सिन्धुली खबर

सिन्धुलिमा पन्ध्रसय बढिले लालपुर्जा नभएर घर बनाउन पाएनन

पुष्कर थापा, सिन्धुली । बिनासकारी भुकम्प गएको झण्डै चार बर्ष बित्नै लाग्दा जिल्लाका १ हजार ५३३ लालपुर्जा बिहिन (सुकुम्बासी) ले घर बनाउन पाएका छैनन । लाभग्राही सुचिमा परेर पनि लालपुर्जा नहुदा उनिहरुले आवास निर्माण गर्न नसकेका हुन ।  यद्यपि, जिल्लामा भुमिहिनको संख्या एकिन नभएपनी ६ हजारभन्दा बढीले लालपुर्जा नभएर आवास निर्माणका लागि सम्झौता गर्न पाएका छैनन । 

सरकारी नीति अनुरुप स्थानिय तहलाइ पुनर्निर्माणको जिम्मा लगाउने क्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइले लालपुर्जा नभएका भुमिहिनले घर बनाउन नपाएको जानकारी गराएको हो । कार्यान्वयन इकाईले बुधबार भुकम्प गएको झण्डै चारबर्ष पुग्नै लाग्दा स्थानिय तहलाइ पुनर्निर्माणको बाकी काम जिम्मा लगाएको छ । 

ईकाईका अनुसार जिल्लाका कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाँउपालिका, फिक्कल गाँउपालिका, गोलन्जोर गाँउपालिका, सुनकोसी गाँउपालिका, मरिण गाँउपालिका, हरिहरपुरगढी गाँउपालिका र घ्याङलेक गाँउपालिकालाई एक कार्यक्रम बीच बाँकी पुनर्निर्माणको जिम्मेवारी हस्तान्तरण गरेको हो ।

जिल्लाका नौ वटै स्थानीय तहका प्रमुख तथा प्रशासकिय प्रमुख र पुनःनिर्माण प्राधिकरण बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ- 'जिल्ला आयोजना कार्यान्वयन ईकाइ प्रमुख देवनारायण प्रसाद यादबले भने ।' उनका अनुसार, अब स्थानीय तहमा पुनःनिर्माणका लागि आवश्यक ईन्जिनियर लगायतका प्राविधिक जनशक्ति खटाउने काम समेत स्थानीय तहले नै गर्नेछ ।' 

सिन्धुली जिल्लामा कुल ३७ हजार ९१५ जना लाभग्राही सुचिमा छन । जसमध्ये अहिलेसम्म ३३ हजार ९०२ जनाले मात्रै नीजि आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लिएका छन् । इकाई प्रमुख यादबका अनुसार,- 'जिल्लामा अहिलेसम्म १२ हजार १५६ भुकम्प पीडितले नीजि आवास बनाई सकेका छन। 

उनका अनुसार निजी आवास निर्माणका लागि सम्झौता गरी पहिलो किस्ता लगेका मध्ये २६ हजार ३५९ जनाले दोस्रो किस्ता लिएका छन भने, दोस्रो किस्ता लागेका मध्य पनि १४ हजार ७१२ जनाले तेस्रो तथा अन्तिम किस्ता रकम लिएका छन् । 

प्रतिकृया दिनुहोस