राष्ट्रिय

गोदार नारी एकता मञ्चको जिल्ला भेला तिब्र

१४, पौष - गोदार नारी एकता मञ्चको सात जिल्लामा जिल्ला भेला सम्पन्न भएको छ । ७७ वटै जिल्लामा जिल्ला भेला सम्पन्न गरि राष्ट्रिय सम्मेलनको तयारिमा जुटेको गोदार नारी एकता मञ्चले भेला तथा अधिबेशनलाई तिब्र बनाएको हो । 

मञ्चकि अध्यक्ष कोइली गोदारले आफ्नो कुल तथा बंशको खोजिकार्यलाइ पहिलो प्राथमिकतामा राखी बंश भित्रका नारिको संरक्षण र अधिकारको लागि गोदार नारी एकता मञ्च गठन भएको बताइन । आफ्नो कुल तथा सन्तानलाइ पीडा हुदा उसलाइ साथ सहयोग गर्ने आफ्नै परिवार भित्रको सदस्य होस भन्ने हेतुले जिल्ला जिल्लामा भेला शुरु गरिएको उनको भनाइ छ । 

ललितपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, कास्की, स्याङ्जा, पाचथर र सिरहामा सम्पन्न भैसकेको नारी मञ्चको भेलाले जिल्लामा बसेर आफ्नो अधिकार र न्याएकोलागी आवाज उठाइ गोदार नारिलाइ एकीकृत गरि सामाजिक कार्यमा जुटाउन अभिप्रेरित गर्ने मञ्चकि उपाध्यक्ष सुनिता गोदारले बताइन । 

आफ्नो अधिकार र न्याएको आवाज हामी आफैले उठाउनु पर्ने बताउदै उपाध्यक्ष सुनिता गोदारले भनिन -'दिनप्रतिदिन बड्दै गएको बलात्कार र भ्रस्टाचारलाई रोक्न जिल्ला जिल्लामा नारी मञ्च दृढताका साथ लागिपर्ने छ ।

आफ्नो परिवार भित्रका कोहि सदस्य त्यस्तो अपराधिक कृयाकलापमा फस्नु नपरोस भनेर आफ्नो परिवारका सदस्यलाइ एकजुट बनाउन लागि परेको उनको भनाइ छ । 

प्रतिकृया दिनुहोस