सिन्धुली खबर

ने.बि संघ बहुमुखी इकाईद्वारा नब-आगन्तुक बिद्यार्थीलाई स्वागत

पुष्कर थापा -
२० मङ्सिर, सिन्धुली । सिन्धुली बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्न आउने नब-आगन्तुक बिद्यार्थिलाइ नेपाल बिद्यार्थी संघ क्याम्पस इकाइले एक सास्कृतिक कार्यक्रम बिच बिहिवार स्वागत गरेको छ । नेपाल बिद्यार्थी संघ बहुमुखी इकाइले कक्षा ११ र स्नातक प्रथम बर्षमा अध्यन गर्न आउने बिद्यार्थीलाई चियापान तथा सास्कृतिक कार्यक्रमको आयोजना गरि  स्वागत गरेको हो । 

नेबि संघ बहुमुखी क्याम्पस इकाइ सभापती चुडाबिक्रम थापाको अध्यक्षता तथा नेपाली काङ्ग्रेस सिन्धुलिका पार्टी सभापती उज्ज्वल प्रसाद बरालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नब आगन्तुक बिद्यार्थीलाई उच्च शिक्षा ग्रहणका लागि स्वागत गर्दै गुणस्तरीय शिक्षा आर्जन गरि देश निर्माणमा सहयोग गर्न सम्पुर्ण बिद्यार्थीलाई काङ्ग्रेस सभापती बरालले आग्रह गरे । 

शिक्षा र अनुभबको कमिले देश निर्माणले गति लिन नसकेको औल्याउँदै बरालले बिद्यार्थीले आर्जन गरेको शिक्षा र अनुभबलाइ देशको बिकास र समृद्धिको खातिर केन्द्रीकृत गरिनुपर्ने उल्लेख गरे । 

समसामयिक नेपाली राजनितिमा अहिलेको अबस्थालाइ औल्याउँदै सभापती बरालले सरकार नागरिकमुखी नबन्दा साना कलिला बिद्यार्थी बालबालिका अनेकौं हिंसा र बलात्कारको शिकार हुन पुगेको बताए । अपराधिक कृयाकलापमा संलग्न ब्यक्तिलाइ कानुनी कारबाहिको दायरामा ल्याउनुको सट्टा सरकार उल्टै अपराधीलाई संरक्षण गर्ने तर्फ लाग्नु देशका नागरिक, बिद्यार्थी, बालबालिका सबैको दुर्भाग्य भएको उनले बताए । 

हामी कोहि सुरक्षीत छैनौ, स्कुल गएकी छोरी बेलुका सकुशल घर फर्किन्छे कि फर्किन्न भन्ने डर छ । कमाउन गएको छोरो सास सहित घर आउँछ कि आउदैन भन्ने त्रास छ ।कुनै पेशा ब्यबसायमा लागेको श्रीमानले आफ्नो खुशी सीप र पसिना बेचेर कमाउन पाउदैन, दिनदहाडै लुटिन्छ । श्रीमतिलाइ स्वतन्त्र भएर घर ब्यबहार काम गर्न बन्चित गराइन्छ । दिनप्रतिदिन महङ्गी, भ्रष्टाचार, हिंसा बडिरहेको छ, बरालले भने यसको ब्यबहारिक उपचारका लागि राज्य संबेदनशिल हुनुपर्ने हो तर राज्यले नागरिकको हितमा काम गरेको देशबासी कसैले अनुभूति गर्न पाएनन बरालले भने । 

कार्यक्रममा बोल्दै काङ्ग्रेस महासमिती सदस्य उपेन्द्र पोखरेलले अहिलेको ओलि नेतृत्वको नेकपा सरकार मुलुकको इतिहासमै भ्रष्ट र दिशाहिन सरकारको रुपमा साबित हुने बताए । ठट्यौली र मजाकले देशको नेतृत्व गरिरहेको नेकपा सरकारले नागरिकले राज्यको अनुभूति गर्न पाएनन, सरकार खै कहाँ छ ? भनेर आवाज उठाउदै गर्दा बिद्युतका पोलहरुमा रातारात प्रधानमन्त्रीको तस्बिर झुन्ड्याएर ल हेर जनता हो सरकार यहाँ छ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिनु लाज्यास्पद भएको पोखरेलले बताए ।  

बिबिध नृत्य तथा सास्कृतिक कार्यक्रमका बिच नब-आगन्तुक बिद्यार्थीलाई स्वागत गरिएको कार्यक्रममा काङ्ग्रेस सिन्धुलीका सचिब कृष्ण दाहाल, शिक्षक संघ, सिन्धुलिका सभापती अरुण कुमार थिङ्ग, तरुणदलका कमल पोखरेल, नेबि संघ क्षेत्रीय सभापती रमेश कार्की लगायतले बिद्यार्थीलाई स्वागत गर्नुका साथै आफ्नो धारणा राखेका थिए । 

प्रतिकृया दिनुहोस