राष्ट्रिय

ने.बि संघ मिनभवन इकाई सभापती सहित ६ गिरफ्तार

माघ २२ काठमाडौ । नेपाली काँग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले सरकार विरुद्धको आन्दोलनलाई मंगलबार पनि जारी राखेको छ ।

चिकित्सा शिक्षा विधेक नेपाल सरकारले जबर्जस्ती पारित गरेको तथा निर्मला पन्तको हत्यारालाई छ महिना हुदा पनि सार्वजनिक नगरेको भन्दै ने.बि संघ मीनभवन क्याम्पस इकाईले बिरोध गरेको हो ।

क्याम्पस इकाई सभापति सरोज तिमल्सिनाको नेतृत्वमा भएको बिरोधसभाबाट प्रहरीले जबर्जस्ति हस्तक्षेप गरि ६ जना विद्यार्थी नेतालाई गिरफ्तार गरिएको ने.बि संघका नेता अनुराग शाहले जानकारी दिए ।

गिरफ्तार पर्नेमा नेपाल विद्यार्थी संघ मीनभवन क्याम्पसका इकाई सभापति सरोज तिमल्सिना,स्ववियु परिषदका सभापति निराजन नेपाल, तपेन्द्र बुढा, सुनिल सोडाई, सुबाश अधिकारी, हृदय राज मिश्र रहेका छन ।

गिरफ्तार भएका बिद्यार्थी नेतालाई गौशला प्रहरी चौकिमा राखिएको छ। नेपाल विद्यार्थी संघले सरकारले निर्मला पन्तको हत्यारालाई तत्काल सार्वजनिक नगरे, चिकित्सा शिक्षा विधेक खारेज नगरे आन्दोलन जारी राख्ने संघका नेता अनुराग शाहले बताए ।

प्रतिकृया दिनुहोस