमा आर्थिक जोखिम न्यूनीकरण तथा बचतका लागि भरपर्दो माध्यम हो भनेर आम नागरिकले बुझ्नु पर्ने र सबैलाइ बुझाउनु पर्ने अहिलेको आबस्यक्ता रहेको बताए । 

सोही कार्यक्रममा कमलामाइ नगरपालिका वडा नम्बर -६ का अध्यक्ष उज्ज्वल थापाले जीवन बिमाले भौतिक क्षति नजोगाएपनि आर्थिक क्षति जोगाउन सक्ने बताए । बिमा रकम तिर्ने होइन, बचत गर्ने हो,’ उनले भने । जीवन बिमाको महत्व बुझाउँदै बिमा सम्बन्धी जनचेतना बिस्तार गरिनुपर्नेमा उनले जोड दिए । 

०७४ कार्तिक ०२ बाट व्यावसायिक कारोबार शुरु गरेको यस सिटिजन लाइफ इन्स्योरेन्सले ०७४ मङ्सिर २९ गतेबाट सिन्धुलिमा शाखा बिस्तार गरि आफ्नो सेवा शुरु गरेको हो । इन्स्योरेन्सले बाँचुन्जेलको साथी, अब एउटै बीमा काफी भन्ने नाराका साथ सिटिजन जीवन सारथी बीमा, घातक रोगहरुमा सहुलियत बिमा योजना जस्ता सबै नागरिकको पहुचमा बिमा कम्पनिलाइ समाहित गराउने उदेश्यले योजनाहरु ल्याएको कम्पनिले जनाएको छ ।

प्रतिकृया दिनुहोस