सिन्धुली खबर

जुनार कृषकलाइ सहजकर्ता पाठशालाले फर्काइदिएको खुशी

पुष्कर थापा, सिन्धुली । जुनार कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले कमलामाइ नगरपालिका -३ जलकन्यामा जुनार सहजकर्ता पाठशाला सन्चालन गरिएको छ । 

जिल्लाको जुनार कृषकका बगैचामा रोगकिरा नियन्त्रण हुन नसक्दा, समयमा बिषादिको प्रयोग गर्न नसक्दा, व्यावसायिक रुपमै जुनार फलाउने कृषकले हैरानी मात्रै खेप्नु परेको छैन, बर्सेनि जुनार उत्पादन घट्नुको साथै स्वस्थ जुनार उत्पादनमा समेत कमि आएको छ । 

कमलामाइ नगरपालिका -३, बाटोनिगालेका दानस बहादुर श्रेष्ठले नौ रोपनी जग्गामा १०३ बोट जुनार लगाएका छन । किड्नि रोगबाट पिडित श्रेष्ठले आफ्नो परिवार तथा उपचार खर्च त्यहि जुनार बेचेर धानिरहेको उनी बताउछन । तर, गएको बर्षदेखी उनको बगैचामा जुनारका बोटहरु सुक्न थालेपछि जुनार उत्पादन घटेको श्रेष्ठले बताए ।

उसै त रोग त्यसमाथी उमेरले वृद्ध हुँदै गएका श्रेष्ठ रहर हुदाहुदै पनि बगैचामा काम गर्न सक्दैनन र पनि आफ्नो जिबिका चलाउन उनलाइ जुनार उत्पादन नै गर्नुपर्ने बाध्यता छ । उनी भन्छन- 'बिहान बेलुका त छाक टार्नै पर्यो, खेतबारिको काम गर्न सकिदैन ।'

दिनप्रतिदिन सुक्दै गएर फल दिन छोडेको जुनारका बोट हेरेर निराश बनेका श्रेष्ठ, आजभोली उहीँ तङ्ग्रीदै गएका जुनारका बोटमा पलाउदै गरेका हरिया पात हेरेर मुस्कुराउछन ।' श्रेष्ठको ओठबाट खोसिन लागेको मुस्कानलाइ जुनार सहजकर्ता पाठशालाका विद्यार्थीले खुशी फर्काइदिएका छन ।

बगैँचा गोडमेल, छाटकाट, बिशादी सबै कुरा पाठशालाका बिद्यार्थीले गरिरहेको उल्लेख गर्दै श्रेष्ठले मुसुक्क हास्दै भने- मलाइ त भगवान आएजस्तो लागेको छ ।'

रोग नियन्त्रण, बिशादी प्रयोग, तथा ब्यबस्थित जुनार बगैचाको उदेश्यले कनपा -३ का २०६ बोटमा जुनार सहजकर्ताले प्रयोगात्मक अध्यन गरिरहेको सहभागितात्मक व्यावसायिक उत्पादन, प्रशोधन प्रबिधी प्रदर्शन तथा स्थलगत तालिमका प्रशिक्षक जहान बहादुर कार्किले बताए । कार्कीका अनुसार- 'पौष २० गतेबाट जुनार सहजकर्तालाई सहजिकरण थालिएको हो । '

जुनार उत्पादन क्षेत्रका १२ जना जुनार कृषकले पाठशालामा तालिम लिइ प्रयोगात्मक अध्यन गरिरहेको प्रधानमन्त्री कृषि आधुनिकिकरण जुनार सुपरजोन परियोजनाका प्रमुख देबराज अधिकारिले बताए ।

सहजकर्तालाई जुनार बगैचा ब्यबस्थापन सम्बन्धि आधारभुत ज्ञान तथा सीप, अन्तर्बाली ब्यबस्थापन तथा  बोटको काटछाट, बोर्डोमिश्रणको प्रयोग, बेर्नारोपण, झारपात ब्यबस्थापन, मल्ची, सिचाइ ब्यबस्थापन, किरा ब्यबस्थापन तथा फल टिपाइ सम्बन्धी प्रयोगात्मक सिकाइ उपलब्ध गराइएको प्रमुख अधिकारिले बताए ।

सहजकर्ता पाठशालाबाट स्थानिय युबालाइ रोजगारिको अबसर सृजना हुनुका साथै उद्यमशिलताको बिकास र जुनार बगैंचा ब्यबस्थापन भइ स्वस्थ जुनार उत्पादन तथा उत्पादकत्वमा वृद्धि हुने जुनार सुपरजोन परियोजनाले आशा राखेको छ । 

प्रतिकृया दिनुहोस