सिन्धुली खबर

स्थानियतहमा सिन्धुली ट्रेड युनियन(काङ्ग्रेस)को अधिबेशन धमाधम

२० माघ सिन्धुली । नेपाल ट्रेड युनियन कांग्रेस दुधौली नगरपालिकाको नगरस्तरिय प्रथम अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले किशोरी नायकको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन गरेको छ ।

नेतृत्वको उपाध्यक्ष (महिला)मा निशा खड्का, विभिन्न पेशागत संघ आबद्द ट्रेड युनियन (काङ्ग्रेस) दुधौलिको उपाध्यक्षमा चिरञ्जीवी लामिछाने, सरस्वती बिष्ट, सुरज गिरि राजु महतो चयन भएका छन ।

त्यस्तै युनियनको सचिबमा डिल्ली प्रसाद गौतम, सह- सचिबमा अशोक कुमार गुरुङ , कोषाध्यक्षमा दुर्गा प्रसाद भट्टराई निर्बाचित भएका छन भने सदस्यमा क्रमश गङ्गाराम कार्की, प्रनिशा भट्टराई, अप्सरा बराल कमला महतो चयन भएका छन । 

नेपाल शिक्षक संघ सिन्धुलिका अध्यक्ष अरुण कुमार थिङको संयोजकत्व तथा नेपाल ट्रेड युनियन काङ्ग्रेस सिन्धुलिका अध्यक्ष श्यामहरि अधिकारिको प्रमुख आथित्यमा नगर स्तरिय अधिबेशन सम्पन्न भएको हो ।

१२ पेसागत संघ सस्था आबद्ध युनियनले जिल्लाभर विभिन्न पेशा ब्यबसायमा सङ्लग्न ब्यक्तिलाइ युनियनमा आवद्ध गराउने लक्ष राखेको छ । विभिन्न पेशा तथा ब्यबसायमा आबद्द रहेका नागरिकलाइ उनिहरुको अधिकार र स्वतन्त्रताको दायरामा समाहित गराउनु अहिलेको आबस्यक्ता रहेको अधिबेशनको उद्घाटन सत्रका प्रमुख अतिथि तथा ट्रेड युनियन सिन्धुलिका अध्यक्ष श्यामहरी अधिकारिले बताए । 

नेपाल शिक्षक संघ सिन्धुलिका अध्यक्ष अरुण कुमार थिङले निर्बाचित पदाधिकारीलाई शुभकामना दिदै विभिन्न पेशा तथा ब्यबसायमा आबद्ध आम नगरिकलाइ सुचनाको पहुचमा उन्मुख गराइ उनिहरुको हक अधिकार र उनिहरुको पेशागत दक्षतामा ट्रेड युनियन निरन्तर लागि पर्ने उल्लेख गरे । 

यस्तै सोही दिन हरिहरपुरगढी गाउपालिकामा पनि गाउपालिका स्तरिय ट्रेड युनियन काङ्ग्रेसको अधिबेशन सम्पन्न भएको छ । अधिबेशनले प्रेम मैनालिको नेतृत्वमा १३ सदस्यीय कार्यसमिती चयन गरेको प्रेस युनियन सिन्धुलिका अध्यक्ष बाबुराम देबकोटाले बताए । 

प्रतिकृया दिनुहोस