राष्ट्रिय

समुदायमा बिपत्त जोखिम न्युनिकरण परियोजना प्रभाबकारी बन्दै

पुष्कर थापा - सिन्धुली । प्राकृतिक विपद् पूर्वतयारी र समुदायमा उत्थानशीलता अभिवृद्धि गर्न जिल्लाको पाँच गाउपालिकामा नेपाल बिपत्त जोखिम न्यूनीकरण परियोजनाले काम गरिरहेको छ ।

सिड्स नेपाल सिन्धुली सङ्गको सहकार्यमा वर्ल्ड भिजन इन्टरनेशनलको आर्थिक एवं प्राविधिक साझेदारीमा जिल्लाको गोलन्जोर, तिनपाटन, फिक्कल, सुनकोशी र घ्याङ्गलेख गाउपालिकामा विपद् जोखिम न्यूनीकरण परियोजनाले काम गरिरहेको सिड्स नेपाल सिन्धुलिका अध्यक्ष दिपक घिमिरेले बताए । 

बिनासकारी महाभुकम्पले सिन्धुली लगाएत मुलुकभरका चौध जिल्लामा ठूलो धनजनको क्षति भएको र आगलागी, बाढिपहिरो, भूक्षय जस्ता बिपतको उच्च जोखिममा सिन्धुली पनि रहेकोले बिपत्त जोखिम न्यूनीकरणको लागि परियोजनाले काम गरिरहेको अध्यक्ष घिमिरेले बताए । 

परियोजनाले विपद् जोखिम न्यूनीकरणका लागि आवास, जीविकोपार्जन, स्वास्थ्य, सरसफाइ, लैंगिक समावेशीकरण, जलवायु परिवर्तन र शान्ति प्रवद्र्धन लगायतका क्षेत्रमा काम गरिरहेको छ । परियोजनाले जिल्लाका गाउँपालिकासँग सहकार्य गर्दै स्थानिय बिपत ब्यबस्थापन समिती परियोजना लागू भएको सबै वडामा गठन गरेको छ । 

संकटासन्न समुदायको क्षमता अभिवृद्धि गर्ने, प्राकृतिक र मानवसिर्जित प्रकोपको उचित व्यवस्थापन गर्ने, विशेषतः बिपत जोखिम र प्रतिकार्य पूर्वतयारी गर्ने गराउने लक्ष्य राखेको परियोजनाले स्थानिय बिपत तथा जलबायु उत्थान योजना जिल्लाको गोलन्जोर र तिनपाटन गाउपालिकाको चार वडामा निर्माण सम्पन्न भएको परियोजनाका कार्यक्रम संयोजक सुगम रेग्मिले बताए । उनका अनुसार- 'परियोजनाले काम गरिरहेको पाँचवटै गाउपालिकामा आपतकालीन कार्य संचालन केन्द्र र सिकाइ केन्द्र स्थापनाको लागि सामाग्री सहयोग गरिएको छ ।' 

परियोजनाले आकस्मिक कोष स्थापनाको लागि गोलन्जोर, तिनपाटन, फिक्कल र सुनकोशी गाउपालिकाको लागि १ लाख ५३ हजार सहयोग गरेको छ भने घ्याङ्गलेख गाउपालिकाको लागि १ लाख सहयोग गरेको छ । 

विपद् पूर्व साबधानिका लागि जनचेतना, विपद्पश्चात पुनर्निर्माण तथा पुनर्स्थापना लगाएको क्षेत्रमा काम गरिरहेको परियोजनाले सिकाइ केन्द्र स्थापनाको लागि कम्पुटर, प्रीन्टर जोखिम न्युनिकरणको लागि उपयोग हुने सामाग्री तथा बिपतपछि जोखिममा परेकालाइ सहयोग गरिरहेको परियोजनाका कार्यक्रम अधिकृत आलोक सिवाकोटीले बताए । विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा सामूहिक पहल गर्न परियोजनाले स्थानीय समुदायलाई सहयोग पुग्ने विश्वास परियोजना लागू भएका क्षेत्रका नागरिकले लिएका छन ।

परियोजनाको सहयोगमा विपद् व्यवस्थापनमा महत्वपूर्ण भुमिका रहि दिगो विकासका लक्ष्य हासिल गर्न ठूलो योगदान हुने बताउदै गोलन्जोर गाउपालिकाका प्रमुख पुष्प बहादुर कार्किले भने -'विपद् पूर्वतयारी राम्रो भएमा यसबाट हुने क्षति न्यून हुनुको साथै विपद् पूर्वतयारीका लागि समुदायलाई सहभागिता गराउन ठूलो सहयोग मिल्नेछ । बिपत जोखिम न्युनिकरण परियोजना वर्ल्ड भिजन र सिड्स नेपालको सहकार्यमा २०१८ देखि सिन्धुली जिल्लामा संचालन छ ।

प्रतिकृया दिनुहोस