सिन्धुली खबर

कोरियाको पोछन सिटि र सिन्धुलीबिच मैत्रीपुर्ण सहयोगपत्रमा हस्ताक्षर

१७ माघ सिन्धुली । कोरियाली गणराज्यको पोछन नगरपालिका र संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल, सिन्धुली बिच मैत्रीपुर्ण सहयोगको लागि एक समारोहका बिच शुक्रवार सम्झौता भएको छ । 

सिन्धुली जिल्ला र कोरियास्थित पोछन नगरपालिका बिच पारस्परिक विकास र समृद्धिको निम्ति कृषि, अर्थ व्यवस्था र संस्कृतिको पहिचानको लागि नागरिकको प्रत्यक्ष सहभागिता हुने गरि द्धिपक्ष सहमती पत्रमा हस्ताक्षर भएको हो । 

जिल्लाको पारस्परिक सहयोगको निम्ति ‘विदेशी मौसमि कामदार कार्यक्रम’ लाई लागू गराउने सम्झौतापत्रमा उल्लेख छ । सम्झौता पत्रमा भनिएको छ -'सिन्धुली जिल्लाले कोरियामा खेतीको मौसममा कामदार उपलब्ध गराउने र रोजगार दाताले त्यसको सम्मानयुक्त ज्याला प्रदान गर्नुको साथै उन्नत कृषि प्रविधिको प्रयोग बारे सीप उपलब्ध गराउने छ ।' 

सिन्धुली स्थाइ घर भएर लामो समय कोरियाको सामाजिक क्षेत्रमा काम गरिरहेका बिज्ञान लामाको संयोजकत्वमा संचालित "एक प्रतिशत माया सबैलाइ बाढौ" नामक सामाजिक संस्थाको संयोजनमा उक्त मैत्रीपुर्ण सहयोग पत्रमा हस्ताक्षर भएको हो । 

जिल्ला समन्वय समिती सिन्धुलिका संयोजक शंकरराज बर्मा तिवारी र पोछन सिटीका मेयर पार्क योन गुकले सयुक्तरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । कोरिया स्थित प्रतिष्ठित संघ संस्थाका प्रमुख र नेपाली काङ्ग्रेस सिन्धुलिका पार्टी सभापति उज्ज्वल प्रसाद बराल, हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कारसाङ लामा, हरिहरपुरगढी गाउँपालिकाका नेपाली काँग्रेसका नेता बमबहादुर स्याङ्वा, क्यानेश्वरका समाजसेवी भिमबहादुर लामा, हरिहरपुरगढी–७ का वडा अध्यक्ष बालकृष्ण नेपाल, नेपाल गलैँचा उत्पादन तथा निर्यात सङ्घका सचिव हिराबहादुर लामा, नेपाली काँग्रेस सिन्धुली काठमाडौँ सम्पर्क समितिका सभापति विदुर वाइवा लगाएतको रोहबरमा सम्झौता भएको हो । 

सम्झौता पत्रमा हस्ताक्षर पश्चात् दिपक्षबिचको एकता र सहयोगले पोछन नगरपालिका र सिन्धुलीबिच सामाजिक सद्भाव बढ्नुको साथै मैत्रीपुर्ण साथ रहने बिश्वास दुबै पक्षले गरेको छ । 

बर्षौको मेहनत र संघर्षले यो सम्झौता पत्रमा हस्ताक्षर भएको उल्लेख गर्दै दुबैपक्षबिचमा समन्वयकारी भुमिका निर्वाह गर्ने यस अभियानका अभिन्ता बिज्ञान लामाले यो सम्झौता पश्चात् सिन्धुली र पोछन सिटिबिच आगामी दिनमा सुमधुर सम्बन्ध कायम रहने बिश्वास ब्यक्त गरे । उनले भने -' सिन्धुली र पोछन सिटीबीच सद्भाव र मैत्रीपुर्ण भातृत्वको बिकास स्थापित गराउन यो प्रतिबद्धता पत्रले महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ । 

हस्ताक्षर पश्चात् पोछन सिटिका मेयर पार्क योन गुकले सिन्धुली र पोछन बिच सदैब सुमधुर सम्बन्ध कायम रहने उल्लेख गर्दै, यो सम्झौताले पोछन सिटिलाइ थप जिम्मेवार बनाएको बताए । मैत्रीपूर्ण सम्बन्ध स्थापनाका लागि छलफल र सम्झौता गर्न जिल्लाको प्रतिनिधि मण्डल माघ १५ गते कोरिया प्रस्थान गरेको थियो ।

प्रतिकृया दिनुहोस