राष्ट्रिय

काङ्ग्रेस सिन्धुलीको सरकारबिरुद्द बिरोध प्रदर्शन (फोटोफिचर)

माघ २१ सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सिन्धुली लगाएत देशभर सोमबार सरकारविरूद्ध शक्ति प्रदर्शन गरेको छ । उपत्यकाभन्दा बाहिरि जिल्लामा बिहान ११ बजेदेखि सडक प्रर्दशन गरिने केन्द्रिय समितिको निर्णय अनुसार काङ्ग्रेस सिन्धुलिले निर्धारित समयमा सरकारबिरुद्ध बिरोध प्रदर्शन गरेको हो । 

सरकारले गरेका जनहित विपरितका निर्णयहरूको बिरोधमा काङ्ग्रेसले प्रदर्शन गरेको हो । वाइडबडी जहाजमा भएको भनिएको भ्रष्टाचार, निर्मला पन्तको बलात्कारपछिको हत्यामा संलग्नलाई कारबाही नहुनु, स्वदेशी लगानीमा बनाउने भनेको बूढीगण्डकी जलविद्युत बिना प्रतिस्पर्धा चाइना गेजुवा कम्पनीलाई दिनेलगायत मुद्दा कांग्रेसले विरोध सभामा उठाएको छ ।

पार्टि कार्यलयबाट शुरु भएको बिरोधर्याली जिल्लाको मुख्य बजार क्षेत्र धुराबजार, स्टलबजार, गैरिबजार, दुई नम्बर बजार हुँदै लोकतान्त्रिक चौकमा पुगि कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका पुर्बसभापती तथा पुर्वसंसद मोहन प्रसाद बरालले मुख्य  बिरोध सरकारको अधिनायकबादी शासनशैलि विरुद्ध भएको उल्लेख गरे ।

‘छ महिना हुँदा पनि निर्मलाको हत्यारा पत्ता लगाएर सरकारले कारबाही गर्न सकेन,’ बरालले भने, ‘३३ किलो सुन प्रकरणमा पनि ठूला माछा पक्राउ गर्न सकेको छैन।’ नेपाली काङ्ग्रेस प्रतिनिधिसभाका उमेदवार नरेन्द्रजङ्ग थापाले कम्युनिस्ट सरकारको दम्भ र महामारी एउटै प्रकृतिको भएको उल्लेख गरे । उनले महामारी फैलियो भने समुदाय नै सखाप हुने जनाउदै संयमीत हुन सरकारलाइ सुझाब दिए ।' 

दुई तिहाइको दम्भले सरकार अधिनायकवादतर्फ उन्मुख रहेकोले विरोध स्वरुप काङ्ग्रेस प्रदर्शनमा उत्रिएको काङ्ग्रेस सचिब दिपक घिमिरेले बताए । उनले भने, -'खै ? कहाँ छन प्रतिपक्षी भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति गैह्रजिम्मेवारी हो, काङ्ग्रेसले प्रतिपक्षी कहाँ छन सडक सदन दुबैमा देखाइदिएका छौ ।'

संसदबाट माघ ११ मा पारित चिकित्सा शिक्षा विधेयकलाई संशोधन गर्न दबाब स्वरुप यो बिरोध प्रदर्शन भएको उल्लेख गर्दै महासमिती सदस्य उपेन्द्र पोखरेलले भने -'अधिकतम् मार्सल प्रयोग गरेर तथा डाक्टर गोविन्द केसीले उठाएका मागलाई बेवास्ता गरी विधेयक पारित हुनु कम्युनिस्ट सरकारमा दुइतिहाइको दम्भ देखियो । राणा, राजा, पन्चायत फालेको काङ्ग्रेसलाई यस्तै दम्भ रहिरहे कम्युनिस्ट फाल्न गाह्रो नभएको पोखरेलले बताए । 

कांग्रेसले आयोजना गरेको सरकारविरूद्ध प्रर्दशनमा तरूण दल, नेविसंघ, महिला संघलगायत भातृ संघसंगठनको पनि सहभागीता रहेको थियो । 

प्रतिकृया दिनुहोस