सिन्धुली खबर

उत्पादन र पर्यटनलाइ गाउपालिकाको बिकाससंग जोडिएको छ - अध्यक्ष कार्की

पुष्कर थापा -
१८ मङ्सिर, सिन्धुली । सदरमुकामसङ्ग जोडिएको अनि बिपि राजमार्ग र मध्यपहाडी राजमार्गको काखमा रहेको गोलन्जोर गाउपालिका भौगोलिक रुपमा कठिन भएपनी उत्पादन र बिकासमा प्रचुर सम्भावना भएको गाउपालिका हो । 

स्थानिय स्तरमा उत्पादन हुने जुनार यहाको आन्तरिक उत्पादनको प्रमुख आधार हो । यसले पर्यटनलाइ गाउपालिकामा प्रबेश गराउन र समुदायको आर्थिक स्तर उकास्न ठूलो मद्दत गर्दछ । सम्भावनाको बाबजुत सदरमुकाम सङ्ग जोडिएको गाउपालिका भएपनी अझै यहाका केही वडा दियालो र टुकिको भरमा छन ।

वारिपारी बिजुलिको रङ्गिन संसार नियाल्दै मट्टितेलको भरमा अन्धकारलाइ चिर्न बिवश रहेको गुनासो गर्दै गोलन्जोर गाउपालिका वडानम्बर -५ नयाखर्कका डम्बर बहादुर थापाले भने- गाउपालिकाले यहाको अन्धकारलाइ बुझिदिए हुन्थ्यो । गाउगाउमा बिकास र समृद्धिको लहर छाइरहदा यहाका जनता अन्धकारमै हुनु दुर्भाग्य भएको उनको ठम्याइ छ । 

अभाव र समस्याका बाबजुत पनि स्थानिय निकायको एकबर्षे कार्यकाल सकिएको छ । आजको भोलिनै उथलपुथल नहुने कुरालाइ यहाका नागरिकले बुझ्नुपर्ने बताउदै बिकासको लागि पूर्वाधार निर्माणको चरणचाहिँ थालनी भएको गोलन्जोर गाउपालिकाका अध्यक्ष पुष्प कार्किले बताए । 

गापालिकाको सबै समुदायलाइ सडकसन्जालमा जोड्ने कामको थालनी भएको छ । सडकको मापदण्ड बनाएर यसलाइ यथोचित लागू गर्ने कोशिश गरेका छौ । सामाजिक सुरक्षा भत्ता वितरणमा सहज वातावरण सृजना गरेका छौ । हरेक वडाका दलित र विपन्न परिवारलाइ उनिहरुको पहिचानलाइ खेर जान नदिने गरेर शिपमुलक तालिम, पुर्वाधार निर्माण तथा काम गर्न चाहाना भएका सबै बर्गको हितमा बजेट बिनियोजित भएको अध्यक्ष कार्किले बताए । 

यहाको पर्यटनलाइ बिशेष प्राथमिकतामा राखेर गाउपालिकाकै उच्च भुभाग गोलन्जोरमा भ्युटावर निर्माण, सुनकोसिमा र्याफ्टिङ, महाभारत क्षेत्रमा साइकल जोन जस्ता महत्वपुर्ण कार्यको थालनी भएको कार्किले बताए । सबै वडालाइ प्रबिधिको पहुचसङ्ग जोड्न फ्रि वाइफाईको काम सुरु हुनुका साथै, खासगरी योजना तर्जुमा गर्दा बिकास र युबालक्षित योजनालाइ मुख्य प्रथमिकता दिइएको उनको भनाइ छ ।

मुख्य चुनौती गाउँपालिकातहमा बजेट र कार्यन्वयन रहेको उल्लेख गर्दै कार्किले भने-सीमित बजेटमा धेरै आवश्यकता पूरा गर्नुपर्ने बाध्यता छ । आवश्यकता अनुसारका पूर्वाधारमा बजेट दिन सकिएको छैन । जनतालाई प्रत्यक्ष उत्पादनसँग जोडेर लैजान सकिएको छैन । केही स्थानमा थालनी गरे पनि त्यो पर्‍र्याप्त होइन । कम्तीमा एउटा वडामा एउटा उत्पादन क्षेत्र बनाएर युवालाई रोजगारी बनाउने लक्ष्य छ। कार्किले भने -त्यो लक्ष्य भेट्न धेरै चुनौती रहेका छन। गाउँपालिकासम्म आउने–जाने बाटो अझै सहज छैन ।'

जनप्रतिनिधिसँग जनताले धेरै अपेक्षा गरेकाले जनचाहना अनुसारका काम सम्पन्न गर्नु नै प्रमुख चुनौती बनेको छ -कार्की भन्छन । 

गाउँपालिकाको निर्वाचन अघि धेरै मानिस जिल्ला छाडेर गएका छन् भने केही सदरमुकाम बस्न थालेका छन । यो किन भयो भने गाउका युबालाइ हामिले गाउमै रोक्न सकेनौ । अध्यक्ष कार्की भन्छन -युबामैत्री योजना लागू गर्न सकेनौ । यो अवस्था न आवस भनेर गाउपालिकाले उत्पादन र युबामुखी कार्यक्रमलाइ प्राथमिकतामा राखेको छ । '

युबा गाउमै रमाएर बस्ने बाताबरणको संरचना थालनी भएको बताउदै कार्किले भने- गाउँमा गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने, सजिलै यातायातको पहुँच र हरेक कृषि उत्पादनको बजारीकरण गर्न सक्दा बसाइँसराइ कम हुने उनको योजना छ ।' बाँझो जमिनको सदुपयोग गरेर सामूहिक कृषि उत्पादनबाट पनि बसाइँसराइ रोकिन्छ हामी यो कसरतमा छौ उनले भने। 

संघीयताकै मर्मअनुसारका काम गर्ने र अबको ४ वर्षमा विकासको पूर्वाधार तयार भएको, सबै ऐन कानुन बनेको र संरचनाहरू बलियो भइसकेको गाउँपालिका निर्माण हुनेकुरामा ढुक्क रहन गोलन्जोरबासिलाइ कार्किले अनुरोध गरे ।

आफ्नो शासन आफैमार्फत गरी आन्तरिक आम्दानीको स्रोत पहिचान र त्यसको उपयोगद्वारा समृद्धि, गरिबी निवारण र रोजगारीको सिर्जनामार्फत समृद्ध स्थानीय तहको निर्माण गोलन्जोर गाउपालिकाको मुख्य लक्ष्य रहेको छ । 

प्रतिकृया दिनुहोस