पढ्नै पर्ने

गजल

मलाई दुर बस्नु छ प्यारको असरबाट
तिमी दुर गइदेउ यी मेरा नजरबाट

मेरो धान फल्ने खेतमा मोटर गुडेको छ
चामल ओसार्नु छ मोटरमा सहरबाट

आमा सौतेनी थिइन सौतेनी रहिन
टुहुरो निकालियो अन्ततः घरबाट

त्यो लासको बाकस कसलाई मार्न ल्यायौ
पत्नी त मरिसकेकी छे खबरबाट

तिमी भात र स्कुलको प्रवन्ध मिलाउनु
म उठाउछु नानीहरुलाइ बगरबाट

अमला अधिकारी
सिन्धुली (आरन गजल सङ्ग्रह बाट)

प्रतिकृया दिनुहोस