सिन्धुली खबर

जिल्लाका कलाकारको दुखेसो 'देशले सम्झिन्छ आफ्नै जन्मभुमिले सम्झिदैन'

पौष २०, सिन्धुली । स्थानिय कला तथा सस्कृतीको जगेर्ना, पर्यटकिय क्षेत्रको अबलोकन, स्थानिय उत्पादनको प्रचार तथा बिक्री, स्थानिय प्रतिभाको सम्मान लगाएतका मुख्य उदेश्यराखी गएको शुक्रबारबाट सिन्धुलिमाढिमा शुरु भएको ३ नम्बर प्रदेशस्तरिय प्रदेशिक महोत्सवमा सिन्धुलीमै जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा कलाकारिताको क्षेत्रमा नाम कमाएका कलाकारलाइ बेवास्ता गरिएको कलाकारहरुले जनाएका छन । 

४ जनवरी १९५४ मा सिन्धुली जिल्लाको हत्पतेमा जन्मिएका डा. कृष्णहरी बराल गित सङ्गीत तथा साहित्यको क्षेत्रमा लोकप्रिय अनि चर्चित नाम हो । म भक्त हुँ यो देशको नामक कविताबाट चर्चा पाएका डा। बरालको गीति एल्वम र चलचित्र गरि करिव ७ सय बढी गीत रेकर्ड छन । गजल सिद्धान्तमा विद्यावारिधि गरेका छन् बराल गीतकार मात्र होइनन् विद्यालय देखी त्रिभुवन विश्वविद्यालयका पाठ्यक्रमहरुका लेखक पनि हुन् । उनका साहित्यक र पाठ्यक्रमका सहित ५० वटा पुस्तक प्रकाशित छन् । देश तथा बिदेशमा हुने गरेका हरेक साहित्यिक तथा साङ्गितिक कार्यक्रममा रोजाइको पहिलो नम्बरमा पर्ने गरेका गितकार डा. बराललाइ आफ्नो जन्मभुमिमा प्रदेशस्तरिय महोत्सब हुदा नसम्झिएको प्रती दुखेसो छ । 

चर्चित अनि कर्णप्रीय गितका लेखक तथा साहित्यकार डा. कृष्णहरि बराल आफू जन्मेको ठाउमा महोत्सव हुदा आफुलाइ नसम्झिनुमा दुख लागेको भन्दै ठट्यौली पारामा भन्छन - 'अब बसाइसराइको कागज बनाउनु पर्छ जस्तो छ ।' आफ्नो जन्मस्थानमा यस्ता मेला महोत्सव आयोजना हुदैछन भन्ने सुन्दा खुशी लाग्छ उनी भन्छन -तर स्थानिय कलाकार प्रतिभाको सम्मानमा आयोजकले सोच्दैनन ।'

करिब चार हजार कलाकार जन्माएको सिन्धुलिले मेला महोत्सव आयोजना हुदा स्थानिय कलाकारलाइ बे-वास्ता गर्ने गरेको गुनासो छ अर्का पप तथा रकस्टार गाएक मेघ लामाको । उनी भन्छन - ' अन्य जिल्लामा कार्यक्रम हुदा म सिन्धुलिको छोरो भन्दा गर्वले छाती चौडा हुन्छ तर आफ्नै जिल्लामा यत्रो ठूलो महोत्सव आयोजना हुदा आफ्नै जिल्लाबासिले सम्झिदैनन । '

पछिल्लो समय अभिनय क्षेत्रमा सफलतापुर्बक अघि बढिरहेकी अर्कि अभिनेत्री हुन वर्षा राउत । उनि दुधौली नगरपालिकाको डकाहामा जन्मिएकी हुन । उनि पछिल्लो समय चलचित्र क्षेत्रमा उदाएका मध्ये सफल अभिनेत्री हुन् । सिर्जना कार्कीको 'रोजेको मैले’ बोलको गीतबाट मोडलिङ्गको क्षेत्रमा प्रबेश गरेकी उनले निर्देशक विकास आचार्यको 'नाई नभन्नू ल ४’ बाट नेपाली फिल्ममा डेब्यु गरेकी हुन् । 'जात्रा’, 'छक्का पञ्जा’, 'छक्का पञ्जा २’ 'मिस्टर झोले’ लगाएतका फिल्ममा आफ्नो पहिचान बनाउन सफल अभिनेत,बर्षा राउतलाइ पनि स्थानिय महोत्सवले बेवास्ता गरेको छ । 

जिल्लामा आयोजना हुने महोत्सव जस्ता ठुला कार्यक्रममा आफ्नै जिल्लाका स्थानिय कलाकारलाइ बेवास्ता गरिनु दुखद भएको राउतको बुझाइ छ । राष्ट्रिय तथा अन्तरास्ट्रिय क्षेत्रमा आफ्नो छुट्टै साङ्गितिक पहिचान बनाउन सफल एक्सब्याण्डले पनि आफ्नो जिल्लामा मेला महोत्सव हुदा बिर्सिएकोप्रती दुख ब्यक्त गरेको छ । 

जब सिन्धुलिलाई सच्चिक्कै कलाकारको अभाब थियो जिल्ला सङ्ग राष्ट्रिय कलाकार जोडिने अबस्था थिएन कलाकारलाइ दिने आयोजक सङ्ग पैसा हुदैनथ्यो त्यो दुखको घडिमा आफ्नो जिल्लाको कलाकारिता मर्न दिनु हुन्न भन्ने हिसाबले जिल्लालाइ कलाकारिताको क्षेत्रमा हरेक सहयोग र कसरत गरेको सम्झिदै लोक तथा दोहोरी गाएक माधब थापा भन्छन - 'हामिलाइ त अब सिन्धुली हो घर भन्नपनि सरम लाग्ने बेला भयो । ' जिल्लामा त्यत्रो प्रदेशस्तरिय महोत्सव संचालन भैरहेको छ, साथिभाइ कलाकारहरुले आफ्नो  जिल्लामा महोत्सव भैरहेको छ खै रु महोत्सवमा त देखिदैन त भन्दा अत्यन्त दुख लाग्ने गरेको गाएक थापाको अभिव्यक्ति छ । '

जस्ले आयोजकको गुलाम गर्छ उसैलाइ सबै कलाकारको जिम्मा दिने परिपाटिको बिकास भएकोप्रती दुख ब्यक्त गर्दै मोडलिङ्ग तथा नेपाली चलचित्रको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइ हाल बलिउडको क्षेत्रमा कसरत गरिरहेकी सिन्धुली रातमाटाकी अभिनेत्री शुरबिना कार्किले भनिन -'स्थानिय कलाकरलाइ महत्व नदिनु आयोजकको ठूलो कमजोरी हो ।' जब सिन्धुलिलाई कलाकारिताको क्षेत्रमा बिकास गरिनुपर्छ भनेर हाम्रा अग्रजहरु लागि परे, हामी लागि पर्दैछौ तब आफ्नै गृहजिल्लामा आयोजना हुने मेला महोत्सवले हामिलाइ वास्ता गर्दैन अभिनेत्री कार्की भन्छिन । '

स्थानिय प्रतिभाको जगेर्ना गर्ने उदेश्यले सिन्धुली जिल्लामा रहेर कलाकारिताको बिकास र प्रबर्द्धनको निम्ति धेरै दुख गरेको सम्झिदै र्यापर प्रीन्सराज भन्छन - 'साच्चिक्कै सिन्धुलिको कलाकारिता र पहिचानलाइ मर्न दिनुहुन्न भनेर लागि पर्ने कलाकारलाइ सिन्धुलिमा आयोजना हुने महोत्सवले बेवास्ता गर्नु दुखद पक्ष हो ।'

ब्यक्तिगत सम्बन्धमा आधारित रहि जिल्लामा जन्मेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान बनाएका कलाकारहरुलाई बेवास्ता गरिनु र एक ब्यक्तिलाइ सर्बेसर्बा ठान्नु स्थानिय स्तरमा आयोजना हुने यस्ता मेला महोत्सव आयोजकको ठूलो गल्ती तथा चुनौती हुन ।

एक ब्यक्तिको भरमा जिल्लामा के कति कलाकार छन, कस्को नेपाली कलाकारिता क्षेत्रमा योगदान छ, राष्ट्रलेनै रुचाएका कलाकारलाइ जिल्लामा आयोजना हुने मेला महोत्सवमा बेवास्ता गरिनुजस्तो कार्यले कस्तो संदेश प्रवाह हुन्छ भन्ने जस्ता कुरालाइ गहन रुपमा अध्यन गरि आगामी दिनमा आयोजना हुने मेलामहोत्सव संचालन हुनुपर्ने जानकारहरुको बुझाइ छ । 

प्रतिकृया दिनुहोस