सिन्धुली खबर

ने.बि संघ कमला बहुमुखी इकाई अधिबेशन सम्पन्न

१६ माघ, सिन्धुली । दुधौली नगरपालिका स्थित कमला बहुमुखी क्याम्पसमा बुधबार नेपाल बिद्यार्थी संघ इकाई अधिबेशन सम्पन्न भएको छ । इकाई अधिबेशनका लागी जिल्ला प्रतिनिधि मुकेश घिमिरेको नेतृत्वमा अधिबेशन सम्पन्न भएको हो । 

अधिबेशनले सुरेश साहको नेतृत्वमा नौ कार्यसमिती चयन गरेको छ । इकाई समितिको उप-सभापतीमा नवराज अधिकारी, सचिवमा अजय नायक, सह-सचिवमा मनिषा कार्की, कोषाध्यक्षमा मनिशा पराजुली चयन भएका छन भने सदस्यहरुमा सुनिल कपडी, दिपेन्द्र महत्तो, रुकमणी बुढाथोकी, प्रमिला कार्की, कमल प्रसाद धमला, मोहन सुनुवार, सरोज काफ्ले र प्रदिप घिमिरे रहेका छन । 

नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा प्रदेस सभा सदस्यका प्रत्यासी गंगा गिरि, महाधिवेशन प्रतिनिधि वृज नारायण शाह, युबा नेता शरद प्रसाद आचार्य र नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिती सचिब इश्वर कुमार बस्नेतको विशेष उपस्थितिमा अधिबेशन सम्पन्न भएको जिल्ला प्रतिनिधि मुकेश घिमिरेले बताए ।

नेतृत्व गठनमा आफ्नो भनाइ राख्ने बक्ताले नेपाल विद्यार्थी संघको नेतृत्व चयनको आबस्यक्ता, यसको चुनौती र भाबी कार्यदिशा बारे उल्लेख गरेका थिए । तत्कालीन समयमा दलीय राजनीतिलाई प्रतिबन्ध लगाईएको बेलामा नेपाली काँग्रेसले आफ्नो बहुदलीय एजेण्डालाई स्थापना गराउने उद्देश्यले आफ्नो विचारसँग सहमत विद्यार्थीहरूलाई शैक्षिक एजेण्डामा टेकेर विद्रोह गर्न नेपाल विद्यार्थी संघको स्थापना वि सं २०२७ सालमा गरिएको हो ।

नेबि संघ जिल्ला सदस्य वसन्त गौतम, विष्णु स्याङतान, भरत विक क्षेत्रीय सभापति रमेश कार्की, कुशल पहाडी लगाएतको उपस्थितिमा सम्पन अधिबेशनमा नेपालको प्रजातान्त्रिक आन्दोलन जसले नेपालीलाई जहानीय राणा शासन, एकतन्त्रीय पञ्चायती शासन हुँदै तात्कलिन राजा ज्ञानेन्द्रको प्रजातन्त्र हत्याउने कदम विरूद्ध समेत लडेर नेपाललाई संघीय गणतन्त्रात्मक नेपाल बनाएको छ। 

प्रजातान्त्रिक आन्दोलनको यो कालसम्म आइपुग्दा विद्यार्थी राजनीतिको भूमिका अतुलनीय रहेको बताउदै विद्यार्थीको हकहित र अधिकारको लागि हरेक शैक्षिक सस्था तथा जिल्लामा नेपाल विद्यार्थी संघ कृयाशिल रहनुपर्ने आबस्यक्ता रहेको अधिबेशनमा उल्लेख गरिएको छ । 

प्रतिकृया दिनुहोस