सिन्धुली खबर

जन्ती बोकेको टिप्पर दुर्घटना हुदा २ को मृत्यु ४० घाइते

माघ २४ सिन्धुली – जन्ती बोकेर रामेछापबाट काभ्रे फर्कदै गरेको टिप्पर सिन्धुलिको सुनकोशी गाउपालिका -२, कमेरेफाटमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएका छन । 

बुधबार साझ रामेछापको खाँडदेवी गाउँपालिका–१, कडोरेबाट जन्ती लिएर काभ्रे फर्कँदै गरेको बा ४ ख ९४३८ नम्बरको टिप्पर दुर्घटना भएको हो । दुर्घटनामा परि काभ्रेको तिमाल–९, की २२ वर्षकी कृगणमाया माझी र १६ वर्षीय चुन्पाई लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि घाइते भएका मध्ये १० जनालाई थप उपचारको लागि काठमाण्डौको ट्रमा सेन्टर पठाइएको छ । अरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ । टिप्परमा कतिजना सवार थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।  

प्रतिकृया दिनुहोस