सिन्धुली खबर

सिन्धुलिको चण्डिभञ्जयाङमा बुलेरो दुर्घटना हुदा पाँचको मृत्यु

माघ २४ सिन्धुली – सिन्धुलीको फिक्कल गाउँपालिका–२ चण्डी भञ्याङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।  

फिक्कलबाट सिन्धुलीमाडी तर्फ आउदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको घटनास्थलमा र एकजनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख (एसपी) चक्र बहादुर सिंहले जानकारी दिए । 

बेलोरोमा ८ जना यात्रु सवार थिए । जिप चण्डी भञ्ज्याङ स्थित सडकबाट २ सय मिटर तल खसेको थियो । मृतकको सनाखत भैनसकेको र घटनाबारे अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।

प्रतिकृया दिनुहोस