सिन्धुली खबर

मरिणको महेश्वतामा ट्याक्टर दुर्घटना हुदा एकको मृत्यु

सिन्धुली : सिन्धुलीको मरिण गाउपालिका- ७ महेश्वतामा गएराती अनियंत्रित भइ ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटना स्थलमै मृत्यु भएको छ।

छापबाट बाह्रबिसे तर्फ जाँदै गरेको लु ४ त २२९१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा हरिहरपुरगढी ७ का मिलन बम्जनको घटनास्थलमै मृत्यु भएको हो भने महोत्तरी बर्दिबास नगरपालिका ११ का शोमलाल घलान गम्भीर घाइते भएका छन । 

घाइतेको सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछी काठमाडौ रिफर गरिएको इलाका प्रहरी कार्यलय कपिलाकोट प्रहरिले जानकारी दिएको छ । 

प्रतिकृया दिनुहोस