सिन्धुली खबर

महोत्सबस्थलमै कुटाकुट, जुनारको नारामा भर्जिनको प्रचार

पौष १८ सिन्धुली । “कृषी, पर्यटन, जलश्रोत, उद्योग क्षेत्रको विकास, समृद्ध ३ नं। प्रदेश निर्माणको आधार” भन्ने मुल नाराका साथ गएको शुक्रवारबाट सिन्धुलीमाडीमा शुरु भएको प्रदेश नं।३ स्तरिय प्रादेशिक महोत्सवमा रक्सिको प्रचार र सेवन व्यापक भएपछी मंगलबार महोत्सव स्थलमै दुई समुहबिच कुटाकुट भएको छ । 

महोत्सबस्थलमै विभिन्न ब्राण्डका रक्सीको बिक्री तथा सेवनले ब्यापक्ता पाएपछी मंगलबार अबेर सम्म सन्चालन भएको महोत्सब स्थलमा कुटाकुट भएको हो । कुटपिटमा सम्लग्न ४ जनालाइ जिल्ला प्रहरी कार्यलय सिन्धुलिमा राखी छानबिन भैरहेको प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताए । 

स्थानीय उत्पादनको प्रचारप्रसारलाई मुख्य नारा बनाएर संचालन भएको प्रादेशिक महोत्सवको मुख्य आकर्षण भर्खरै बजारमा लन्च भएका किङ्ग्स हिल स्विट ह्वाइट वाइन, भर्जिन, एम्पोरोर लगाएतका विभिन्न ब्राण्डका रक्सीहरु हुन । साझ ढल्किदै जादा राष्ट्रिय तथा ख्यातिप्राप्त कलाकारको साङ्गितिक प्रस्तुती हुदा स्टेजमा विभिन्न ब्राण्डका रक्सिको बोतल राखिने गरिन्छ ।

सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुली र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा शुरु भएको महोत्सवमा राष्ट्रिय कलाकारको प्रस्तुती हुँदै गर्दा स्टेजमा रक्सिको बोतल राखी प्रचार गरिनु र महोत्सव स्थलमै रक्सी सेवन गरि अमानबिय कृयाकलाप गरिनु सिन्धुलि बासिको बेइज्जत भएको स्थानियको ठम्याइ छ । 

जुनारको राजधानी भनेर चिनिने सिन्धुलीलाई स्थानिय उत्पादनको प्रचारप्रसारमा केन्द्रीत गरि महोत्सब संचालन भएपनी स्टेजमा जुनारको एकदानो सम्म नराखि रक्सिका बोतल राखिनुले महोत्सवले स्थानिय उत्पादनको प्रचारप्रसारको खिल्ली उडाएको स्थानिय जानकारको बुझाइ छ ।  

जनस्वास्थ्य सेवा ऐनको दफा ४५ को १ मा मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका मानव स्वास्थ्यलाई प्रतिकूल असर गर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण, तथा प्रचारप्रसार गर्न पाइने छैन भन्ने उल्लेख छ । महोत्सव आयोजकले कानुनको बेवास्ता गर्दै कलाकारको प्रस्तुति भैरहेको बेला स्टेजमै रक्सिको बोतल राखेर प्रचार गर्नु कानुन बिपरित हो । २ सय ५० वटा स्टलहरु राखिएको महोत्सव पुस २२ गते सम्म चल्ने छ ।

प्रतिकृया दिनुहोस