सिन्धुली खबर

महोत्सवको मारमा अस्पतालका बिरामी

१४, पौष - सिन्धुली । ३ नम्बर प्रदेश स्तरिय शुक्रबार देखि सिन्धुलीमाढीमा शुरु भएको प्रादेशिक महोत्सव–२०७५ को मारमा सिन्धुली अस्पतालका बिरामी परेका छन् । सिन्धुली अस्पताल प्रवेशद्वारको ठिक अगाडि महोत्सबको प्रमुख आकर्षण भनेर राखिएका मौतकाकुवा, विभिन्न जादु, सर्कस तथा खेल समाग्री राखिएको हुदा त्यसबाट निस्किने अत्याधिक ध्वनिले अस्पतालमा उपचारार्थ बिरामिलाइ मर्का परेको हो । 

उसो त, शुक्रबार संघिय सरकारका अर्थमन्त्री युबराज खतिवडा महोत्सबको उद्घाटन गर्न जादा अस्पतालका वरिपरि कुन सवारी चल्न नदिदा बिरामी ल्याउनलैजान समस्या भएको स्थानियको गुनासो छ । सडक अवरोध हुँदा उपचारकालागि आएका बिरामीलाई सास्ती भएको हो। 

आफ्नो छोरीको उपचारकालागि कनपा–५ मधुटारका सुवाष मगरलाई सिन्धुली अस्पतालसम्म पुग्न झण्डै डेढ घण्टा लाग्यो । उनले दुखेसो पोख्दै भने, ॅ१५ मिनेटमै अस्पताल पुगिएला भनेको डेढ घण्टा भन्दा बढि लाग्यो । महोत्सवको बेला बजारक्षेत्रमासधैँ ट्राफिक व्यवस्थापनमा समस्या हुने भयो ।’

दश दिने महोत्सव अवधिभर अस्पताल आसपासका सडक अवरोध हुदा बिरामीहरुलाई प्रत्यक्ष रुपमा असर पुग्ने देखिन्छ । त्यसैगरि, महोत्सवभर ध्वनि प्रदुषणले पनि बिरामीहरुलाई उत्तिकै सताउने देखिन्छ । झण्डै १०० मिटरको दुरीमा रहेको सिन्धुली अस्पतालको प्रवेशद्धार नजिकै महोत्सव स्थल रहेकाले ध्वनि प्रदुषणले अस्पतालका बिरामी झन् मारमा पर्ने भएका हुन ।

अस्पताल वरिपरी ध्वनी प्रदूषण र सडक अवरोध गर्न पाईँदैन । तर, जिल्ला प्रशासन कार्यालयले ध्वनि प्रदुषण लगायत बिरामीको स्वास्थ्य अवस्थामा पुग्ने असरको बारेमा आयोजकसँग केरकार नगर्दा ध्वनि प्रदुषणबाट बिरामी प्रभावित हुने भएका छन् ।

सिन्धुलीमा आयोजना हुने हरेक पटकको महोत्सवमा जिल्ला अस्पतालका बिरामीलाई ध्वनि प्रदुषण र यात्रा मुख्य समस्या बन्ने गरेको छ । जिल्लाको प्रशासक, आयोजक, राजनैतिक दल लगायत जिम्मेवार निकायले महोत्सवको सकारात्मक पक्षलाई मात्र हेर्ने र नकारात्मक पक्षलाई नजरअन्दाज गर्दा सर्वसाधरणले समस्या भोग्नुपरेको छ ।

प्रतिकृया दिनुहोस