सिन्धुली खबर

महोत्सवमा: ३ लाखको जुनार, साढे २१ लाखको रक्सी बिक्री

पौष २३ सिन्धुली । महोत्सव उद्घाटनको दोश्रो दिनदेखि स्टेजमा विभिन्न ब्राण्डका रक्सिको बोतल राखी बिक्री तथा प्रचारलाइ बिशेष महत्व दिएको आयोजकले उपस्थित दर्शकको बिरोध र असन्तुष्टिका बाबजुत पनि महोत्सब स्थलमा साढे २१ लाख भन्दा माथीको रक्सी बितरण भएको छ ।

महोत्सवको प्रबेशद्वार सङ्गै नेपाल आइस बियर र भर्जिनको बिक्री केन्द्र राखिएको आधिकारिक डिलर सिजि ब्रोवरीका बजार ब्यबस्थापक सुमन ढकालले महोत्सव परिसर भित्रमात्रै ११ लाख ७२ हजारको नेपाल आइस बियर र ८ लाख ५४ हजारको भर्जिन बिक्री भएको बताए । 

प्रदेश नम्बर ३ स्तरिय पौष १३ गतेबाट सन्धुलिमाढीमा शुरु भएको प्रादेशिक महोत्सवको प्रायोजन गरेको नेपाल आइस बियर र भर्जिनले प्रायोजन गरेबापत महोत्सव आयोजकलाइ १ लाख १० हजार रुपैया उपलब्ध गराएको ब्यबस्थापक ढकालले बताए । 

स्थानिय उत्पादनको बिक्री तथा प्रचारप्रसारलाई बिशेष महत्व दिएर शुरु भएको महोत्सवको स्टेजमा ब्यानर राखिनुलाइ गलत नभएको तर मदिरासेवन नै गरिनुपर्छ भन्ने भाबले पटकपटक कार्यक्रम संचालकले उद्घोषण गरिनु र स्टेजको छेउछेउमा बियर, भर्जिन र वाइनका बोतल राखी रक्सिले आयोजना गरेको जस्तो गरि प्रस्तुती दिइनुले महोत्सव अबलोकनमा आउनेले असन्तुष्टि जनाएका थिए । 

रक्सिकै प्रचार गरिनु रछ त महोत्सव उद्घाटनको बेला अर्थमन्त्री आउदा किन रक्सिको बोतल राखिएन रु महोत्सव हेर्न आएका कनपा जरायोटारका नबराज श्रेष्ठले भने - 'त्यति धेरै प्रचारको जरुरत थियो भने उद्घाटन तथा समापन हुदा किन राखिएन बोतल स्टेजमा ?' स्थानिय उत्पादनको बिक्री तथा प्रचार भन्ने महोत्सवको नारा कृषि, पर्यटन, जलश्रोत, उद्योग क्षेत्रको विकास, समृद्ध ३ नं प्रदेश निर्माणको आधार भन्ने अनि कानुन बिपरित रक्सिका बोतल स्टेजमा राखेर प्रदर्शन गर्ने रु श्रेष्ठले भने - 'यदि रक्सिले प्रायोजन नगरेर मारुती सिमेन्टले महोत्सवलाई प्रायोजन गरेको भए के सिमेन्टको बोरा बोकेर कार्यक्रम सन्चालकले कार्यक्रम चलाउथे ? ' 

स्थानिय उत्पादनलाइ भजाएर रक्सिको बिक्री बितरण र प्रचारप्रसारलाइ बिशेष महत्व दिएर आयोजकले ठूलो गल्ती गरेको शिक्षक बिस्वनाथ बरालले बताए । महोत्सव हेर्न आउने दर्शक मदिरासेवक मात्रै नभएर बिद्यार्थि तथा बालबालिका पनि आउने हुदा रक्सिको बोतल मन्चमा राखेर र कार्यक्रम संचालकले मदिरासेवन नै गर्नुपर्छ भन्ने जस्तोगरि कार्यक्रम चलाउदा यसले बालबालिका तथा विद्यार्थीहरुमा नकारात्मक असर पारेको बरालले बताए । 

जुनारको राजधानी भनेर चिनिने सिन्धुलिमा पहिलो पटक प्रादेशिक महोत्सव हुँदैछ भन्ने सुन्दा दशकौंदेखि जुनार ब्यबसाय गर्दै आएका सानोभाइ फलफुल पसलका डिल्ली बिक्रम थापालाइ छुट्टै उत्साह थियो । महोत्सवमा स्थानिय उत्पादन जुनारको व्यापक प्रचारप्रसार हुन्छ र बिक्री बितरण हुन्छ भन्ने उदेश्यले २२ नम्बर स्टलमा जुनार, सुन्तला तथा जुनार स्क्वाएस राखेका थापाको ३३ % जुनार कुहिएको छ । 

करिब ३० क्विन्टल जुनार, ३०० लिटर जुनार स्क्वाएस र १२ क्विन्टल सुन्तला खरिद गरेर महोत्सवस्थलमा प्रदर्शन र बिक्रिमा राखेका थापाले करिब १ लाख ५० हजारको जुनार तथा स्क्वाएस बिक्री भएको बताए । आयोजकको प्रचारप्रसार शैली राम्रो नभएको जनाउदै ब्यबसायी थापा भन्छन - ' कार्यक्रम संचालकले र आयोजकले रक्सीलाई भन्दा स्थानिय उत्पादन जुनारको प्रचारप्रसारलाइ महत्त्व दिएको भए मेरो त्यतिको जुनार कुहिने पनि थिएन र नाफा नै नभएपनी लगानी उठ्थ्यो । '

रक्सिको बोतल राख्नु भन्दा जुनारको दाना राखौ र जुनारको अलि प्रचारप्रसार गरौ न भनेर कार्यक्रम संचालक दिनेश काफ्लेलाइ अनुनय गर्दा काफ्लेले धम्किपुर्ण ढंगबाट - 'अब अर्को बर्षदेखी महोत्सब आफैले चलाउनु अनि प्रचार गर्नु भन्ने अभिव्यक्ति दिएको थापा बताउछन । '

स्थानिय उत्पादनको प्रदर्शन प्रतियोगितामा प्रथम भएका जुनार व्यावसायि सन्तबहादुर सिंजालीले १६ क्विन्टल जुनार र ३र४ क्विन्टल शुन्तला महोत्सवमा बिक्री गरेको बताउछन । ' आफैले उत्पादन गरेको शुन्तला बिक्रिको लागि राखिएको हुदा घाटा नभएको बताउदै सिंजालिले आउने दर्शक र भिडभाड अनुसार सोचेजस्तो जुनारसुन्तला बिक्री नभएको उल्लेख गरे । 

आफैले फलाएको ल्याएर बिक्री गर्दा घाटा त भएन तर जति जुनारको प्रचारप्रसार गरिनुपर्थ्यो, हुनुपर्थ्यो महत्व दिनुपर्थ्यो त्यो नदिइएको उनको भनाइ छ । आइतबार सम्पन्न भएको प्रादेशिक महोत्सवमा जम्मा साढे तिनलाखको जुनार बिक्री भएको जुनार ब्यबसायिको भनाइ छ । महोत्सवले अपेक्षा गरेअनुरुपको कारोबार भयोभएन आयोजकले त्यो सार्बजनिक गरेको छैन । 

महोत्सवमा ३ नम्बर प्रदेश भित्रका जिल्लाहरुको उत्पादनको प्रचारप्रसार, बिक्री, एवं प्रवद्र्धन गर्न साझा, औपचारिक एव अल्पकालिन बजार उपलब्ध गराउने लक्ष्य लिएको थियो । प्रदेशभित्र रहेका ऐतिहासिक तथा धार्मिक धरोहरहरुको प्रचारप्रसार, विभिन्न जातजातिका सास्कृतिक पक्षहरुको प्रचारप्रसार गर्ने लक्ष आयोजको थियो । 

स्थानिय परम्परागत शिपकला र सस्कृति तथा लोक सास्कृतिको जर्गेर्ना, प्रदेशका १३ वटै जिल्लाको स्थानिय उत्पादनलाई प्रदर्शन तथा प्रबर्धन, स्थानिय उत्पादनको प्रचारप्रसार, वजारीकरण, सांस्कृतिक धरोहरको चिनारी लगाएतका उदेश्यले प्रादेशिक महोत्सव आयोजना गरिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको थियो ।

 

प्रतिकृया दिनुहोस