सिन्धुली खबर

बर्षौदेखी नगरबासी खोलाको पानी खान बाध्य

पुष्कर थापा - सिन्धुली । जिल्लाको कमलामाइ नगरपालिका -४ कुलाबाधका स्थानिय समुदाय बर्षौदेखी खोलाको दुषित पानी खान बाध्य छन । स्थानिय तह, प्रदेश तथा संघको निर्बाचनको बेला विभिन्न राजनितिक दलको घोषणा पत्रमा मुख्य प्राथमिकतामा पर्ने योजना र आश्वासनले यहाका नागरिक हैरान छन । 

स्थानिय तहको निर्बाचन ताका तत्कालिन कमलामाइ नगरपालिकाको मेयरका उमेदवार खड्ग खत्रीले स्थानिय समुदायलाइ लक्षित गर्दै बर्षौदेखी खोलाको दुषितपानी उपभोग गर्न बाध्य कुलाबाधबासीले सुर्यमा भोट हाले एक बर्षभित्र घरघरमा धारा पुर्याइदिने अस्वासन दिए । 

घरघरमा धारा आउने खुसिमा चिनाबी प्रचारमा समेत योगदान गरेर भोट हालेका यहाका नागरिकको शुद्ध खानेपानी उपभोग गर्ने चाहाना अझै अधुरो छ । वडा, नगर, प्रदेश तथा संघको कुनैपनि योजनामा यहाको खानेपानि समस्या समाबेश गरिएको छैन । स्थानिय मोहन कुमार देबकोटा भन्छन - ' जसलाई भोट हालेपनी समस्या समाधान भएन ।' 

स्थानिय तहको निर्बाचनताका नेकपा एमालेको घोषणापत्रको सात नम्बर बुदामा "१ घर १ धारा स्वच्छ सुन्दर हराबरा, फोहोर रहित सफा नगर हामी सबैको नारा" भन्ने चुनाबी नारा समाबेश गरिएको छ । जहाँ भनिएको छ, यस वाक्यलाइ मुर्तरुप दिन आबास्यकिय योजना निर्माण गरि सबै वडामा खानेपानीको पहुच स्थापित गरिनेछ ।' 

तर, स्थानिय निकायको निर्बाचन सकिएको दुईबर्ष पुग्न लाग्दा वडा तथा नगरपाकिका कहिँबाटपनि समस्या समाधान भएन स्थानिय, 'देबकोटा भन्छन ।' उनका अनुसार -' दुई बर्ष अगाडि ग्वाङ्खोला पारी कुलामा पानी आउन्जेल कुलो मुनि फलामे ढुंग्रो राखेर पानी खाइएको थियो ।' कुलामा पानी आउन छोडेपछी त्यहा पनि पानी सुक्यो, बर्खामा खोलामा बाडी आउने हुँदा धमिलो पानी खानुपर्छ ।' 

स्थानिय माइली योगि बिहानै झिसमिसेला खोलाको पानी उबाउदै गर्दा, नेताको अस्वासनलाइ धिक्कार्दै थिइन ।' उनले भनिन, -'हामीलाई त नगरबासी भन्न नि लाज लाग्छ ।' योगिको परिवार बाटोमा आवतजावत गर्नेले देख्लान भनेर झिसमिसेमै खोलाको पानि लिन जानेगरेको बताउछ ।' 

कुलोमा पानी आउन छाडेपछी कुलामुनिको धारामा पानी सुक्यो, अहिले ग्वाङ्खोलाकै पानी बिपि राजमार्ग भएर नजिकै रहेको कुलामा आउथ्यो र त्यहा बाट प्लास्टिकको पाइपबाट पानी ल्याएर खाएको सम्झिदै स्थानिय कृष्ण कुमारी देबकोटा भन्छिन, -अहिले यो धारामा पनि पानी आउन चाड्यो खोलामा गएर उबाएर खानुपर्छ ।' 

धारामै पानी आउदा पनि खोलाकै दुषित पानी आउने हुदा बस्तिबाट ३ कि.मि. टाढा रहेको मुहानबाट ब्यबस्थित रुपमा पानी ल्याउन पाए यहाको बर्षौदेखिको ठूलो समस्या समाधान हुन्थ्यो स्थानिय नागरिक बताउछन ।' 

खोलाको पानी खान बाध्य यहाका सर्बसाधारणमा दुषित पानी पिउनु पर्दा स्थानिय बालबालिका, बुढापाकालगायत बारम्बार बिरामी पर्ने गरेका छन् । झाडापखाला, आउँमासी, ज्वरोजस्ता सरुवा रोगबाट उनीहरू पीडित हुँदै आएका छन् । 

'खोलामा गाईभैंसी आहाल बस्छन् । छेउछाउमा बालबालिकाले दिसापिसाब गरेका हुन्छन् । गाउँकाले लुगा धुने र नुहाउने गर्छन्,' उनले भने, 'के गर्नु गाउँ नजिकै मुहान छ र पनि दिर्घकालिन योजना नहुदा सबैले खोलाको पानी खानुपर्ने बाध्यता छ । ' 

स्वास्थ्य क्षेत्रमा धेरै लामो समय काम गरेर सेवाबाट अबकास भइ रिटाएर्ड जीवन गुजारिरहेका स्थानिय मोहन कुमार देबकोटा भन्छन -'फोहर पानी खानु हुँदैन भनेर स्वास्थ्य संस्थामा काम गरुन्जेल गाउगाउमा जनचेतना जगाइयो, दुषित पानी उपभोग गर्नु हुदैन भन्ने थाहा हुँदाहुँदै पनि बाध्यताका कारण प्रयोग गर्नुपरेको छ उनले भने ।'

प्रतिकृया दिनुहोस