सिन्धुली खबर

महोत्सव भित्रको गाउले परिवेश (फोटोफिचर)

सिन्धुली - नेपालमा विभिन्न भाषाभाषी जातजातिहरूको बसोबास रहेको छ । जातजातिहरू कला र संस्कृतिका धनी छन् । नेपाललाई कला र संस्कृतिमा धनी देश भनेर चिनिन्छ । नेपालको कला र संस्कृति, सांस्कृतिक गतिविधि, सांस्कृतिक सम्पदाहरू विदेशमा समेत परिचित छन् तर अहिले नेपालका परम्परागत मौलिक कला र संस्कृतिहरू लोप हुने त होइन भनेर चिन्ता गर्नुपर्ने अवस्था छ ।

नेपालको कला र संस्कृति अनि सांस्कृतिक गतिविधिमा विदेशी संस्कृति हावी हुँदै गइरहेको छ । आधुनिकताको नाममा युवा पीढीहरू आफ्नो लोक संस्कृतिको ठाउँमा पश्चिमा संस्कृतिलाई अनुसरण गरिरहेका छन् । विदेशी संस्कृतिप्रति आकषिर्त भइरहेका छन् । आजका युवापुस्ता आफ्नो लोक संस्कृतिमा भन्दा पनि विदेशी संस्कृतिमा रमाइरहेका छन् । परम्परागत मौलिक बाजाहरू विभिन्न लोकनाचहरूप्रति अनभिज्ञ छन् ।

मौलिक परम्परागत बाजाहरू धिमेबाजा, नाय्खिं, पोङ्गा, मुर्चुङ्गा, नौमति बाजा, सनाहाँ, मादल, च्याङब्रुङ आदि बाजाहरूको बारेमा धेरैजसोलाई थाहा छैन । त्यसको ठाउँमा ड्रमसेट, गितार, कि-बोर्ड, पियानो आदि विदेशी बाजाहरूप्रति आकषिर्क भइरहेको छ अहिलेको सस्कृती । त्यसैगरी नेपालमा पाइने विभिन्न आदिबासी जनजातिहरूको विभिन्न लोक नाचहरू धिमे नाच शेर्पा, मारुनी नाच, तामाङसेलो नृत्य, सन्याल सोरठी नाच जस्ता मौलिक नाचहरूको बारेमा धेरैलाई थाहा छैन । यसको ठाउँमा विदेशी डान्स, डिस्को डान्स, हिप्प, र्‍याप डान्स, साल्सा डान्स आदि नृत्यमा आजका युवापुस्ता आकर्शित छन ।

नेपालका कला र संस्कृतिमा विदेशी संस्कृतिको प्रभावले गर्दा आजका धेरैजसो युवाहरूलाई हाम्रो आफ्नो लोक संस्कृतिका बारेमा कमैमात्रलाई जानकारी छ । हाम्रो आफ्नो मौलिक संस्कृतिको ह्रास हुँदै जाने हो र यसको ठाउँमा विदेशी संस्कृति अङ्गाल्ने हो भने हाम्रो आफ्नो लोक संस्कृति इतिहासमा मात्र सीमित नहोला भन्न सकिँदैन । 

हाम्रो समाजबाट दिनानुदिन लोप हुँदै गएका यस्ता कला र संस्कृतिको जगेर्ना र संरक्षणका लागि सिन्धुलिमाढिमा अघिल्लो शुक्रवार देखि शुरु भएको ३ नम्बर प्रदेश स्तरीय प्रादेशिक महोत्सबको मुख्य आकर्षण 'कला घर' हो । जिल्लाको चिनारी संगै लोप हुन लागेका नेपाली मौलीक संस्कृति झल्कने गरि सिन्धुली कलाघरलाई सजाइएको छ ।

परिबर्तन जागरण क्लवद्धारा सञ्चालीत प्रगतिशिल प्रतिभा केन्द्रको बिशेष प्रयासमा सिन्धुली जिल्लामा बसोबास हुने जातजातीको पहिचान झल्कने गरि जातीय पोषाकहरु, लोपन्मुख नेपाली मौलिक बाजाहरु, बिशम्भर लामिछानेद्धारा निर्मित जरबुट्टा कला, रोधीघर, लोपन्मुख घरेलु सामाग्री, साहित्यिक संगम, प्रतिक्षालय, देउरालीको भट्टि पसल लगाएत नेपालको धरहराको प्रतिबिम्ब समेत कलाघरमा देख्न सकिन्छ ।

रोधिघरमा आउने पाहुनालाइ पन्जेबाजाले स्वागत गरिनु र हाडिमा भुटेको मकैलाइ थालमा राखी छेउमा गुन्द्रुकको अचार राखेर खुवाइनुले कलाघरको शौन्दर्यलाई थप मजबुद बनाएको देखिन्छ । पन्चेबाजाको तालमा छमछमी नाच्दै गरेका नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका पुर्ब-सभापती श्यामहरी अधिकारी भन्छन - 'कलाघरले साच्चै हराउदै गएको कला र सस्कृतिको झल्को दिलायो ।'

नेपाली मौलीक संस्कृति र पहिचान मर्न दिनु हुदैन भन्ने अभिप्रायले कलाघर निर्माण भएको बताउदै प्रगतिशिल प्रतिभा केन्द्रका अध्यक्ष सुमन थापामगरले महोत्सब सकिएसङ्गै यो खोलाको छेउमा रहेको कलाघर पनि सकिनेप्रती दुख ब्यक्त गर्दै भने -'जिल्लामा स्थायी कलाघर निर्माण गरि जिबन्त लोप हुँदै गएका कला र सस्कृतिको जगेर्ना गर्ने मन छ । ' हराउदै गएको नेपाली पन र मौलिक संस्कृतिलाई संरक्षण गरिनुपर्छ भन्ने उदेश्यले निर्माण भएको कला घर महोत्सवमा आउने आगन्तुकको अबलोकनको पहिलो रोजाइ बन्न पुगेको छ ।  

 

 

प्रतिकृया दिनुहोस